पोखराको सेफ किड्स प्रि–स्कुलमा दशैं महत्व बुझाउदै टिका जमरा ग्रहण

-


     पोखरा क्लिक     
     कार्तिक २ गते २०८० मा प्रकाशित


जीबन बराल
पोखरा २, कार्तिक

असल संस्कार सिकाउने उद्धेश्यले पोखराको सेफ किड्स प्रि–स्कुलमा टिका जमरा ग्रहण गरिएको छ । दशैं पर्वको महत्व बुझाउदै विहिबार बिद्यालयका बालबालिहरुलाई दशैंको झल्को दिने गरी टिका जमरा ग्रहण गराउदै आर्शीरबाद समेत दिइएको स्कुलका संस्थापक नारायणी कोइरालाले बताउनु भयो ।

बिहिबार प्रि स्कुलमा आयोजित समारोहका प्रमुख अतिथी स्कुलका निर्देशक शक्ति प्रधानाङ्गले बिद्यालयका बालबालिहरुलाई टिका तथा जमरा लगाउदै दशैं पर्वको महत्व बुझाउदै आफु भन्दा ठुला तथा मान्यजनहरुको हातबाट टिका जमरा थाप्ने प्रचलन रहेको उल्लेख गर्नु भयो ।
कार्यक्रममा ५२ जना बालबालिका सहभागि हुनु भएको थियो । प्रि स्कुलका शिक्षक विनिता गुरुङ, अम्बिका कुँवर, मिना अप्सरा, केदार कुँवर, संरचना राइ लगायतले उक्त स्कुलमा रहनु भएको १८ महिना देखि ७ वर्ष सम्मका बालबालिकाहरुलाई दशैं पर्वको बारेमा थप जानकारी गराउनु भएको थियो ।

जिवन उपयोगी शिप, नेतृत्व विकास, आफ्नो विचार राम्रो सँग राख्न सक्ने, धैर्यता, आफ्नो चाड पर्व को बारेमा जानकारी गराउने लगायका प्रारम्भिक वाल्य अवस्थामा सिक्नुपर्ने भएकोले स्कुलले समय समयमा यस्ता सामाजिक तथा सांस्कृतिक चार्ड पर्वको बारेमा स्कुलमा विभिन्न कार्यक्रम गर्दै आएको संस्थापक कोइरालाले बताउनु भयो ।