छोरेपाटनदेखि शान्ति स्तुपातर्फ जाँदै गरेको बस दुर्घटना, ७ जना को अवस्था गम्भीर

-


     पोखरा क्लिक     
     कार्तिक १२ गते २०८० मा प्रकाशित


पोखरा १२ कार्तिक

पोखराको पुम्दीभुम्दीमा ग १ ख ८५८५ नम्बरको बस दुर्घटना हुँदा ३५ जना घाईते भएका छन् । पोखरा–१७ छोरेपाटनबाट पोखरा–२२ शान्तिस्तुपातर्फ जाँदै गरेको बस घैयाखेत भन्ने ठाउँमा दुर्घटना हुँदा उनीहरु घाईते भएका हुन् । घाईते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय बैदामका ईञ्चार्ज तथा प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

घाईतेहरुलाई उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताललगायतका अस्पतालमा लगिएको बुझिएको छ ।

दुर्घटनास्थल उकालो ठाउँमा रहेको बताइएको छ । बस सडकबाट १० मिटर तल खसेको अवस्थामा उद्धार गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

यसैबिच उक्त बस दुर्घटनामा परी घाइते हुनु भएकाहरुलाई पोखराका मेयर धनराज आचार्य, उपमेयर मन्जुदेवी गुरुङ, वडा अध्यक्षहरु समेतले स्वास्थ्य अबस्था बारे बुझ्दै उपचारमा कुनै कसर बाँकी नराख्ने गरी उपचार गर्न अस्पतालाई अनुरोध गर्नु भएको थियो । साथै उहाँहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको पोखरा २२ का वडा अध्यक्ष हिमलाल बरालले बताउनु भयो ।