खेलकुद

हिसान गण्डकी फुटसल कास्की छनौटमा गुरुकुल विद्या सदन च्याम्पियन

पोखरा, १८ माघ, उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट गुरुकुल विद्यासदन च्याम्पियन भएको छ । गुरुकुल विद्यासदनले हिसान गण्डकीको दोस्रो सस्करणका च्याम्पियन त्रिवेणी पब्लिक सेकेन्डरी स्कुल लेखनाथलाई १–० गोल अन्तरले हरायो । विद्यासदनलाई च्याम्पियन बनाउन सुमित मल्लले गोल गरे । त्रिवेणीले मदरल्याण्ड सेकेण्डरी स्कुललाई १–० र गुरुकुलले कास्की मोडनाइज स्कुललाई टाइब्रेकरमा ८–७ गोल अन्तरले हराउदै फाइनल प्रबेश गरेका थिए । तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताका लागि… पुरा पढौ

अन्तर्राष्ट्रिय भेट्रान्स फुटबलमा जोरपाटी र गार्डेन एफसी, ब्रदरहुड र झम्सी सेमिफाइनलमा भिड्ने

पोखरा, १८ माघ, ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा जारी प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फ सेमिफाइनल समिकरण पुरा भएको छ । बगर भाइखलकको आयोजनामा जारी १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा गार्डेन एफसी, झम्सीखेल, जोरपाटी काठमाडौं र ब्रदरहुड काठमाडौं अन्तिम चारमा प्रवेश गर्दै सेमिफाइनल समिकरण पुरा भएको हो । गार्डेन एफसी र झम्सीखेल बिहीबार नै सेमिफाइनलमा प्रवेश गरेका थिए भने, जोरपाटी र ब्रदरहुड आज भएको क्वाटरफाइनलखेलबाट विजयी बन्दै अन्तिम चारमा… पुरा पढौ

टाइगर कप भलिबलः भारतको सुनिल क्लबलाई हराउँदै गण्डकी दोस्रो क्वालिफायरमा प्रवेश

पोखरा, एलिमिनेटरमा भारतको सुनिल भलिबल क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा सुनिल क्लबलाई ३–१ ले पराजित गर्दै गण्डकीले दोस्रो क्वालिफायरको यात्रा तय गरेको हो । पहिलो सेट गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन जित निकाल्दै दोस्रो क्वालिफायरमा आफ्नो स्थान सुरक्षित ग¥यो । गण्डकीले पहिलो सेट ३१–३३ ले गुमाएको थियो । गण्डकीले १६–११ को अग्रतालाई जोगाउन नसक्दा… पुरा पढौ

आर्मीलाई हराउँदै पुलिस टाइगर कपको फाइलनमा प्रवेश

पोखरा, त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइलनमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा आर्मीलाई ३–२ ले पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २२–२५ ले आर्मीलाई सुम्पिएको थियो । तेस्रो सेट २५–२२ ले जितेको पुलिसले पुनः चौथो सेट २३–२५ ले हार बेहोरेको थियो । तर, पाँचौ सेटमा उत्कृष्ट प्रदर्शन गर्दै… पुरा पढौ

आयोजक टोलीलाई हराउँदै एपिएफ टाइगर कपको फाइलनमा प्रवेश

पोखरा, आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बल एपिएफ पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार बिहान भएको खेलमा आयोजक टोलीलाई ३–१ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन एपिएफ फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको एपिएफले दोस्रो सेट २१–२५ ले टाइगर ग्रुपलाई सुम्पिएको थियो । तेस्रो सेट २५–१९ र चौथो २६–२४ ले जित निकाल्दै एपिएफले फाइलन यात्रा तय गरेको हो ।… पुरा पढौ

