पर्वतारोहण सञ्चालक संघ नेपालद्धारा पर्यटन मन्त्री पौडेल समक्ष भेट

-


     पोखरा क्लिक     
     चैत्र १८ गते २०८२ मा प्रकाशित


पोखरा,

पर्वतारोहण सञ्चालक संघ नेपालका अध्यक्ष अध्यक्ष डम्बर पराजुलीको नेतृत्वले नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन नवनियुक्त मन्त्री खड्कराज पौडेल (गनेस) समक्ष भेटघाट तथा बधाई ज्ञापन गर्नु भएको छ ।

भेटका क्रममा नेपालको पर्यटन क्षेत्र, विशेषगरी पर्वतीय पर्यटनको विकास, प्रवर्द्धन र व्यवस्थापनमा मन्त्री पौडेलको नेतृत्व प्रभावकारी र राष्ट्रहितमा केन्द्रित रहने विश्वास व्यक्त गरिएको थियो। साथै, आवश्यक नीति निर्माण, सुधार र कार्यान्वयनमा संस्थाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत जनाइएको महासचिव ऋषिराम भण्डारी ले जानकारी दिनुभयो। राज्यका निकायहरू सबल र सहजीकरण हुँदा मात्र नागरिक लाभान्वित हुने र देश सुदृढ बन्ने उल्लेख गर्दै मन्त्रीका आगामी कदमहरू त्यसतर्फ केन्द्रित हुने विश्वास व्यक्त गरिएको छ ।