दृष्टिविहिन शिक्षक पौडेलको आमरण अनसन तोडियो

-


     पोखरा क्लिक     
     असाेज १६ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा १६, असोज

पोखराकी एक दृष्टिविहिन शिक्षक शोभा पौडेलले आमरण अनसन तोड्नु भएको छ । आफ्नो माग पूरा हुने आश्वासन पाए संगै शिक्षा विकास तथा समन्वय इकाइ कास्की र शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशको परिषरमा तीन दीन देखि बसेको आमरण अनसनरत मंगलबार साँझ तोडेको निमावि तह तृतीय श्रेणी नेपाली विषयका शिक्षक शोभा पौडेलले बताउनु भयो ।

शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले शिक्षक पौडेलको माग पूरा गराउदै बताउदै जुस खुवायर आमरण अनसन तोड्न लगाउनु भएको हो । शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका नि.मा.निर्देशक अम्बिका प्रसाद आचार्य, शिक्षा महाशाखा पोखरा महानगरका निर्देशक हेम प्रसाद आचार्य, शिक्षक महासंघ कास्कीका अध्यक्ष बोधराज पौडेल लगायतका विभिन्न संघ संस्ंथाको हस्ताक्षर सहितको उपस्थितमिा उक्त आमरण अनसन तोडिएको पौडेलका श्रीमान श्रीकान्त सापकोटाले बताउनु भयो ।

शिक्षक पौडेलको जीवन रक्षा गर्नको लागि विभिन्न पटक छलफल र प्रयास गरिरहेको अवस्थामा हाल कास्की जिल्ला स्थित श्री ध्रुव मा वि मादी–४ तारकाङमा रिक्त रहेको निम्न माध्यामिक तहको नेपाली विषयको दरवन्दीमा निजलाई सरुवा भै आउन सहमति प्रदान गर्ने त्यस पछि सरुवा प्रकृया मिलायर पोखरा आए पछि यहाँ व्यबस्थापन गर्ने सहमति भए अनुसार उहाँले आमरण अनसन तोड्नु भएको हो । शिक्षक खटिएको विद्यालयमा हाजिर भई सहमति लिई आए पश्चात छिटो साधनद्वारा शिक्षा तथा मानवस्रोत विकास केन्द्र भक्तपुरबाट नियमानुसार जिल्लान्तर सरुवाका लागि अनुमती लिई यसलाइ नजिरको रूपमा कायम नहुने गरी शिक्षा विकास तथा समन्वय इकाई कास्कीबार सरुवा गर्ने बिषययमा सहमती सहित हस्ताक्षर भए पछि आमरण अनसन तोडिएको शिक्षक शोभाले बताउनु भयो ।

शिक्षा विकास तथा समन्वय इकाइ कास्की, पोखरा महानगर– पालिका शिक्षा महाशाखा, मादी गाउँपालिका नेपाल शिक्षक महासंघ कास्की शिक्षकका पेशागत संघ संगठनका कास्कीका नेतृत्व लगायत सम्पूर्ण सरोकारवालाहरुको सहयोग र समन्वयमा शिक्षक सेवा आयोगको २०७९÷२०८० को निम्न माध्यामि तहको पदस्थापना गर्नु अगावै शिक्षा विकास निर्देशनालयसंग समन्वय गरी शिक्षा विकास तथा समन्वय इकाइ कास्की र पोखरा महानगरपालिका शिक्षा महाशाखाले पोखरा महानगर पालिका भित्रका विद्यालयमा सरुवा गरी ल्याउने सहमती भएको पौडेलका श्रीमान श्रीकान्त सापकोटाले एटुजेडलाई बताउनु भयो । अझै पनि आफुहरुले शतप्रतिशत विश्वास गर्ने अबस्था नरहेको बताउदै सापकोटाले यसमा अब सबैले साथ र सहयोग आवश्यक भएको बताउनु भयो ।

शिक्षक सेवा आयोगद्वारा निम्न माध्यमिक तह तृतीय श्रेणीको नेपाली विषय शिक्षकमा सिफारिस भई लमजुङ जिल्ला स्थित दोर्दी गाउपालिकाको बालकल्याण मावि दोर्दी ७ मा पदस्थापना हुनु भएको शिक्षक पौडेललाई उक्त विद्यालयले हाजिर गराए पश्चात् भौगोलिक विकटताको कारण आफुलाई पायक पर्ने स्थानमा स्थान्तरण गर्नको लागि माग गर्दै शोभाले आइतबार देखि आमरण अनसनमा बस्नु भएको थियो ।

पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पौडेलले आइतबार विहानः ९ः३० बजे देखि गण्डकी प्रदेश शिक्षा बिकास निर्देशनालय तथा शिक्षा बिकाश समन्यय एकाई कास्कीको परिसरमा आमरण अनसनमा बस्नु भएको थियो ।