पर्यटन

तपाईहरु ढुक्क हुनुहोस २०२७ मा विश्व कपका केही खेल पोखरामा हुन्छःमन्त्री—चौधरी

दीननाथ बराल, पोखरा १९, मंसिर, नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सन् २०२७ मा विश्व कप क्रिकेटका केही खेल पोखरामा हुने दाबी गर्नु भएको छ । सन् २०२७ मा यू–१९ महिना वल्र्ड कप क्रिकेट प्रतियोगिता नेपाल र बंगलादेशमा हुने भए पनि केही खेलको लागि पोखरामा संचालनको लागि पोखरा क्रिकेट मैदानमा आवश्यक भौतिक संरचना निर्माण गर्न सरकार तयार रहेको बताउदै केही खेल पोखरामा हुने उहाँले दाबी गर्नु भएको हो । https://www.youtube.com/watch?v=ZU1jqyf37Hc बुधबार पोखराका पत्रकारसंग कुराकानी गर्दै मन्त्री चौधरीले अब… पुरा पढौ

२६ औं पोखरा सडक महोत्सवको तयारी शुरु ः

१९ मंसिर,पोखरा, ‘सडकमै खाउँ,सडकमै रमाउँ, सडकमै नाचौँ¨ भन्ने मूल नाराका साथ पोखरा सडक महोत्सवको आयोजना गर्दै आएको रेवान पोखरा यतिबेला २६ औँ संस्करणको पोखरा सडक महोत्सव गर्ने तयारीमा जुटेको छ । यसपटकको सडक महोत्सव सफल पार्न आयोजकले आफ्नै संस्थामा आबद्ध रेस्टुरेन्टका सञ्चालकहरूसँग सल्लाह सुझाव लिँदै महोत्सवको तयारी थालनी गरेको छ । रेवान पोखराले बुधबार संस्थामा आबद्ध सदस्य तथा पोखरा सडक महोत्सवका मुख्य प्रायोजक, सह प्रायोजक एवं सहयोगीहरूसँग अन्तरक्रियात्मक छलफल सम्पन्न गरेको हो । छलफलमा सहभागीहरूले पोखरा सडक महोत्सव नेपालकै एक… पुरा पढौ

पुष १८ गते सुरु हुने लेखनाथ महोत्सवको मुख्य प्रायोजकमा राष्ट्रिय बाणिज्य बैंक

दीननाथ बराल, पोखरा, १७ मंसिर, आउँदो पुष १८ गते सुरु हुने लेखनाथ महोत्सवको मुख्य प्रायोजकमा राष्ट्रिय बाणिज्य बैंक रहेको छ । उक्त महोत्सवलाई सफल पार्न बैंकले आफ्नो सामाजिक उत्तरदाहित्व अन्र्तगत केही समय अघि आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघसंग सम्झौता गरेको हो । पोखरा २७ को तालचोकमा आउँदो माघ १ गतेसम्म संचालन हुने २० औँ संस्करणको लेखनाथ महोत्सव २०८१ मा करिब ३ सय ३६ वटा स्टलहरु रहने भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । १९ बर्ष… पुरा पढौ

तेह्रौं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजकमा बेटर

पोखरा १७, मंसिर, रबि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.को उत्पादन बेटरले तेह्रौं संस्करणको पोखरा महोत्सवमा मुख्य प्रायोजकको भुमिकामा रहेर साथ दिने भएको छ । युनाईटेड क्लब पोखराको आयोनजामा आगामी पुषको २५ देखी माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना गर्ने तेह्रौं संस्करणकोे पोखरा महोत्सवलाई बेटरले मुख्य प्रायोजकको रुपमा रहेर साथ दिने भएको हो । पोखराको नयाँबजारमा कर्पोरेट अफिस रहेको रबि एण्ड सन्नी इन्डष्टीज प्रा.लि.का डाइरेक्टर सन्नी रौनियार र महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले महोत्सवको मुख्य प्रायोजकको सम्झौता… पुरा पढौ

पोखरा आइटिएफ वल्र्ड टेनिस टुर जे३० प्रतियोगिता सुरू,पोखरामा खेल पर्यटनको अथाह सम्भावना छः मेयर आचार्य

पोखरा १७, मंसिर, कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबार देखि आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ सुरू भएको छ । प्रतियोगिताको पहिलो दिन पहिलो सर्किटमा ३५ खेल सम्पन्न भएको संघले जनाएको छ । प्रतियोगिताका विश्व नं १ बरियता जापनका रिकु हागासीले भारतका रौनक कश्यपलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरेका छन् । गत वर्ष समेत नेपाल आएका रिकुले आफ्नो लयमा खेल खेल्दै आफ्नो पहिलो खेल जिते । त्यसै ब्वाइजतर्फ नै नेपाली खेलाडी सक्षम विक्रम शाहले भारतिय… पुरा पढौ

