
पोखरा,
शिक्षा केवल किताबी ज्ञान होइन, यो एक जीवनदर्शन हो — यही मूल मन्त्रका साथ अगाडि बढ्दै आएको हिमालयन बोर्डिङ स्कुल, पोखरा–१७, घारीपाटनले २०८२ सालको परीक्षामा दुई जना छात्राले उत्कृष्ट नतिजा ल्याउन सफल हुनु भएको छ ।
सोनिया गुरुङ र रोसिका न्यौपानेले यस बर्षको एसईईको परिक्षामा फो जिपीए ल्याउदै आफ्नो बिद्यालयलाई पनि देशकै उत्कृष्ट सूचीमा पार्न सफल भएको बिदालयका प्राचार्य डा. टेकनारायण पौडेलले बताउनु भयो । उहाँहरुले २०७९ मा कक्षा ८ को नतिजामा पनि ४ जि पि ए ल्याउन सफल भैइ महानगर बाट सम्मानित भैइ सकेको बिद्यालयले जनाएको छ । त्यसै गरी बिद्यालयबाट यस बर्ष ३२ जनाले ए प्लस, ८ जना ए र १ जनाले बी प्लस ल्याउनु भएको बिद्यालयले जनाएको छ ।





