पोखरामा खुल्यो लिपमोटर र सिट्रोनको अत्याधुनिक शोरुम, लिपमोटर बी१० सार्वजनिक

-


     पोखरा क्लिक     
     असाेज ३१ गते २०८२ मा प्रकाशित


पोखरा, ३१ असोज,

पोखरामा लिपमोटर र सिट्रोन ब्रान्डका अत्याधुनिक सवारीसाधनहरूको शोरुम सञ्चालनमा आएको छ। पोखराको शिवचोकमा स्थापना भएको उक्त मल्टिब्रान्ड शोरुमको शुक्रबार एक विशेष समारोहबीच उद्घाटन गरिएको हो।

शोरुमको उद्घाटन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले संयुक्त रूपमा गर्नुभयो। पोखरा क्षेत्रका लागि लिपमोटर र सिट्रोन गाडीका आधिकारिक वितरक एस.एस.एल मोटर्स कम्पनी प्रा.लि. रहेको छ। कम्पनीले ‘थ्रीएस– सेल्स, सर्भिस र स्पेयर्स’ सेवा प्रदान गर्ने जनाएको छ।

शोरुम उद्घाटनको अवसरमा कम्पनीले लिपमोटरको नयाँ मोडल बी१० पनि सार्वजनिक गरेको छ। कार्यक्रममा पोखरा क्षेत्रका उद्योगी, व्यवसायी, सञ्चारकर्मी लगायतको उपस्थिति थियो। कम्पनीका सञ्चालक गोपाल बरालले पोखरामा अन्तर्राष्ट्रियस्तरको शोरुम सञ्चालन र नयाँ विद्युतीय मोडल सार्वजनिक गर्न पाउँदा गर्व लागेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले अटोमोबाइल क्षेत्रमा लामो अनुभव संगालेका छौं। ग्राहकको विश्वास जित्न सक्नु नै हाम्रो सफलता हो।” बरालका अनुसार लिपमोटर र सिट्रोन दुवै ब्रान्ड छोटो समयमा पोखरा क्षेत्रमा लोकप्रिय बनेका छन्। नयाँ बी१० मोडल पनि धेरै ग्राहकको रोजाइमा पर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

लिपमोटर बी१० दुई भेरियन्टमा उपलब्ध छ — ‘लाइफ’ र ‘डिजाइन’।

‘लाइफ’ भेरियन्टको मूल्य ५५ लाख रुपैयाँ भए पनि अफर मूल्यमा ४९ लाख ९९ हजार रुपैयाँमा बिक्री भइरहेको छ।

‘डिजाइन’ भेरियन्टको मूल्य ६० लाख रुपैयाँ रहेकामा अफर मूल्य ५६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

कम्पनीका अनुसार अफर मूल्यका कारण ग्राहकहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।

लिपमोटर बी१० का प्रमुख विशेषताहरू

  • ६७.१ किलोवाट आवर ब्याट्री, CLTC प्रमाणित ६०० किमीसम्मको दायरा
  • १६० किलोवाट मोटर, स्मूथ र रिस्पोन्सिभ ड्राइभिङ अनुभव
  • ओभर–द–एयर (OTA) अपडेटसहितको स्मार्ट ककपिट
  • लेन असिस्ट, इमर्जेन्सी ब्रेकिङ र ३६०° क्यामेरासहित उन्नत सुरक्षा प्रणाली

ग्राहकहरूले अब एस.एस.एल मोटर्स, शिवचोक पोखरामा गएर लिपमोटर बी१० अवलोकन र टेस्ट ड्राइभ गर्न सक्नेछन्। कम्पनीले यसलाई ‘स्मार्ट, सुरक्षित र वातावरणमैत्री गतिशीलताको भविष्य’को रूपमा व्याख्या गरेको छ।



This will close in 20 seconds