नाबाट पत्रकार शर्मा र सुवेदी सम्मानित, अधिवेसन स्थगित

-


     पोखरा क्लिक     
     भाद्र २५ गते २०८१ मा प्रकाशित



पोखरा २५, भदौं

नेपाल हवाई खेलकुद संस्था (ना) बाट परशुराम शर्मा र अमृत सुवेदी सम्मानित भएका छन् । संस्थाको २१ औं वार्षिक साधारण सभा तथा दशौं अधिवेशनको अवसरमा उनलाई मंगलबार पोखरामा सम्मान गरिएको हो ।

अनलाइनखबर गण्डकी ब्युरो प्रमुख सुवेदी र नेपाल टेलिभिजनका संवाददाता परशुराम शर्मालाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, संस्थाका अध्यक्ष सुनिलकुमार भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी लगायत लगायतले दोसल्ला, सम्मान पत्रसहित सम्मान गेरका हुन् ।

यसैबिच नाको अधिवेसन भने स्थगित भएको छ । सर्वसम्वत रुपमा नयाँ कार्यसमिति चयनको प्रयास हुँदा हुदै अध्यक्ष सहितका पदहरुमा दुई वा दुई भन्दा बढी एकै पदमा दाबी गरे पछि हाल अधिवेसन स्थगित भएको श्रोतले जनाएको छ । अध्यक्षमा सुनिल भट्टराईलाई पुनः सर्वसम्वत अध्यक्षमा चयन गर्न एक समुहले चाहेका वेला अनिल केसी र सानु बाबु सुनुवारको अध्यक्षमा उम्मेदवारी दिने भए पछि सकेसम्म सर्वसम्वत ढंगले मिलाउने प्रयास स्वस्प केही दिनको लागि स्थगित भएको जनाइएको छ । कोषाध्यक्षमा शर्मिला शर्माको मात्र उमेदवारी परेको छ अन्य पदमा अध्यक्षमा २, उपाध्यक्षमा ३ जना, महासचिवमा २, सचिवमा ३ जनाको उमेदवारी परेको छ ।