
दीननाथ बराल,
पोखरा, ६ असोज,
अब देखि पोखरामा ट्याक्सी सेवा लिनको लागि सडक छेउमै उभिनु पर्ने अबस्था छैन । मोबाइलमा ‘मुभइन’ एप खोल्नुस्, नजिकको ट्याक्सी देख्नुस् र आफ्नै घर गेटमै सेवा लिन सक्नुहुन्छ । पोखरामा सोमबारदेखि यो सेवा औपचारिक रुपमा सुरु भएको हो ।
यो सेवा स्वदेशी लगानी र सीपमा बनेको नेपालकै पहिलो राइड सेयरिङ एप भएको दाबी गरिएको छ । यसअघि राइड सेयरिङको विरोध गर्दै सडकमा उत्रिएका यातायात व्यवसायी अहिले भने आफ्नै एप प्रयोग गर्न आग्रह गर्दैछन् । गण्डकी प्रदेश सरकारले २०८२ मा ‘राइड सेयरिङ नियमावली’ पास गरेपछि विरोध गरेका व्यवसायीले अन्ततः समयसँगै तालमेल गर्दै नयाँ प्रविधि अपनाएका हुन् ।
एप प्रयोग गर्दा अब भाडा बार्गेनिङ गर्ने झन्झट नहुने मुभइन प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रमेश पराजुलीले बताउनु भयो । उहाँले भन्नुभयो “फिक्स मूल्यमा सहज र पारदर्शी ढंगले प्राय पोखराका धेरै क्षेत्रमा सेवा लिन सकिने सुविधा हामीले दिएका छौँ । ” आईटी इन्जिनियर रविन तिवारीको नेतृत्वमा ६० जनाको टोलीले करिब एक वर्षमा यो एप तयार गरेको हो । हाल ‘मुभइन प्रालि’, ‘पोखरेली ट्याक्सी सेवा प्रालि’, ‘स्किल इनोभेसन’ लगायतको लगानीमा एप सञ्चालन भएको छ । सुरुवाती चरणमै पोखराका एक हजारभन्दा बढी ट्याक्सी यसमा आबद्ध भइसकेका छन् ।
हाललाई प्रयोग निःशुल्क राखिएको छ । पछि अलिकति शुल्क लिइने भए पनि अन्य विदेशी एपको भन्दा सस्तो मूल्यमा सेवा उपलब्ध हुने कम्पनीको दाबी छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भने, “समय बदलिन्छ, व्यवसायी पनि प्रविधिमैत्री हुनैपर्छ । निजी कार र मोटरसाइकल हटाएर सार्वजनिक सवारीलाई प्राथमिकता दिने गरी यो एप सञ्चालन भएको छ ।”
पोखरामा करिब २ हजार ट्याक्सीमध्ये १८ सय सक्रिय छन् । सिजनमा एक ट्याक्सीले दैनिक ३–४ हजार रुपैयाँसम्म कमाउने गरेको तथ्यांक छ । एप सफल भए चालकलाई स्थिर आम्दानी र यात्रुलाई सहज सेवा दुवै उपलब्ध हुने अपेक्षा गरिएको छ ।गण्डकी प्रदेशस्तरका अन्य व्यवसायीले पनि यसलाई नमुना एपको रूपमा विकास गर्दै देशभर विस्तार गर्नुपर्ने धारणा राखेका छन् । कार्यक्रमका वक्ताले संचारकर्मीहरूमार्फत व्यापक प्रचार–प्रसारमा जोड दिएका छन् । सुरुवाती चरणमा सार्वजनिक ट्याक्सीमा मात्र प्रयोग हुने यो एपलाई क्रमशः देशव्यापी विस्तार गर्ने तयारी गरिएको छ । महासंघका अर्को बरिष्ठ उपाध्यक्ष एवं पृथ्बीराजमार्ग बस संचालक कम्पनीका अध्यक्ष ऐन कुमार शाईले उक्त एपलाई नमुना एपको रुपमा विकसित गर्दै प्रभावकारी ढंगले प्रयोग गर्नुपर्ने बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहितको टोलीले विदेशी एपमा लैजान हतार गरेकोले आफुहरुले त्यसको बिरोध गरेको उनले जनाए । महासंघका गण्डकी संयोजक केदार पौडेल, पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेल, पूर्व अध्यक्ष प्रकाशमणि तिवारी, एवान ग्रेटर नेपालका अध्यक्ष अर्जुन पौडेल लगायतले प्राविधि मैत्रि स्वदेशी एप आफुहरुसंग भएकोले अब यसको प्रभावकारी ढंगबाट संचालन गर्ने जसको व्यापक प्रचार प्रसार गर्न संचारकर्मी समक्ष आग्रह गर्नुभयो । अब देखि आफुहरुलाई




