जीवन बराल
पोखरा २८, असोज
गण्डकी प्रदेश गल्फ संघको अध्यक्षमा मुस्ताङका इन्द्रधारा विष्ट निर्वाचित हुनु भएको छ । पोखराको हिमालयन गल्फ कोर्षमा शनिबार सम्पन्न भएको पहिलो अधिवेसनले गण्डकी प्रदेशका पुर्व सांसद एवं एम्योचर गल्फर विष्टलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
त्यसै गरी समितिको उपाध्यक्षमा रमेश गुरुङ र सुनिता राणा तथा सचिवमा सन्तोष गुरुङ र कोषाध्यक्षमा राजु थकाली चयन हुनु भएको छ भने सदस्यहरुमा बुद्धिमान गुरुङ, बलराम थापा, जुनी गुरुङ र जुनकाजी गुरुङ सर्वसम्मत चयन हुनु भएको हो ।
त्यसै गरी जीवराम गुरुङको अध्यक्षमा कास्की जिल्ला गल्फ संघ समेत गठन भएको छ । त्यस्तै समितिको उपाध्यक्षमा भक्तराज गुरुङ र बालकाशी गुरुङ, सचिवमा प्रज्ज्वल गुरुङ तथा कोषाध्यक्षमा लालबहादुर गुरुङ सर्वसम्वर्त रुपमा चयन हुनु भएको हो । सदस्यहरुमा दीपक पहारी, विजय मोक्तान, लिलाजंग गुरुङ र टिका गुरुङ रहनु भएको छ ।
यसैबिच, उक्त अधिवेशनको उद्धघाटन गर्दै प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकले गल्फ खेलको प्रदेश सहित नेपालको पदकको धेरै आशा रहेको दाबी गर्नु भयो ।