दर्शन बचत तथा ऋण सहकारीको अध्यक्षमा राजाराम शाही

-


     पोखरा क्लिक     
     असाेज २९ गते २०८० मा प्रकाशित


पोखरा, अशोज २९

दर्शन बचत तथा ऋण सहकारी सहकारीको १३ औं साधारण सभा तथा पाँचौं अधिवेशनले राजाराम शाही अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मण मल्ल, सचिव ज्योति हमाल, कोषाध्यक्ष चित्र बहादुर मल्ल, सह सचिव लक्ष्मी मल्ल, सदस्यमा लक्ष्मी कुमारी खाँण, मैना सेन, मोहन शाही र लब बिक्रम खाँण चयन भएका छन् ।

नव निर्वाचित अध्यक्ष राजाराम शाहीले निर्वाचन मण्डल र साथ सहयोग दिएका सम्पुर्ण सेयर सदस्यलाई धन्यवाद दिनुभयो । उहाँले सहकारीमा सेयर सदस्यको हितमा हुने हरेक निर्णय गर्न आफू तयार रहेको बताउँदै दर्शन सहकारीको गरिमा र उचाईलाई थप टेवा दिने बताउदैँ आर्थिक पारदर्शितासँगै सामाजिक उत्तर दायित्वलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो ।

अध्यक्ष बिष्णु उच्चै ठकुरीको अध्यक्षतामा अधिवेशनलमा पोखरा महानगरपालिका वडा नं १७ का वडाअध्यक्ष राधिका कुमारी शाहीले दर्शन बचत तथा ऋण सहकारीलाई कास्की जिल्लामै नमुना सहकारी बन्न सुभकामना दिदैँ सहकारीको उत्तरउत्तर प्रगतिको कामना गर्नुभयो । उहाँले भविष्यमा गरिने हरेक योजना सेयर सदस्य मैत्री बनाउन अनुरोध गर्दै महानगरपालिकाले सहकारीको नीति, नियम र लेखा प्रणालीको वारेमा तालिम दिदै आएको जनाउनुभयो । शाहीले अहिले आर्थिक अनुशासनमा नरहँदा शेयर सदस्य र निक्षेपकर्ताको रकम जोखिममा परेको बताउदैं नीति र नियम पूर्णरुपमा पालना गर्न सुझाउनुभयो ।

सहकारीका सचिव ज्योति हमालले सञ्चालन र उपाध्यक्ष राजाराम शाहीले स्वागत गर्नुभएको गरेको सभामा अध्यक्ष बिष्णु उच्चै ठकुरीले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मण मल्लले कोषाध्यक्षको प्रतिवेदन र लेखा सयोंजक पदमा मल्ल शाहीले लेखाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सभामा सस्थापक खिमबहादुर शाही, सहकारीका सल्लाहकार खड्ग बहादुर शाही, ठकुरी संगम परिवार कास्कीका अध्यक्ष शेर बहादुर उच्चै, साहित्यकार दुर्गा बहादुर शाह “बाबा”, ठकुरी महिला परिवार कास्कीको अध्यक्ष सरस्वती हमाल, ठकुरी भू।पू। परिवार कास्कीको अध्यक्ष फम सिंह ठकुरी, ठकुरी युवा परिवार कास्कीका अध्यक्ष रमेश हमाल लगायतले शुकामना व्यक्त गरेका थिए ।  त्यस्तै लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा शान्ति शाही सदस्यमा पुर्णवती शाही र दिलकुमारी खाँण रहेका छन् ।  निर्वाचन संयोजक खड्ग बहादुर शाहीले नवनिर्वाचित टिमलाई सपथ ग्रहण गराउनुभएको थियो ।

निर्वाचन मण्डलमा संयोजक खड्ग बहादुर शाहीका साथमा टुक बहादुर मल्ल र याम बहादुर हमाल रहेका थिए ।  कार्यक्रममा जेहेन्दार विद्मार्थीतर्फ रञ्जिता शाही, उत्कृष्ट कारोबार गर्ने संस्थाका रबिन्द्र बिक्रम चन, असल सहकारी अभ्यासकर्ता तर्फ भुषण खाँण र लक्ष्मी शाहीलाई सम्मान गरिएको थियो ।  त्यसैगरि समयमा उपस्थित भएका शेयर सदस्यहरुको गोला प्रथा गरी ३ जना अञ्जली मल्ल, सरस्वती हमाल र शालिकराम शाहीलाई सम्मान गरिएको थियो ।



This will close in 20 seconds