अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह

-


     पोखरा क्लिक     
     भाद्र २५ गते २०८२ मा प्रकाशित


पोखरा,

कास्की जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ। जिल्लामा हालै भएको जेनजी प्रदर्शनका क्रममा अवाञ्छित तत्त्वसमेत मिसिएर सरकारी, अर्धसरकारी तथा निजी सम्पत्ति, व्यवसायिक प्रतिष्ठान र होटेलमा तोडफोड, आगजनी र लुटपाट भएका कारण प्रशासनले यस्तो सूचना जारी गरेको हो।

प्रशासनले जनाएको छ— शान्ति–सुरक्षालाई नियन्त्रणमा लिन मंगलबार राति १० बजेदेखि नै नेपाली सेनासहित सबै सुरक्षा निकाय परिचालन भइसकेका छन् र स्थिति क्रमशः सामान्यतर्फ उन्मुख छ।

यस विषम परिस्थितिमा तपाईँलाई संयमित रहन आग्रह गरिएको छ। कुनै पनि अराजक गतिविधि देखिए तत्काल खबर गर्न नेपाली सेनाको ०६१–५८११६०, ९७६३२४६०२२, नेपाल प्रहरीले ९८५६०३९५९९, सशस्त्र प्रहरी बलले ०६१–५४४०८८, ९८५१२७२२०८० तथा टोल–फ्री नम्बर १११४ उपलब्ध गराएको छ।