पोखरा आइटिएफ जे ३० प्रतियोगिता सोमबारदेखि सुरू हुँदै, १० देशका १०५ खेलाडी पहिलो सर्किटमा सहभागि हुदै

पोखरा १६, मंसिर, कास्की जिल्ला टेनिस संघको आयोजनामा भोली (सोमबार) देखि आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ सुरू हुने भएको छ । यही मंसिर २९ गतेसम्म पोखरा रंगशालाको टेनिस कोर्टहरुमा संचालन हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । पहिलो सर्किटमा १० देशका १०५ जना खेलाडीहरु सहभागि हुने भएको प्रतियोगिताका प्रचार प्रसार संयोजक प्रिती बरालले बताइन् । प्रतियोगितामा सहभागि देशहरुमा नेपाल सहित जापान, भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान,… पुरा पढौ

माया तिमीमा उदाए रोहनजंग कार्की

गायक रोहनजंग कार्कीले आफ्नो तेस्रो गीत ‘माया तिमी’ सार्वजनिक गरेका छन् ।उक्त गीतको म्यूजिक भिडियो रोहनजंग कार्कीको युट्युब च्यानलबाट शनिवार एक समारोहबीच सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पोखरा प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकालले उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । पद्मराज ढकालले रोहन आफ्ना विद्यार्थीसमेत भएको बताउँदै उनको गीतसंगीतप्रतिको लगावको उपज तेस्रो गीत सार्वजनिक भएको बताए । उनले सुनसुकै क्षेत्रमा पर्याप्त साधनालले मात्र पूर्णता प्राप्त गर्ने भएकाले निरन्तर साधनामा लाग्न सुझावसमेत दिए ।प्राध्यापक कुञ्जराज थापाले विगतका दिनमा… पुरा पढौ

भारतबाट पोखरामा पहिलो चार्टर्ड उडान

दीननाथ बराल,पोखरा १३, मंसिर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज मित्र राष्ट्र भारतबाट पहिलो चार्टर्ड उडान भएको छ । भारतको दिल्लीबाट पोखराको लागि विहिबार साँझ ५ः५० बजे जेल एयरको सानो जहाज पोखरामा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी जसुधा सुवेदीले बताउनु भयो । क्रु सहित ४ जना यात्रु लिएर आएको बिमान भोलि दिउँसो ४ः४० बजे बंगलादेशका लागि उडान हुने भएको उहाँले जनाउनु भयो । ३५ हजार तौल भएको पाइभेट सिंगल इन्जिन जेट बिमान भाराट पोखरामा पहिलो पटक आएको हो ।पोखरा विमानस्थल संचालन… पुरा पढौ

पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग, एयरपोर्टमा प्राविधिक समस्या छैन ः प्राधिकरण

पोखरा,१३ मंसिर नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न कुनै समस्या नभएको बताएका छन् । पोखराको नयाँ विमानस्थल साना विमान ९न्यारो बडी०को उडान–अतवरण हुने खालेको भएको बताउँदै उनीहरुले ठूला ९वाइड बडी० जहाज भने यहाँ नआउने पनि प्रष्ट पारे । बोइङ ७३७ र एयरबस ३२० जस्ता न्यारो बडी विमानमा सामान्यतयाः १८० सिट हुन्छ । उद्घाटन भएको लामो समयसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान नभएपछि त्यसको कारण खोज्न तथा उडान सुनिश्चितताका लागि पोखरा उद्योग वाणिज्य संघले बिहीबार आयोजना गरेको अन्तक्र्रिया… पुरा पढौ

पोखरामा भारतबाट पहिलो चार्टर्ड उडान

दीननाथ बरालपोखरा १३, मंसिर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा छिमेकी मुलुक भारतबाट पहिलो चार्टर्ड उडान हुने भएको छ । भारतको दिल्लीबाट पोखराको लागि आज साँझ ६ः०० बजे जेल एयरको सानो जहाज पोखरामा आउने भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी जशोदा सुवेदीले बताउनु भयो । केही यात्रु लिएर आउने बिमान भोलि बिहान पोखराबाट बंगालादेशका लागि उडाने भएको उहाँले जनाउनु भयो । ३५ हजार तौल भएको पाइभेट सिंगल इन्जिन जेट बिमान भारतबाट पोखरामा पहिलो पटक आउने भएको हो । उक्त विमानमा कति जना सवार… पुरा पढौ