सहारा क्लवको अभियानमा एनआरएनएले सहयोग गर्ने, सहारा एकेडेमीको अवलोकन

-


     पोखरा क्लिक     
     कार्तिक ९ गते २०८० मा प्रकाशित


पोखरा ९, कार्तिक

पोखराको सहारा क्लवले संचालन गर्दै आएको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता, सहारा फुटवल एकेडेमी लगायतको अभियानमा गैर आवासिय नेपाली संघ(एनआरएनए)ले सहयोग गर्ने भएको छ । हालै निर्वाचित भएका एनआरएनएका उपाध्यक्ष रोविन शेरचन सहितको टोलीले विहिबार सहारा एकेडेमीको अवलोकन गर्दै उक्त कुरा बताउनु भएको हो ।

जापानका प्रतिनिधिहरुले सहारालाई सक्दो सहयोग सहित आहा रारा पोखरा गोल्ड कपमा जापानको सहभागीता रहने प्रयत्न हुने विषयमा समेत जोड दिनु भएको थियो । विहिबार सहारा क्लब पोखरामा एनआरएनए आईसीसी उपाध्यक्ष रोविन शेरचन, एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङ , उपाध्यक्ष कमल गुरुङ , एनआरएनए कोरियाका अध्यक्ष बुद्धि गुरुङ , तमु धिं जापानका अध्यक्ष रमेशकुमार गुरुङ , बरिस्ठ कलाकार नमस्ते बेण्डका ईश्वर गुरुङ , पत्रकार मोहन घले लगायत तमु धिं युके, तमु धिं जापानका प्रतिनिधि , भलिबल संघ गण्डकीका पूर्व अध्यक्ष श्री गुरुङ लगायतका अतिथिहरुलाई आज सहारा एकेडेमी परिसरमा स्वागत गरिएको थियो ।

कार्यक्रम सहारा क्लबका अध्यक्ष केशवराज बरालको अध्यक्षता कार्यक्रम भएको हो । कर्यक्रममा रोविन शेरचन , हितकाजी गुरुङ ,मोहन घले लगायत सम्बोधन गर्नु भएको थियो भने कार्यक्रममा सहारा क्लब पोखराका संस्थापक अध्यक्ष वसन्त थकाली र एकेडेमी व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको क्लवका बरिस्ठ उपाध्यक्ष एवम् एकेडेमी व्यवस्थापन समितिका संयोजक पूर्णबहादुर गुरुङले बताउनु भयो । सहारा एकेडेमीमा अझै केही वालकहरु थप गर्ने योजना रहेको सचिव टंक पौडेलले बताउनु भयो ।