वरिष्ठ कृषि अधिकृत लम्सालको निधन

-


     पोखरा क्लिक     
     कार्तिक ८ गते २०८२ मा प्रकाशित


स्याङ्जा ८, कार्तिक

स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ मा शुक्रबार एक वरिष्ठ कृषि अधिकृतको निधन भएको छ। मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ कास्कीका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको निधन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

लम्साल स्याङ्जा जिल्लाकै पुतलीबजार–१४, लामागे लम्सालथरका ४५ वर्षीय स्थानीय हुन्। प्रहरीका अनुसार, लु ५९ प ३७९७ नम्बरको बुलेट मोटरसाइकलमा सवार लम्साल सतौंबाट लामागेतर्फ आउँदै गर्दा आमडाँडास्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई करिब एक सय मिटर तल खसेका थिए।

दुर्घटनाको जानकारी पाउनेबित्तिकै स्थानीय र प्रहरी टोलीले उद्धार प्रयास गरे पनि लम्सालको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए । प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।