पोखरामा १ करोड भन्दा बढी मुल्यका सामान चोरी गर्ने दुई जना पक्राउ

-


     पोखरा क्लिक     
     जेठ २८ गते २०८१ मा प्रकाशित


पोखरा हाउजिङ नजिकै लक्ष्मी कान्त शर्मा र सोही घरमा डेरा गरी बस्ने कृष्णजी पौडेल समेतको घर कोठाको मुल ढोका तथा अन्य कोठाहरुको ढोका समेत फोडी कोठा भित्र रहेका विभिन्न किसिमका सुनका गरगहना ४२ तोला, मोवाईल, ल्याप्टप, क्यामेरा तथा अन्य सामानहरु र नगद .३ लाख ८० हजार समेत गरी १ करोड भन्दा बढीका सरसामानहरु चोरी गरी फरार भएको भन्ने सूचनाको आधारमा दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

१ करोड भन्दा बढी सामान चोरी गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा १७ घारीपाटन पोखरा हाउजिङ नजिक चोरी गर्नेलाई कास्की प्रहरीले पक्राउ गरी सोमबार पत्रकार भेटघाट कार्यक्रम मार्फत सार्वजनिक समेत गरेको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम समेतबाट विशेष अनुसन्धान टोली खटिई विभिन्न प्राविधिक विश्लेषण तथा फुटेजका आधारमा अनुसन्धान गर्दै जाँदा उक्त चोरीमा संलग्न जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२२ घर भई हाल पोखरा वडा नं. १३ मियापाटन बस्ने वर्ष २१ को नविन नेपालीलाई र जिल्ला गोरखा स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ०४ गैह्रापाटन बस्ने वर्ष २९ का सुवास थापा मगरलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा दिन ७ (सात) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।

उक्त घटनाको बारेमा प्रहरीले जारी गरेको प्रेस विज्ञप्ति ।

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रहरी कार्यालय, कास्की

मिति २०८१।०२।२८ गते ।

विषय : प्रेस विज्ञप्ति

१ करोड भन्दा बढी मुल्यका सामानहरु चोरी गर्ने २ जना व्यक्ति पक्राउ
मिति २०८१।०२।११ गते रातको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका
वडा नं. १७ घारिपाटन स्थित पोखरा हाउजिङ नजिकै लक्ष्मी कान्त शर्मा र सोही घरमा
डेरा गरी बस्ने कृष्णजी पौडेल समेतको घर कोठाको मुल ढोका तथा अन्य कोठाहरुको ढोका
समेत फोडी कोठा भित्र रहेका विभिन्न किसिमका सुनका गरगहना ४२ तोला, मोवाईल,
ल्याप्टप, क्यामेरा तथा अन्य सामानहरु र नगद रु.३,८०,०००।– समेत गरी १ करोड
भन्दा बढीका सरसामानहरु चोरी गरी फरार भएको भन्ने सूचनाको आधारमा तालुक
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी
कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम समेतबाट विशेष अनुसन्धान टोली खटिई
विभिन्न प्राविधिक विश्लेषण तथा CCTV फुटेजका आधारमा अनुसन्धान गर्दै जाँदा उक्त
चोरीमा संलग्न जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२२ घर भई हाल ऐ. ऐ.
वडा नं. १३ मियापाटन बस्ने वर्ष २१ को नविन नेपालीलाई र जिल्ला गोरखा स्थायी घर
भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ०४ गैह्रापाटन बस्ने वर्ष अं. २९
का सुवास थापा मगरलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट चोरी
तथा डाँका मुद्दामा दिन ७ (सात) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।

निजहरुको घरकोठाबाट बरामद भएका सामानहरुको विवरणहरु :-
१) सुनका विभिन्न गरगहना (सुन र लाहा सहितको तौल जम्मा २४ तोला ८४ लाल)
२) विभिन्न कम्पनीका मोबाईल- २२ थान
३) विभिन्न कम्पनीका क्यामरा – ९ थान
४) विभिन्न कम्पनीका ल्यापटप- १५ थान
५) टि.भी.- २ थान
६) विभिन्न किसिमका (चरेश, तामा तथा चाँदीका) भाँडा वर्तन- ४६ थान
७) कफी मेसिन- २ थान
८) नगद रकम रु.११,५६८।–( एघार हजार पाँच सय अठ्सठ्टी)
९) विभिन्न कम्पनीका घडी – ११ थान
१०) सक्कल नागरिकता १ थान र सक्कली राहदानी १ थान
११) ड्रोन क्यामरा – २ थान
१२) रेडियो सेट वाकीटकी – २ थान र ऐ.को चार्जर २ थान ।

