खेलकुद

काली गण्डकीमा दोश्रो दिन र्‍याफटिङका दुई स्पर्धा सम्पन्न

पोखरा २९, माघ गण्डकी प्रदेशलाई सहाशीक खेलकुदको गन्तब्य बनाउने उद्धेश्यका साथ पहिलो पटक पर्वत र बागलुङको संगम मालढुङ्गास्थित काली गण्डकीमा नेशनल र्‍याफटिङ च्याम्पियनसिप प्रतियोगिता दोश्रो दिन पनि जारी रहेका छन् । प्रतियोगिताको अन्तर्गत दोश्रो दिन मेन्स स्प्रिन्ट टिम इभेन्ट र मेन्स स्प्रिन्ट हेड टु हेड गरी दुई वटा इभेन्ट सम्पन्न भएको परिषदका सदस्य एवं सहाशीक खेलकुदका संयोजक बसन्तराज दवाडीले जानकारी दिएका हुन् । प्रतियोगितामा मेन्स स्प्रिन्ट टिम इभेन्टमा प्याडल नेपाल ‘ए’ टिमले जित हासिल गरेको छ भने गण्डकी प्रदेश टिम… पुरा पढौ

नासिर र गौरिकाद्वारा किर्तिमान भङ्ग

पोखरा २९, माघनासिर याहा हुसेन र गौरिका सिंहले मित्र राष्ट्र कतारको दोहामा जारी बिश्व एक्वाटिक्स च्याम्पियनसिपमा पुरानो किर्तिमान भंग गरेका छन् । नासिरले २०० मिटर फ्रिस्टायलमा अर्को किर्तिमान बनाएका हुन् । नासिरले जापानको फुकुवाका सहरमा आयोजना भएको बिश्व एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा कायम गरेको १ मिनट ५७।२६ सेकेन्डको समयमा ०।८७ सेकेन्ड समय सुधार गर्दै १ मिनट ५६।३९ सेकेन्ड समयको नयाँ किर्तिमान काय गरेको दोहाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक रत्न बज्राचार्यले जानकारी गराएका छन् । नासिरले हिजो आईतबार भएको ४००… पुरा पढौ

फोटो पत्रकार रञ्जितलाई पल्सर स्पोर्ट्स अवार्डमा स्पेशल अवार्ड प्रदान

पोखरा २८, माघ पोखराका अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितलाई पल्सर स्पोर्ट्स अवार्डमा स्पेशल अवार्ड प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका सदस्य रन्जितलाई नेपाल खेलकुद पत्रकार मञ्च काठमाण्डौंले आइतबार काठमाण्डौंमा आयोजित २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको अवसरमा उक्त अवार्ड प्रदान गरेको हो । नेपाली खेलकुद देखि विभिन्न समसामहिक बिषयमा फोटो पत्रकारिता गर्दै आएका रन्जितले पोखरामा हुने धेरै खेलकुद गतिविधि देखि पोखरा स्पोट्र्स अवार्डलाई सफल पार्न समेत निसवार्थ भावले लाग्दै आएका छन्। नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह र… पुरा पढौ

पोखरा म्याराथनमा सडक सुरक्षालाई प्राथमिकता दिने कास्की प्रजिअ घिमिरेको प्रतिवद्धता

पोखरा २८, माघ १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सडक सुरक्षाका लागि सुरक्षा निकायसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा आगामी फागुन ५ गते हुने म्याराथनको समयमा हुन सक्ने ट्राफिक व्यवस्थापन सँगै धावकका लागि सडक सुरक्षाको विषयमा आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीमा छलफल भएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा धावक तथा खेलाडीहरुको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै पहिलो पटक यस्तो छलफल सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख प्रमुख जिल्ला अधिकारी… पुरा पढौ

पर्वत र बागलुङको संगम मालढुङ्गास्थित काली गण्डकीमा सुरु भयो सहाशिक खेलकुद गतिविधि

पोखरा २८, माघ गण्डकी प्रदेशलाई सहाशिक खेलकुदको गन्तब्य बनाउने उद्धेश्यका साथ पहिलो पटक पर्वत र बागलुङको संगम मालढुङ्गास्थित काली गण्डकीमा नेशनल ¥याफटिङ च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा चार दिन सम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन राष्ट्रिय कायाक सालोलम प्रतियोगिता सुरु भएको परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिएका हुन् । आइतबार सम्पन्न राष्ट्रिय कायाक सालोलम प्रतियोगितामा तनहुँका प्रमोद गुरुङले आफ्ना दुई हिटमा कुल ८६ं।६१ मिनेटको समय लिदैं पहिलो हुन सफल भएका छन् । प्रतियोगितामा… पुरा पढौ

