खेलकुद

१२ हजारको प्याकेज पोखरामा फेरी ३ हजार मै प्याराग्लाइडिङ गर्न पाइने

पोखराको सहासिक खेल प्याराग्लाइडिङ गर्दा १२ हजारको प्याकेज अब ३ हजारमै गर्न सकिने भएको छ । केही दिन अघि १२ हजारको प्याकेजमा २५ प्रतिशत छुट सहित ९ हजारमा उडान सुरु भएको प्याराग्लाईडिङ व्यवसाय अझ राम्रो फष्टाउन नसकेको भन्दै केही कम्पनीहरुले ३ हजारसम्ममा पनि प्याराग्लाईडिङ गराउने गरेका छन्। पोखरामा हिजोआज विदेशी भन्दा स्वदेशी पर्यटकहरु बढी भएकाले गर्दा केही प्याराग्लाईडिङ कम्पनीहरुले ह्वात्तै मुल्यमा घटाई न्यूनतम शुल्क १२ हजारको प्याकेज ३ हजारमा उडान गर्न थालेको व्यवसायीहरुले पोखराक्लिकलाई बताउनु हुन्छ । एक थरी व्यवसायीहरुले… पुरा पढौ

बाह्रौ पोखरा महोत्सवमा सुरक्षा ब्यवस्था कडा पारिने

पोखरा २३, पुष आगामी पुषको २६ देखि माघकोे ८ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने बाह्रौ संस्करणको पोखरा महोत्सवमा सुरक्षा ब्यवस्था कडा बनाईने भएको छ । महोत्सवमा नेपाल प्रहरी, सशस्त्र, प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्ड, स्वयंसेवक र सिसि क्यामेराको माध्यमबाट सुरक्षा प्रदान गरिने भएको हो । महोत्सव आयोजक यूनाइटेड क्लब र सुरक्षा निकायहरुबीचको बैठकमा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पोखरा महोत्सवको सुरक्षामा कुनैपनि कमजोरी हुन नदिने वताए । यूनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काममा अग्रसर… पुरा पढौ

प्रदेश ह्याण्डबल संघ तदर्थ समितिको अध्यक्षमा पाठक

पोखरा २३, पुष गण्डकी प्रदेश ह्याण्डबल संघ तदर्थ समितिको अध्यक्षमा केशव पाठक सर्वसम्मत चयन भएका छन् ।प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न भेलाले अध्यक्षमा पाठकसहित १५ सदस्यि कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा गिरमान गुरुङ, महिला उपाध्यक्षमा शान्ती थापा बैद्य, महासचिवमा राजेन्द्र पहाडी, सचिवमा विशाल क्षेत्री, कोषाध्यक्षमा बिना गोतामे चयन भएका छन् । त्यसै गरी कार्यसमिति सदस्यमा प्रदिप बगाले ९स्याङजा०, पार्वती विक ९नवलपुर०, अधिप पाण्डे ९तनहुँ०, मोहन गुरुङ ९कास्की०, तिलक बहादुर अधिकारी ९कास्की०, कृष्ण सिंह बस्नेत ९ गोरखा०… पुरा पढौ

पोखरा कलेज अफ म्यानेजमेन्टमा वार्षिक खेलकुद

पोखरा २३, पुष पोखरा नदिपुर स्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।आधा दर्जन खेलहरुमा कलेजमा अध्ययनरत विभिन्न संकायका विद्यार्थीहरुले सहभागिता जनाए । भलिबल, ब्याडमिन्टन, चेस, पब्जी, बास्केटबल, फुटसल र टग अफ वार खेल खेलाइएको थियो । भलिबल छात्रतर्फ बीसीआईएस सातौं सेमेस्टर विजेता बन्दा बीसीआईएसकै प्रथम सेमेस्टर उपविजेतामा चित्त बुझायो । भिक्टर लामिछाने सर्वोत्कृष्ट खेलाडी बने भने राजेन्द्र खड्का बेस्ट स्पाइकर चुनिए । भलिबल खेल छात्रातर्फ बीबीए पाँचौ सेमेस्टर दिवाकालीन सत्रको टोली प्रथम भयो… पुरा पढौ

परिषद गण्डकीद्वारा प्रशिक्षक, रेफ्रि र खेलाडीको बिमा गर्ने

पोखरा २३, पुष प्रदेश खेलकुद परिषद गण्डकीले प्रशिक्षक, रेफ्रि र खेलाडीको बिमा गर्ने तयारी गरेको छ । परिषदको आह्वानमा सुचिकृत भएका ११ वटै जिल्लाका ५ सय ९४ जना प्रशिक्षक र रेफ्रिहरुको आकस्मिक विमा पहिलो चरणमा गर्ने तत्पश्चात खेलाडीहरुको बिमा प्रकृया अघि बढाउने भएको परिषदका सदस्य सचिव श्रीधर शर्माले बताउनु भयो । परिषदको सोमबार बसेको कार्यकारी समितिको बैठकले खेलाडीहरुको समेत आकस्मिक विमा र छात्रवृतिको व्यवस्था गर्ने प्रस्ताव अघि बढाउको उहाँले जनाउनु भयो । प्रदेश खेलकुद परिषद गण्डकीको कार्यकारी समितिले प्रशिक्षक, रेफ्रि… पुरा पढौ

