
झापा,
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उहाँका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको उहाँको आफन्तले जनाउनु भएको छ ।
आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा उहाँको निधन भएको भएको हो । केही देखि मोहन प्रसादको स्वास्थ्यमा समस्या भएको थियो । उहाँको पार्थिव शरीर ओली निवास गुण्डुमा लैजाने र दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने एमाले श्रोतले जनाएको छ ।




