पोखराबाट गल्याङसम्म धार्मिक कार ¥याली आयोजना हुने

-


     पोखरा क्लिक     
     कार्तिक १० गते २०८२ मा प्रकाशित


पोखरा, १० कार्तिक,

उत्तर गण्डकी महामेला तथा दामोदर धर्मोत्सव–२०८२ को अवसरमा पोखराबाट स्याङजाको गल्याङसम्म बृहत् धार्मिक कार ¥याली आयोजना गरिने भएको छ।

महोत्सव असोज २१ गतेदेखि कार्तिक १९ गतेसम्म स्याङ्जाको गल्याङ–१ मालुङ्गामा भव्य रूपमा सञ्चालन हुँदैछ भने उक्त अवसरमा यही कार्तिक १४ गते बिहान ७ बजे पोखरा–१७ बराल फिडबाट सुरु हुने ¥याली गल्याङस्थित कार्यक्रम स्थलसम्म पुग्ने आयोजकले जनाएका छन्। कार्यक्रममा सहभागिताको लागि सम्पूर्ण पोखरेली सहित कस्केली जनतामा आग्रह गरिएको महोत्सवका गण्डकी संयोजक, उद्योगपत्ति एवं समाजसेवी चन्द्रकान्त बरालले बताउनु भयो ।