दीननाथ बराल
पोखरा १०, कार्तिक
हिजोआज पोखराको होटल क्षेत्रको अकुपेन्सि ६० प्रतिशत रहेको छ । यस बर्षको पर्यटनको सिजनको अवसरमा पोखरामा हाल ६० प्रतिशत होटल अकुपेन्सि भएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो ।
उहाँका अनुसार हाल भारतीय सहित तेश्रो मुलुकका पर्यटकले करिब १५ प्रतिशत होटल अकुपेन्सि रहेको छ । बडा दशैं टिकाको दिनसम्म विदेशी तथा स्वदेशी गरी २० प्रतिशत जसो होटल अकुपेन्सि दशैं टिकाको भोलिपल्ट देखि भोलि कोजागतपूर्णिमा पर्व (शनिबार) सम्म ६० प्रतिशत होटल बुकिङ भएको सघले एटुजेडलाई जनाएको छ ।
दशैं अघिसम्म टे«किङ जाने पर्यटकहरुको सख्या केही बृद्धि भए पनि दशैंको टिकाको भोलिपल्ट देखि आन्तरिक पर्यटकको उत्साहजनक रुपमा सहभागिता रहेको अध्यक्ष सुवेदीले बताउनु भयो । काठमाण्डौं, चितवन, धरान, वुटवल लगायतका क्षेत्रबाट आन्तरिक पर्यटक पोखरामा आगमन भएको उहाँले जनाउनु भयो । संघमा करिब ४ सय पर्यटकीय स्तरका होटलहरु रहेका छन भने करिब २ सय होटल संघ भन्दा बाहिर रहेका छन्।
त्यसै गरी पृथ्बी होटल व्यवसायी समिति अन्र्तगतको होटल अकुपेन्सि हाल करिब २० प्रतिशत रहेको समितिका अध्यक्ष अम्बिका घिमिरे(अमृत) ले बताउनु भयो । समितिमा हाल २ सय होटल आबद्ध रहेका छन्।
पोखरा मुग्लिङ सडक स्तरउन्नतीले गर्दा समस्या भए पनि आन्तरिक पर्यटकहरुको पोखरा आगमनले आफुहरु निकै उत्साहित भएको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनाराया श्रेष्ठले बताउनु भयो ।
यसैबिच, पोखराका पर्यटकीय स्थलहरुमा यति वेला आन्तरिक तथा बाह्यि पर्यटकहरुको भिडभाड भएको छ ।