
काठमाडौंं,
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरिएको छ । जेनजी समुहमा आज भएको छलफलबाट पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने बिषयमा धेरैको सहमति भएसंगै जेनजी समुहले उक्त प्रस्ताव नै गरेको छ ।
उक्त प्रस्ताव पश्चात पूर्वप्रधानन्यायाधीश कार्कीले भने जेनजी समुहले गरेको प्रस्तावमा आफुले देशको नेतृत्व संहाल्ने बताउनु भएको हो । आन्दोलनपछिको परिस्थितिमा चुनावी सरकारको नेतृत्व गर्न आफू तयार रहेको उहाँको भनाई थियो ।
जेनजी पुस्ताले आफूलाई अत्याधिक रुचाएकाले सरकारको नेतृत्व लिन तयार रहेको पूर्वप्रधानन्यायाधीश कार्कीको भनाई छ ।
कार्कीले आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजी युवाप्रति श्रद्धाञ्जली दिँदै उहाँहरुका अभिभावकको मागलाई सम्बोधन गर्ने बताउनु भयो । त्यसै गरी पहिलो प्रसताव काठमाण्डौंका मेयर वालेन्द्र शाह वालेनलाई थियो तर उहाँले फोन नउठाएका कारण कार्कीलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरिएको जेनजी समुहले जनाएको छ ।