टाइगर कप भलिबलः भोलि पहिलो क्वालिफायर र एलिमिनेटरका खेल हुने

पोखरा १७, माघ, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको भोलि पहिलो क्वालिफायर र एलिमिनेटरका खेल हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी उक्त प्रतियोगिताको सातौं दिन भोलि पुरुष र महिलातर्फ पहिलो क्वालिफायर र पुरुषतर्फ एलिमिनेटरको खेल हुने तालिका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने पहिलो खेल महिलातर्फको हुनेछ । महिलातर्फ पहिलो क्वालिफायरमा आयोजक टाइगर ग्रुप र सशस्त्र प्रहरी बल एपिएफबिच प्रतिष्पर्धा हुनेछ । एपिएफ अपराजित टोली हो भने आयोजक टोली एपिएफसँग पराजित… पुरा पढौ

व्यापार मेला शनिबारसम्म आज राजस्थानको लोकनृत्य

पोखरा, १७ माघ, पोखराको नयाँबजारमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला शनिबारसम्म चल्ने भएको छ ।आइटी महोत्सवसहित १२ औं क्यान इन्फोटेक तथा चौथो मोवाइल मेलासमेत समाहित गरिएको मेलामा अवलोकनकर्ताको चासो बढेपछि मेलाई शनिबारसम्म निरन्तरता दिइने निर्णय भएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बताए । मेला माघ १० गतेदेखि सुरु भएको थियो । मेला समापनतर्फ अगाडि बढ्दा स्टलहरुबाट उत्साहजनक कारोबार भएको महोत्सवका स्टल व्यवस्थापन उपसमिति संयोजक टीकाराम सुवेदी ’माधव’ले जानकारी दिए । महोत्सवमा मोवाइल, कम्प्युटर,… पुरा पढौ

अन्तर्राष्ट्रिय भेट्रान्स फुटबलः गार्डेन र झम्सीखेल सेमिफाइनलमा प्रवेश

पोखरा, १७ माघ, ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा जारी प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फ गार्डेन एफसी र झम्सीखेल सेमिफाइनलमा प्रवेश गरेको छ । बगर भाइखलकको आयोजनामा जारी १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा फ्रिडम फाइटर काठमाडौंलाई पेनाल्टी सुटआउटमा ७–६ गोल अन्तरले पराजित गर्दै गार्डेन सेमिफाइनलमा प्रवेश गरेको हो । उक्त खेलबाट गार्डेनका सन्तोष कार्की म्यान अफ द म्याच घोषित भए । यस्तै दोस्रो क्वाटरफाइनल खेलमा बगर… पुरा पढौ

हिसान गण्डकी फुटसलमा ८ विद्यालय छनौट

पोखरा, १६ माघ, उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट खेलमा ८ टिम छनौट भएका छन् । छनौट हुनेमा टप्स इङलिस बोडिङ स्कुल, मदरल्याण्ड सेकेन्डरी स्कुल, त्रिवेणी पब्लिक सेकेन्डरी स्कुल, डाइमन्ड सेकेन्डरी स्कुल, गुरुकुल विद्यासदन, जुनियर सिटिजन एकेडेमी, पोखरा युनाइटेड एकेडेमी र कास्की मोडनाइज एकेडेमी छनौट भएका छन् । बाँकी दुई टोलीको छनौट हारेका ८ टिम निधारण हुनेछ । बिहीबार हार्ने टोलीबाट चार खेल सम्पन्न भएका छन् । अब… पुरा पढौ

टाइगर कप भलिबलः हेल्प नेपाललाई हराउँदै गण्डकी एलिमिनेटरमा प्रवेश

पोखरा १७, माघ, टिपटप हेल्प नेपाल स्पोटर््स क्लबलाई हराउँदै गण्डकी प्रदेश पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ एलिमिनेटरमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा हेल्प नेपाललाई ३–१ सेटले पराजित गर्दै गण्डकी एलिमिनेटरमा प्रवेश गरेको हो । पहिलो सेट २१–२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै जित हासिल ग¥यो । गण्डकीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२२ र चौथो सेट २६–२४ ले आफ्नो पक्षमा पा¥यो । यो… पुरा पढौ