कास्कीको यातायात व्यबस्था कार्यालय एक साता पछि खुल्ने, लाइसेन्स तर्फ अन्योल, सरसफाई गर्दै कर्मचारी (भिडियो सहित)

-


     पोखरा क्लिक     
     भाद्र ३० गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ३०, भदौं,

जेनजी आन्दोलनको क्रममा आगजनीबाट डकुमेन्ट सहित कार्यालय जलेको यातायात व्यबस्था कार्यालय कास्कीले एक हप्ता भित्र सेवा संचालन गर्र्ने तयारी गरेको छ । कार्यालय व्यबस्थापन गरी एक हप्तामा पुनः संचालनमा ल्याउने तयारी भएको कार्यालय प्रमुख ढाकाप्रसाद शर्माले पाखराक्लिकलाई बताउनु भयो ।

दैनिक ५ सय जना सेवाग्राही आउने उक्त कार्यालयमा आवश्यक पर्ने केही सामाग्रिहरु पनि हाल नभएको अबस्थामा अस्थायी कार्यालय बाहिरको क्यान्टिन सहितको टहराबाट सेवा सुरु गर्ने तयारी गरिएको उहाँले उल्लेख गर्नुभयो । सोमबार कार्यालयका कर्मचारी सहित स्थानियको सहयोगमा कार्यालयमा सरसफाई गरिएको छ ।

कार्यालयमा के कति क्षति पुगेको छ त्यसको विवरण संकलन कार्य समेत जारी रहेको प्रमुख शर्माले जनाउनु भयो । त्यसै गरी यातायात व्यबस्था कार्यालय लाइसेन्स शाखामा भने कर्मचारीहरु के गर्ने के नगर्ने अन्योलको अबस्थामा रहनु भएको छ । जेनजी आन्दोलनको क्रममा जलेको भवन तथा कार्यालयबाट केही डकुमेन्ट संकलन गरिएको छ भने मुचुल्का गरे पछि मात्र सरसफाई गर्ने भएको एक कर्मचारीले बताउनु भयो ।

यातायात व्यबस्था कार्यालय लाइसेन्स शाखाका कर्मचारी भने अन्यौलमा पर्नु भएको छ । आगजनीबाट कार्यालय भित्र खरानी र फलम तथा सिसाका टुक्राहरु बाहिरबाट हेर्दा कार्यालय नै कालो झ्याल र ढोका जलेको अबस्थामा रहेको दृश्य हेरेर कर्मचारीहरुले सोमबार केही डकुमेन्ट मात्र संकलन गरेर फर्किएका छन् । मुचुल्का गरेर मात्र सरसफाई गरी सेवालाई के कसरी संचालन गर्ने मन्त्रालयको निर्देशन पर्खेर आफुहरु सोमबार दिनभर जसो कार्यालय परिसरमा विताएर फर्किएको एक कर्मचारीले बताउनु भयो ।