लिटल फ्लावरमा पुरस्कार वितरण समारोह सम्पन्न

-


     पोखरा क्लिक     
     पौष १ गते २०८० मा प्रकाशित


पोखरा १, पुष

पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीमा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ। खेलकुद अन्तरगतका विभिन्न दुरीका दौड,रिले ,भलिवल,फुटवल, बेलुन फुटाई, तातो आलु लगायतका खेलमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो ।

कार्यक्रममा प्रिन्सिपल बिकल पौडेलले विद्यार्थीहरुलाई पढाइको साथसाथै खेलकुदका माध्यमले पनि अगाडि वढाउने उदेस्यले बार्षिक कार्यक्रम अन्तरगत स्पोर्टस् संचालन गरिएको र खेलकुद हारजितको लागि भन्दापनि विद्यार्थीको सर्वाङ्गिण विकासको लागि आबश्यक पर्ने बताए ।

यसै शैिक्षक सत्रका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै विजयी विद्यार्थीहरुलाई विद्यालयका इञ्चार्ज रामप्रसाद अभिकारी, कक्षा ११,१२का संयोजक बिष्णुहरि पौडेल, मा वि इञ्चार्ज रामकृष्ण आचार्य,प्रा वि इञ्चार्ज हेमा पुन लगायत शिक्षकहरुले विद्यार्थीलाई मेडल प्रदान गरेका थिए।
कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक विचित्र न्यौपाने, सहसंयोजक लक्ष्मी गरुङले गरेका थिए ।



This will close in 20 seconds