१३) चोरीमा प्रयोग हुने बरामद भएका औजारहरु – फलामको रड ३ थान, पेन्चिस २
थान, हेक्सा ब्लेड १ थान, पिलास २ थान, तार काट्ने कटर १ थान, फलामको कुटो १
थान,
अपराधिक कार्यविधि:-
 निजहरू साँझको समयमा करिब २ देखि ३ घण्टा त्यस्ता घरहरू निरन्तर अवलोकन
गरी निग्रानी गर्ने त्यसपछि कुनै पनि बत्ती नबलेपछि उक्त घरमाहरूमा चोरी गर्ने ।
 प्रायजसो त्यस्ता घरहरूको व्यक्ति जो विभिन्न कार्यालयमा काम गरी फर्की सकेपछि
केही समय बाहिर मनोरञ्जन गर्न निस्किने बितिकै त्यस्ता घरहरूमा चोरी गर्ने ।
 दुई जना मध्ये एक जना पहिला चोरी गर्ने स्थानको घर आसपासको एरियामा गई
निग्रानी गरी सूचना संकलन गर्ने र घरमा मानिस भए/नभएको एकिन गरी अर्को
साथीलाई खबर गरी चोरी गर्ने गरेको व्यहोरा प्रारम्भिक सोधपुछको क्रममा
खुलाएको ।

अपराधिक विवरण:-
पक्राउ परेका दुबै जना अभियुक्तहरु पेशेबर चोर रहेको निजहरुलाई यस भन्दा अगाडी
समेत चोरी मुद्दामा पक्राउ तथा कारवाही भएको ।
 सुवास थापा मगरको नाममा चलेका मुद्दाहरु : मिति २०७५/१२/१० गते जिल्ला
प्रहरी कार्यालय कास्कीबाट चोरी मुद्दा चलेको ।
 राज कुमार नेपालीको नाममा चलेका मुद्दाहरु : मिति २०८०/०१/१७ गते जिल्ला
प्रहरी कार्यालय कास्कीबाट चोरी मुद्दा चलेको । निज पटक पटक मुद्दामा करिव ८
वर्ष कारागारमा जेल सजाय भुक्तान गरी पछिल्लो पटक अन्दाजी १० महिना अगाडी
जिल्ला कारागार कास्कीबाट छुटेको देखिएको ।
यस भन्दा अगाडी पोखराका विभिन्न स्थानमा चोरी घटनामा निजहरुको संलग्नता
सम्बन्धमा ।
 मिति २०८१/०१/१२ गते जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.०३ नदिपुर
गण्डकी बोडि बिल्डिङ अगाडी रहेको बेथेस्टा ईन्टरनेशनल ल्याङवेज सेन्टर
प्रा.लि.बाट १६ थान ल्यापटप, सोनी तथा क्यानन कम्पनीका ल्यापटपहरु चोरी
गरेको ।
 मिति २०८१/०१/१६ गते जिल्ला कास्की पोखरा म.न.पा.वडा नं. ०८ जाल्पारोड
स्थितमा रहेको मनिका शाही गुरुङको बिन्स एण्ड बेरिज क्याफेबाट कफी बनाउने
ठुलो मेसिन थान १ र ग्रयाण्डल थान १ चोरी भएकोमा दुबै सामान बरामद भएको ।
 मिति २०८१/०१/२९ गते जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.२७ खरानीफाँट
स्थित प्रतिभा नेपालीको घर कोठाबाट dji MAVIC लेखेको ड्रोन क्यामरा थान १,

क्यानन कम्पनीको DSLR क्यामरा थान १, लेनेभो कम्पनीको ल्पापटप थान १,
विभिन्न सुनका गरगहनाहरु चोरी भएकोमा ड्रोन क्यामरा थान १, DSLR क्यामरा
थान १, ल्पापटप थान १ बरामद भएको ।
 नोटः बिगत केही समययता चोरी भएका आफ्नो घर पसलमा पीडित तथा
निवेदकहरुलाई चोरी भएका कुनै समानहरु वरामदीमा रहेको भएमा उल्लेखित
सामानहरु पहिचान गरि कानून बमोजिम कारवाहीमा सहयोग गर्न हुन अनुरोध
गरिएको छ ।

पक्राउ व्यक्ति तथा बरामद सामानहरुको फोटो :-

नि.सूचना अधिकारी
प्र.नि. अविनाश दिप जि.सी.
जिल्ला प्रहरी कार्यालय, कास्की



This will close in 20 seconds