पोखरा–१३ मा सयपत्री फूल मेला हुने

-


     पोखरा क्लिक     
     असाेज ३० गते २०८२ मा प्रकाशित


पोखरा, ३० असोज,

पोखरा महानगरपालिका वडा नम्बर १३ मा यस वर्ष स्थानिय फूल उत्पादनको व्यवसायिक प्रवर्द्धन गर्ने उद्देश्यले सयपत्री फूल मेला आयोजना गर्ने भएको छ। तिहार पर्व लक्षित गर्दै कार्तिक ३ देखि ६ गतेसम्म उक्त मेला आयोजना हुन लागेको पोखरा १३ का वडा अध्यक्ष किरण बरालले बताउनु भयो ।

मेलामा स्थानीय किसान, नर्सरी सञ्चालक र फूल व्यवसायीहरूले उत्पादन गरेको फूलको प्रत्यक्ष बिक्री हुने उहाँले जनाउनु भयो । “फूल व्यवसायलाई प्रोत्साहन गर्न र किसानले आफ्नै उत्पादनको बजार सहज रूपमा पाउन सकून् भन्ने उद्देश्यले वडा परिसरमै मेला आयोजना गर्न लागिएको हो,” बरालले बताउनुभयो।

पोखरा महानगरपालिकाले पोखराका करिब २२ स्थानमा फूल बिक्रि केन्द्र सहित फूलको मुल्य निर्धारण गर्ने भएको पोखरा महानगरपालिकाका आर्थिक बिकास महाशाखा प्रमुख मनोहर कडरियाले पोखराक्लिकलाई बताउनु भयो ।



This will close in 20 seconds