पोखरा रंगशालामा आज साँझ नेपथ्यको प्रस्तुति हुदै, टिकट नपाएर पोखरेली चिन्तित

-


     पोखरा क्लिक     
     कार्तिक २१ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, २१ कात्तिक

पोखरा रंगशालामा आज (शुक्रबार) साँझ चर्चित सांगीतिक समूह नेपथ्यले प्रस्तुति दिने भएको छ । ‘क्रिकेटका लागि नेपथ्य’ भन्ने नारासहित नेपाल प्रिमियर लिग (एनपिएल) का फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले आयोजना गरेको यो कन्सर्टको लागि ६ हजार टिकट (जर्सी बुकिङ) भइसकेको आयोजकले जनाएको छ । पोखरोलीहरुले हिजोदेखि टिकट नपाएर चिन्तित हुनु भएको छ ।

कार्यक्रम स्थल पोखरा रंगशाला फुटबल स्टेडियममा दिउँसो ४ः०० बजेबाट प्रवेश खुला गरिनेछ भने साँझ ६ बजेबाट ८ बजेसम्म दुई घण्टाको सांगीतिक प्रस्तुति हुने पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले बताउनु भयो । क्रिकेटलाई संगीतसँग जोड्ने उद्देश्यले यो कन्सर्ट आयोजना गरिएको बताउदै उहाँले “पोखरा एभेन्जर्सको जर्सी खरिद गर्ने समर्थकले नै कन्सर्टमा प्रवेश पाउने उहाँले जनाउनुयभो । उहाँले भन्नुभयो “क्रिकेटको विकासका लागि लिजेन्ड नेपथ्यसँग सहकार्य गर्न पाउनु हाम्रो लागि गर्वको कुरा हो।”

नेपथ्यको आधिकारिक वेबसाइटमार्फत जर्सी कुकिङ भई सकेको आयोजकलदे जनाएको छ । जर्सीको नियमित मूल्य रु. १४९९ भए पनि कन्सर्टका लागि पहिलो १,००० जनालाई मात्र रु. ९९९ मा उपलब्ध गराइने भएको थियो । कन्सर्टबाट संकलित रकमबाट गण्डकी प्रदेशका सामुदायिक विद्यालयहरूमा क्रिकेट किट वितरण गरिनेछ । यसअघि, मङ्सिर १ गतेदेखि सुरु हुने एनपिएलको दोस्रो संस्करणको तयारीस्वरूप पोखरा एभेन्जर्सले ट्रफी टुर सञ्चालन गरिरहेको छ।

नेपथ्यका प्रमुख गायक अमृत गुरुङ सहितको टिमले पोखरा रंगशालामा दुई घण्टा प्रस्तुती गर्नु हुने भएको छ । एक अर्ब २८ करोड रुपैयाँ लागतमा बनेको पोखरा रंगशाला फुटबल स्टेडियम अहिले वार्षिक आहा–रारा गोल्ड कप बाहेक अन्य ठूला प्रतियोगिता कम हुने गरेको छ । त्यसैले खेलकुदकर्मीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू नियमित रूपमा आयोजना गर्न माग गर्नु भएको छ । निश्चित मापदण्डका आधारमा भिआईपि गेष्ट सहित ८ हजार मात्र दर्शक भित्राउने गरी पोखरा रंगशालामा उक्त कन्र्सट आयोजना गर्ने गरी सम्झौता गरिएको जिल्ला खmेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले बताउनु भयो ।