
दीननाथ बराल,
पोखरा २७, वैशाख,
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यातायात व्यवसाय अब प्रविधिमैत्री बन्नुको विकल्प नभएको बताउनु भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनको आज (आइतबार) उद्घाटन गर्दै उहाँले यातायात क्षेत्रका समस्या समाधानका लागि प्रदेश सरकार व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनु भएको हो ।
पर्यटन राजधानी पोखरामा आइतबार देखि सुरु भएको महाधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले देशको अर्थतन्त्र, पर्यटन, रोजगारी र नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको यातायात क्षेत्रलाई समयअनुसार आधुनिकीकरण गर्न आवश्यक रहेको बताउनु भयो । गत वर्ष गण्डकी प्रदेश सरकारले राइड शेयरिङ एपलाई कानुनी मान्यता दिँदा आलोचना भए पनि अहिले त्यसको विकल्प नरहेको उहाँले उल्लेख गर्नु भयो । “प्रविधिमा नजाने विकल्प अब छैन,” उहाँले भन्नुभयोे, “राज्यको कर प्रणालीभन्दा बाहिर सञ्चालन भइरहेको राइड शेयरिङलाई कानुनी दायरामा ल्याएर नियमन गर्ने उद्देश्यले प्रदेश सरकारले काम गरेको हो ।”
मुख्यमन्त्री पाण्डेले विश्व प्रविधिमैत्री यातायात प्रणालीतर्फ अघि बढिरहेको उदाहरण दिँदै चीनमा चालकविहीन स्वचालित बस सञ्चालन भइरहेको सन्दर्भ प्रस्तुत गर्दै समयअनुसार नेपालले पनि प्रविधिलाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो ।
यातायात क्षेत्र १३ खर्ब रुपैयाँभन्दा बढी लगानाी भएको वेदनशील र देशको आर्थिक मेरुदण्डका रूपमा रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले सडक दुर्घटना न्यूनीकरणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनु भयो । “जति राम्रो सडक बनाए पनि हाम्रो भौगोलिक अवस्थाका कारण दुर्घटनाको जोखिम रहन्छ, त्यसलाई कम गर्न राज्य, व्यवसायी र नागरिक सबै सचेत हुनुपर्छ,” उहाँले भन्नुभयो ।
मुख्यमन्त्री पाण्डेले यातायात क्षेत्रका समस्या पहिचान गरेर समाधानका लागि प्रदेश सरकार आवश्यक समन्वय र सहजीकरण गर्न प्रतिबद्ध रहेको पनि बताए । “व्यवसायीलाई जहाँ समस्या छ, त्यहाँ सरकार सँगै बसेर समाधान खोज्न तयार छ,” उनले स्पष्ट पारे । कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीले सार्वजनिक यातायातलाई व्यवस्थित र सेवामुखी बनाउन प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले यात्रुमैत्री सेवा विस्तारमा व्यवसायीहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक(आईजिपी) दानबहादुर कार्कीले सडक सुरक्षामा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउँदै मापसे, लापसे तथा ट्राफिक नियम उल्लंघन गरेर सवारी नचलाउन आग्रह गर्नुभयो । उहाँले सार्वजनिक सवारीमा प्रविधियुक्त सिसिटिभी क्यामरा जडानको आवश्यकता औंल्याउनुभयो । महासंघका अध्यक्ष विजय स्वारको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा विभिन्न मजदुर संगठन, यातायात व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा हिमाली सांस्कृतिक परिवारका कलाकारहरूले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए ।
महासंघका वरिष्ठ उपाध्यक्ष एनकुमार शाहीका अनुसार देशभरबाट करिब दुई हजार व्यवसायी पोखरामा भेला भएका छन् । तीन दिनसम्म चल्ने महाधिवेशनले आगामी तीन वर्षका लागि ७६ सदस्य नयाँ नेतृत्व चयन गर्ने महासंघका सचिव भानुभक्त बरालले जानकारी दिनुभयो । महासंघका केन्द्रीय सदस्य केशवप्रसाद अधिकारीले ७७ जिल्लाका व्यवसायी पोखरामा भेला हुँदा यसले पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव परेको बताउनुभयो । भरपर्दो, आरामदायी र स्वच्छ प्रतिष्प्रर्धात्मक सेवा, हाम्रो प्रतिवद्धक्ता भन्ने मुल रानाका साथ महाधिवेशन सुरु भएको हो । महाधिवेसनको अवसरमा मणिपाल शिक्षण अस्पताल, मेडि प्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, फ्रन्टलाईन हस्पिटल




