
दीननाथ बराल,
पोखरा, १७ जेठ,
खेलकुदको शहर पोखरामा आइतबारदेखि गण्डकी प्रदेश स्तरीय पुरुष बास्केटबल प्रतियोगिता सुरु हुने भएको छ । गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा र प्रदेश खेलकुद परिषद् गण्डकीको विशेष सहयोगमा सोमबारसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा कास्की सहित ६ जिल्लाका टिमको सहभागिता रहेको संघ गण्डकीका अध्यक्ष धोजकुमार गुरुङले बताउनु भयो ।
पोखरा रङ्गशालामा संचालन हुने प्रतियोगितामा कास्की सहित पर्वत, लमजुङ, म्याग्दी, तनहु र स्याङ्जा गरी ६ जिल्लाका पुरुष टोलीहरूले सहभागिता हुने भएको उहाँले जनाउनु भयो । लिगकम नकआउटका आधारमा खेलाइने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन कार्यक्रम आइतबार दिउँसो १ बजे हुने भएको खेल ंसंयोजक कृपासोर गुरुङले बताउनु भयो ।
प्रतियोगितामा विजेताले ५० हजार रुपैयाँ नगद, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ३० हजार रुपैयाँ नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन्। प्रतियोगिताले प्रदेशभरि बास्केटवल खेलको प्रवद्र्धनमा योगदान पुर्याउने संघले विश्वास गरेको छ ।





