डि.एन.बी.
पोखरा २९, असोज
पोखराकी जेष्ठ नागरिक कलावती बरालको निधन भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ पार्दीविरौटा निवासी १ सय ६ बर्षीया जेष्ठ नागरिक कलावती बरालको सोमबार निधन भएको उहाँको पारिवारीक श्रोतले जनाएको छ ।
उहाँको निधनले पोखराका समाजसेवी तथा उद्योग व्यवसायी एवं पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बराललाई मातृशोक परेको छ । पोखरा २२ (पुम्दी भुम्दी) घर हुनु भएको समाजसेवी स्व.डिल्लीराम बरालकी धर्मपत्नी कलावतीको निवासमै निधन भएको हो ।
स्व.कलावतीको भोलि (मंगलबार) बिहान करिब ९ः३० बजे निवासबाट शवयात्रा निकाल्ने तयारी गरिएको उहाँका नाती सुर्य बरालले एटुजेडलाई बताउनु भयो । उहाँको अन्तिम दाहसंस्कार पोखराको रामघाटमा हुने भएको छ । कलावतीका हाल ४ छोरा र १ छोरी हुनुहुन्छ । बिशाल महादेव मुर्ति निर्माण समितिका संयोजक समेत रहनु भएका चन्द्रकान्त बराल स्व.कलावतीका साइला छोरा हुनुुहुन्छ । स्व.कलावतीका अन्य छोराहरुमा बासुदेव, टिकाराम, निर्मलराज बराल रहनु भएको छ भने बुद्धिकला पौडेल एक छोरी रहनु भएको छ । उहाँको ५ छोरा र २ छोरी मध्य एक छोरा तथा एक छोरीको निधन भएको थियो ।