गण्डकी प्रदेश बक्सिङ संघ तदर्थ समितिको संयोजकमा मर्सानी र सहसंयोजकमा क्षेत्री

गण्डकी प्रदेश बक्सिङ संघ तदर्थ समितिको संयोजकमा विद्या प्रसाद मर्सानी र सह–संयोजकमा खगेन्द्र क्षेत्री सर्वसम्मत चयन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न भेलाले अध्यक्षमा मर्सानी र सहसंयोजमा क्षेत्री सहित ९ सदस्यि तदर्थ समिति निर्विरोध चयन गरेको हो । संयोजकमा चयन भएका मर्सानी बक्सिङका पूर्व मुख्य प्रशिक्षक समेत हुन् । उनी राखेप अन्तर्गत तत्कालिन पश्चिमाञ्चाल क्षेत्रिय खेलकुदमा प्रशिक्षण विभाग प्रमुख समेत रहेका थिए । सह–सयोजक क्षेत्री परिषदका सदस्य हुन् भने उनी विभिन्न खेलकुदमा योगदान दिएका जुझारु युवा हुन्… पुरा पढौ

पोखरा रंगशालाको फुटवल मैदानको दुवो मर्दै जादा कसैको चासो र चिन्त्ता छैन् !

दीननाथ बरालपोखरा २२, पुष पोखरा रंगशालाको फुटवल मैदानको दुवो मर्दै जादा कसैको चासो र चिन्क्ता भएको देखिदैन् । पोखरा रंगशाला भित्रको सबै भन्दा बढी लगानी र आम्दानी हुने श्रोतको रुपमा रहेको उक्त फुटवल मैदान संरक्षणमा भने सरोकारवाला निकायले विभिन्न वहाना बाजी गर्दै तर्कीनु भएको छ । अहिले हिउँदाको समय भएकोले नियमित कम्तिमा पनि हप्ता दिनमा पानी हाल्नु पर्नेमा यो वा त्यो वहानामा फुटवल मैदानको दुबो मर्दै जादा यस बिषयमा कसैले चासो र चिन्क्ता गरेको पाइएको छैन्। सरोकारवाला निकायका जिम्मेवार पदाधिकारीहरु… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकामा भलिबल प्रतियोगिता, २० टिम सहभागि हुने

पोखरा २२, पुष कास्कीको माछापुच्छ्रे«्रे गाउँपालिकामा यही पुषको २६ गतेदेखि सुरु हुने दोस्रो संस्करणको माछापुच्छ्रे« गाउँपालिका अध्यक्षकप गण्डकी प्रदेश स्तरीय अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा करिब २० टिमको सहभागिता हुने भएको छ । कास्कीको माछापुच्छ्रे«्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ्रे« गाउँपालिका वडा नम्बर ३ घाचोकमा हुने उक्त प्रतियोगितामा प्रायः प्रदेशका पालिकाहरुको सहभागिता हुने भएको समितिले जनाएको छ । उक्त प्रतियोगितामा कास्कीका माछापुच्छ्रे«्रे गाउँपालिका सहित रुपा, मादी, अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिकाको सहभागिता हुने भएको छ भने त्यसै गरी… पुरा पढौ

पिएम कप क्रिकेट छनौटमा नवलपुर माथि तनहुँको जित

तनहुँका सन्दिप पराजुलीको रेकर्ड ब्रेक पोखरा २२, पुष पोखरा रंगशालामा जारी गण्डकी प्रदेश स्तरिय पिएम कप क्रिकेट छनौट अन्र्तगत आइतबार भएको खेलमा तनहुँले जित हासिल गरेको छ । आइतबारको खेलमा तनहुँले नवलपुरलाई १० रनको झिनो अन्तरले पराजित गरेको हो । पहिला टस जितेर व्याटिङमा उत्र्रिएको तनहुँले निर्धारित ५० ओभरको खेलमा २४.१ ओमरमै अलआउट हुदै १ सय १० रनको योगफल तयार पार्यो । १ सय ११ झिनो रनको लक्ष्य पाएको नवलपुरले उत्कृष्ट खेल प्रर्दशन गर्न नसक्दा १० रनको झिनो अन्तरले हार… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप फागुन १० गतेबाट

पोखरा २२, पुष गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता फागुन १० देखि १२ गते सम्म हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव एवं उक्त प्रतियोगिता समन्वय समितिका संयोजक श्रीधर शर्माको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । यस अघि गत कार्तिक १५ गतेको बैठकले प्रतियोगिता यहि पौष २६ देखि २८ गते सम्म गर्ने निर्णय गरेको थियो । प्राविधिक कारणले केही जिल्लास्तरीय प्रतियोगिताहरु पूर्व निर्धारित समयमा हुन नसकेका कारण प्रतियोगिता आयोजनाको मिति सारीएको सदस्य सचिव… पुरा पढौ