पोखरामा तोरीपानीबाट पुनःप्याराग्लाईडिङ गर्ने अन्तिम तयारी

-


     पोखरा क्लिक     
     असाेज २४ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा २४ ,असोज

दुरीका हिसावले केही टाडा र अभ्यस्त नएको स्थानमा स्थान्तरण भएको पोखराको प्याराग्लाईडिङलाई पहिलाकै अबस्थामा फर्काउन पहिलाकै स्थान पोखरा १८ स्थित तोरीपानी बाहकोटबाट पुनः साहसिक खेल प्याराग्लाईडिङ संचालन हुने भएको छ । पोखरा अन्तरास्ट्रिय विमानस्थल संचालन भएसंगै पहिलाको प्याराग्लाईडिङ गर्ने स्थान तोरीपानीको विकल्पमा हाल पोखरा २४ को मान्द्रेढुंगाबाट हुदै आएकोे प्याराग्लाईडिङ पहिलाकै ठाँउ तोरीपानीबाट हुने अन्तिम तयारी भएको नागरिक उड्डयन प्राधिकरण हवाई सुरक्षा प्रमुख राजु श्रेष्ठले शुधबार पोखरामा आयोजित एक कार्यक्रममा बताउनु भयो ।

नेपाल हवाई खेलकुद संस्था (ना) को २० ओै साधारणसभा तथा सम्मान कार्यक्रममा वोल्दै उहाँले पोखराको पहिचान पर्यटनको मुख्य आकषर्णको रुपमा रहेको प्याराग्लाइडिङ स्थान्तरणले असर परेको जनगुनासो आएसंगै प्राविधिक रुपमा पनि उक्त स्थानबाट उडान भर्न मिल्ने भएकोले पहिलाकै ठाँउबाट प्याराग्लाईडिङ सार्ने तयारी भएको बताउनु भएको हो । प्याराग्लाईडिङ गर्दा सुरक्षालाई पहिलो प्रथामिकता दिनु पर्ने नियम भित्र बसेर समस्या समाधानको लागि सहकार्य गर्ने प्रमुख श्रेष्ठले बताउनु भयो । पोखरा गुगलमा खोजी गर्दा पहिला ताल र हिमाल देखिने उल्लेख गर्दै उहाँले हाल प्याराग्लाईडिङ समेत देखिने बताउनु भयो । २० बर्षको प्रयासमा पोखरामा प्याराग्लाईडिङ व्यावसाय सफल भएको उहाँले बताउनु भयो । अब पोखराको प्याराग्लाईडिङ व्यवसायलाई बचाउने अभियानमा निजी क्षेत्रसंग सरकारले सहकार्य गर्ने उहाँले उल्लेख गर्नु भयो ।

पोखरा अन्तरास्ट्रिय विमानस्थल संचालन भएसंगै हवाई सुरक्षाको कारण देखाउदै नागरिक उड्डयन प्राधिकरणले पहिला देखि उडान हुँदै आएको स्थान सराङकोटको तोरी पानी हवाई सुरक्षाले स्थान्तरण गरेको थियो । व्यावसायी र ना को विशेष पहलमा हाल पोखरा २३ को मान्द्रेढुंगाबाट प्याराग्लाईडिङको उडान हुँदै आए पनि उक्त स्थानबाट प्याराग्लाईडिङ हुदाँ कमको संख्यामा पर्यटकले प्याराग्लाईडिङ गर्ने भएकोले पुनः पहिलाकै स्थान पोखरा १८ सराङकोटको तोरीपानी बाहकोटबाट उडान हुने तयारी भएको हो ।

DCIM100GOPROG0041616.

नाका अध्यक्ष सुनिल भट्टराईले उच्च प्राविधिको प्रयोग गरि हवाई सुरक्षाको प्रत्याभूती गराउने विश्वास व्यक्त गर्नु भयो । विश्वका विज्ञबाट परिक्षण गरि विधि प्रविधि अपनाउदै मान्द्रेढुंगाबाट उडान सुरू भएको बताउनु भयो । तोरीपानीबाट प्याराग्लाईडिङ गर्ने अनुमती प्राप्त भए पहिलाकै लयमा फर्किने उहाँले बताउनु भयो । सोलो पाईलट हाल अनुमती नदिएकोले गर्दा राजश्व गुमाएको, विदेशीसंग अनुभव साटसाट गर्न अवसरबाट प्याराग्लाईडिङ पाइलटहरु बन्चित हुने अध्यक्ष भट्टराईले गुनासो गर्नु भयो ।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा अन्तरास्ट्रिय विमानस्थल संचालनले प्याराग्लाईडिङ विस्थापित हुने शंका रहे पनि केही स्थान्तरणले गर्दा प्याराग्लाईडिङ खेलगतिविधिमा समस्या भएको दाबी गर्नु भयो । नेपाल पर्यटन बोर्ड प्रादेशिक कार्यालयका बरिस्ठ अधिकृत कुन्दन मिश्रले प्याराग्लाईडिङ गतिविधि र पूर्वाधार मर्मत संहारमा ३० लाख बजेट विनियोजन गरिएको बताउनु भयो ।
निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले पोखरा विश्वको पाँचौ उत्कृष्ट प्याराग्लाईडिङ भएको अबस्थामा पनि हाल समस्यामा रहेको बताउनु भयो । मान्द्रेढुंगाबाट हाल प्याराग्लाईडि गर्दा असहज भएको उहाँले गुनासो गर्नु भयो । क्यानले सास्ति दिएको उहाँको भनाई थियो ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले साहासिक खेल गतिविधि संचालनमा सुरक्षालाई प्रथामिकता दिन अनुरोध गर्नु भयो ।

पोखरा ६ का वडा अध्यक्ष बिष्णुबहादुर भट्टराईले प्याराग्लाईडिङ उडान गर्दा हाल १२ हजार रूपैया लिनुले यसको क्रेज घट्दो रूपमा रहेको बताउनु भयो । सोलो सहित तोरीपानी र सराङबोटबाट समेत उडान गर्ने वातावरण मिलाउन उहाँले आग्रह गर्नु भयो । नाका महासिचव खेमराज आचार्यले हाल ६२ वटा प्याराग्लाईडिङ कम्पनी रहेको उल्लेख गर्दै १० जना महिला सहित ३ सय ९९ जना प्याराग्लाईडिङ पाईलटहरू रहेको बताउनु भयो । पहिला दैनिक जसो ४÷५ सय हाल प्याराग्लाईडिङ गर्ने गरे पनि हाल १ सय जनाले मात्र प्याराग्लाईडिङ गर्ने गरेको उहाँले जनाउनु भयो । ६ हजार ५ सय रुपैयामा करिब १५ देखि २० मिनेटको प्याराग्लाईडिङ उडान गर्दा लाग्ने शुल्क हाल ठाँउ स्थान्तरण भएसंगै करिब दोब्बरले बृद्धि भई १२ हजार पुगेसंगै यसको आकषर्ण ह्वात्तै घटेको व्यवसायीहरु बताउनु हुन्छ । प्राविधिक हिसावले खर्चिलो भएकोले गर्दा हाल उक्त मुल्यमा बृद्धि भएको नाले जनाएको छ । यसैबिच, नागरिक उड्डयन प्राधिकरण हवाई सुरक्षा प्रमुख राजु श्रेष्ठलाई पोखराको विस्थापित हुन लागेको प्याराग्लाईडिङलाई व्यबस्थापन गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै नाले उक्त अवसरमा सम्मान गरेको थियो ।