जीवन बराल
पोखरा ११ कार्तिक
कार्तिक महिना लागे सँगै कालावाङ घरेडीमा यतिबेला धान काट्न तथा अन्न बाली भित्राउन सुरु गरेका छन् ।
कालावाङ घरेडी क्षेत्रको फाटँ लगायतका पाखो खेतमा किसानहरु धान काट्न व्यस्त भएका छन् । बिहान उठे पछि बेलुका सम्म यतिबेला कालावाङ घरेडीका किसानहरु धान काट्न खेतमै व्यस्त हुने गरेका छन् । जेठ असार महिनामा रोपेको धान काट्न सुरु गरिएको छ । यहाँ धानलाई मुख्य बालीको रुपमा लिने गरिएको छ । यस वर्ष समयमै वर्षा भएको कारण धानबाली पनि समयमै पाकेको स्थानिय कृषक दुर्गा प्रसाद बरालले बताउनुभयो ।
अनुकुल मौसम, आकाशे पानी प्रयाप्त परेका कारण सिचाई पुगेको, रोगकिराको आक्रमण कम भएको लागयतका कारण उत्पादन बढ्ने कृषकको भनाई छ । यस क्षेत्रमा किसानहरुले स्थानियजातका सर्जु धान, मार्सी धान, गुर्दीधान, थकाले धान लगाउने गरेका छन् ।
पछिल्लो समयमा भने उन्नत जातका राधा–७, राधा–११, खुमल–४, पोखरेली जस्ता धान रोप्ने गरेका छन् । कालावाङ घरेडीको बिरुवा खेत, टारीको फाँटमा धान खेती बढी मात्रामा हुने गरेको स्थानिय ढाकाराम बराल ले बताउनुभयो ।
विगतका वर्षहरुमा भन्दा यस वर्ष भने दशै सँगै किसानले धान काट्न र थन्काउनको लागि सुरु गरेका स्थानिय राजु गुरुङ बताउनु हुन्छ ।