पोखरामा सुरु भएको मनमोहन मेमोरियल राष्ट्रिय यू–१६ क्रिकेट प्रतियोगितामा गण्डकीको विजयी सुरुवात

सागर सुनारपोखरा २८, माघ पोखरामा आइतबार देखि सुरु भएको मनमोहन मेमोरियल राष्ट्रिय १६ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू–१६) क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको नाउँमा स्थापना गरिएको मनमोहन मेमोरियल (एमएम) कप राष्ट्रिय यू–१६ पुरुष क्रिकेट प्रतियोगिता अन्र्तगत आइतबार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टिम गण्डकीले गर्णाली प्रदेशलाई सुपर टाईमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । २५÷२५ ओभरको खेलमा गण्डकीले २३.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय २० रन जोड्न सफल हुदा… पुरा पढौ

इटहरीका आयुष गौतमले जित्नुभयो खुल्ला नेपाल स्नोकर प्रतियोगिताको उपाधि, काठमाडौंका वाङचु तामाङले गर्नुभयो हायस्ट ब्रेकको रेकर्ड

पोखरा २८, माघ इटहरीका आयुष गौतमले खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० को उपाधि जित्नु भएको छ । पोखराको ड्यामसाइड स्थित फाइनल स्कोर स्पोर्टस बारमा आइतबार सम्पन्न भएको फाइनल खेलमा गौतमले काठमाण्डौंका वाङचु तामाङलाई ७—५ को सेटमा पराजित गर्दै उपाधि हात पार्न सफल हुनु भएको हो । तष्विर दीननाथ बराल गौतमले उपाधि सहित १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्दा उपविजेता हुनु भएको तामाङले भने ७० हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नु भयो । उक्त प्रतियोगितामा नयाँ… पुरा पढौ

जोरपाटी र संगमलाई एट ए साइड भेट्रान फुटबलको उपाधि

पोखरा २७, माघ बगर भाइ खेलकको आयोजना जारी एट ए साइड भेट्रान फुटबल प्रतियोगितामा जोरपाटी भेट्रान काठमाडौं र संगम भेट्रान पोखराले उपाधि चुमेका छन् । पोखरा टुडिखेल खेल मैदानमा जारी तेह्रौं बगर भाइखलक तथा तेस्रो हिमालय ब्रुअरी एट ए साइड भेट्रान फुटबल प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहमा जोरपाटी र ५० वर्ष उमेर समुहमा संगम क्लब च्याम्पियन बनेको हो । शनिबार सम्पन्न ५० वर्षमाथिको फाइनल खेलमा आयोजक बगर भाइखलकमाथि २–१ को जित निकाल्दै संगमले उपाधि चुमेको हो । उपाधिसँगै संगमले नगद… पुरा पढौ

अमरसिंह र ग्लोबल स्कुल चेस च्याम्पियन

पोखरा, २७ माघ अमरसिंह मावि र ग्लोबल कलेजियट बोर्डिङ स्कुल पोखरा महानगरपालिका विद्यालयस्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको च्याम्पियन बनेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको अन्तिम चरणमा सर्वाधिक अंकसहित छात्रतर्फ अमरसिंह र छात्रातर्फ ग्लोबल विजेता बनेका हुन् । छात्रतर्फको विजेता अमरसिंहले ११ र छात्रातर्फको विजेता ग्लोबलले १२ अंक प्राप्त गरेको प्रतियोगिताका निर्णायक संयोजक रामबहादुर क्षेत्रीले जानकारी दिए । अमरसिंह र ग्लोबलले ट्रफी, मेडल र प्रमाणपत्रसहित ७ हजार रूपैयाँ पुरस्कार पाएका छन् । छात्रतर्फ हिमालयन बोर्डिङ स्कुल… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय म्याराथन : अपाङ्गता तर्फको दौड सम्पन्न

पोखरा २७, माघ १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत शनिबार अपाङ्गता तर्फका दौडहरु सम्पन्न भएका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता अन्तर्गत सम्पन्न ह्विल चेयर पुरुषतर्फको १८०० मिटर दौडमा सुरेश कुमार गौली पहिलो भएका छन् । उनले उक्त दौड पुरा गर्न ७ मिनेट ४१.३ सेकेण्डमा दुरी पार गरे । यस्तै दोश्रो भएका भरत अधिकारीले ७ मिनट ५७.३ सेकेण्डमा दौड पुरा गर्दा तेश्रो स्थान प्राप्त गरेका ध्रुव… पुरा पढौ