पत्रकार अधिकारी माथि दुव्र्यवहार

-


     पोखरा क्लिक     
     असाेज २४ गते २०८० मा प्रकाशित


पोखरा २४, असोज

पोखराका क्रियाशील पत्रकार एवं गोरखापत्र तथा समाधान दैनिकका संवाददाता फडिन्द्र अधिकारी माथी दुव्र्यवहार भएको छ । बुधबार पोखरा सभागृहमा समाचार संकलनको क्रममा क्रियटिभ ब्रोर्डकास्टिङ मिडिया प्लसका सञ्चालक मिलन प्रतीकले दुव्र्यवहार गरेका हुन ।

पोखरा सभागृहमा भएको एक कार्यक्रममा समाचार संकलन प्रयोजनका लागि केही जिज्ञासा राख्ने क्रममा कार्यक्रम आयोजक समेत रहेका क्रियटिभ ब्रोर्डकास्टिङ मिडिया प्लसका सञ्चालक मिलन प्रतीकले अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेको पत्रकार अधिकारीले बताए ।

पूर्व राष्ट्रपति पूर्व मुख्यमन्त्री, मेयर आफ्नो साथमा रहेको भन्दै अप शब्द बोल्दै पत्रकारलाइ थर्काएर कार्यक्रम स्थलबाट बाहिर निकालेका थिए । उक्त घटनाप्रति पत्रकार महासंघ गण्डकीले दुव्र्यवहारको निन्दा गरेको छ । महासंघका महासचिव गोविन्द सुवेदीद्धारा जारी गरिएको प्रेस विज्ञेप्तिमा दोषी उपर कारवाहीको माग समेत गरिएको छ । क्रियटिभ ब्रोर्डकास्टिङ मिडिया प्लसका सञ्चालक मिलन प्रतीकले मिडिया सम्बधी विभिन्न तालिम संचालन गर्दै आएका छन।

विभिन्न संघ संस्थामा आबद्ध अधिकारी माथि दुव्यवहार गर्ने उपर कारवाहीको माग गर्दै विभिन्न संगठनहरुले प्रेस विज्ञेप्ति जारी गरेका छन्।



This will close in 20 seconds