गुरुङ ब्युटिपार्लर एण्ड एकेडेमीको मेहेन्दी मेलामा एक हजार जनाले मेहेन्दी लगाए

-


     पोखरा क्लिक     
     श्रावण ३ गते २०८२ मा प्रकाशित


पोखरा

पोखरा न्युरोडमा रहेको गुरुङ ब्युटिपार्लर एण्ड एकेडेमीमा शनिबार सम्पन्न भएको मेहेन्दी मेलामा १ हजार भन्दा बढी जनाले मेहेन्दी लगाउनु भएको छ । गत असार ३२ गतेदेखि संचालन भएको मेहेन्दी मेला आज समापन भएको हो ।

मेहेन्दी मेलामा स्वदेशी तथा विदेशी सहित एक हजार भन्दा बढीले मेहेन्दी लगाउनु भएको एकेडेमी सञ्चालक एवं सौन्दर्यविद चिनु गुरुङले बताउनु भयो। एकेडेमीका प्रशिक्षार्थीको सिप विकाससँगै मेहेन्दीलाई उद्यमशीलतासँग जोड्नका लागि उक्त मेला यस बर्ष पनि आयोजना गरिएको उहाँले जनाउनु भयो ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

यसैबिच, उक्त मेलाको उद्घाटन गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल वस्यालले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै उहाँले सौन्दर्यलाई व्यवसायिकसंग जोडेर हेर्नुपर्नेमा जोड दिनुभयो । श्रावणमा तिउरी लगाउने परम्परा विस्तारै मेहेन्दीमा परिणत भएको उहाँले जनाउनु भयो । पछिल्लो समयमा थरीथरी डिजाईनका मेहेन्दी लगाउने आकर्षण बढेकोले यसैलाई मध्यनजर गरेर मेला आयोजना गरिएको सञ्चालक एवं सौन्दर्यविद गुरुङले जनाउनु भयो ।