अन्नपूर्ण गाउँपालिकामा गैरिवाङ–आङ्वाङ जोड्ने झोलुङ्गे पुलको शिलान्यास

-


     पोखरा क्लिक     
     फागुन २६ गते २०८२ मा प्रकाशित


कास्की, २६ फागुन,

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ अन्तर्गत गैरिवाङ र आङ्वाङ गाउँ जोड्ने झोलुङ्गे पुलको औपचारिक शिलान्यास गरिएको छ। आज (मंगलबार) आयोजित एक कार्यक्रमका बीच अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले पूजा–पाठ गरी उक्त पुल तथा सडक निर्माण कार्यको शुभारम्भ गर्नुभएको हो। स्थानीय बासिन्दा तथा जनप्रतिनिधिको उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा परियोजनाले क्षेत्रको आवतजावत तथा विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

करिब २ करोड रुपैयाँको लगानीमा निर्माण हुन लागेको उक्त झोलुङ्गे पुल आगामी जेठ १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको स्थानीय मिना गुरुङले जानकारी दिनुभयो । पुल निर्माण सम्पन्न भएपछि गैरिवाङ र आङ्वाङ क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा सहजता हुने तथा स्थानीय विकासमा टेवा पुग्ने अपेक्षा गरिएको अन्नपुर्ण गाउँपालिका ८ का वडाध्यक्ष विजय गुरुङले जनाउनु भयो । अन्नपूर्ण गाउँपालिकाले ग्रामीण पूर्वाधार विकासलाई प्राथमिकता दिँदै विभिन्न स्थानमा सडक तथा पुल निर्माण कार्यलाई अघि बढाइरहेको छ।