वातावरण पत्रकारिता पुरस्कारबाट पोखराका कृष्णमणि बराल पुरस्कृत

-


     पोखरा क्लिक     
     असाेज २७ गते २०८० मा प्रकाशित


पोखरा, २७असोज

नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत साढे तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२२ बाट पोखराका पत्रकार कृष्णमणि बराल पुरस्कृत भएका छन् । अन्नपूर्णपोष्ट दैनिकमा पोखराबाट कार्यरत पत्रकार बराललाई नगद पुरस्कार तथा प्रमाण–पत्र प्रदान पुरस्कृत गरेको हो ।

नेपाल वातावरण पत्रकार समूह पुर्व अध्यक्ष ओम खड्काले बराललाई नगद २५ हजार र सम्मानपत्रले पुरस्कृत गरे । समूहले प्रत्येक वर्षको जुन ५ (विश्व वातावरण दिवस) मा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार घोषण गर्दै आएको छ । सोही पुरस्कार सस्थाको वार्षिक साधारणसभाको अवसरमा प्रदान गरेको हो ।

सन् २०२२ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी सान्दर्भिकता, मौलिकता, भाषा शैली र तथ्य–तथ्याङ्कक आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गरिन्छ ।

समूहका पूर्व अध्यक्ष राजेन्द्र दाहालको संयोजकत्वमा समूहका पूर्व महासचिव रमेश भुषाल र विज्ञ सदस्य डा. हुम गुरुङ सम्मिलत तीन सदस्यीय निर्णायक समितिले पुरस्कारको लागि छनोट गरेको थियो । समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०२२’ पाउने बराल ३६ औँ पत्रकार हुन् ।



This will close in 20 seconds