खेलकुद

वि विल राइज फान्डेशनका संस्थापक अध्यक्ष गुरुङ द्वारा पोखरा म्याराथनलाई ५ लाख हस्तान्तरण

पोखरा ४, फागुन वि विल राइज फाउन्डेशनका संस्थापक अध्यक्ष एवं तेक्वान्दो ग्रान्ड मास्टर तुलसी कुमार गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि नगद ५ लाख सहयोग हस्तान्तरण गरेका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका आिजवन सदस्य समेत रहेका गुरुङले आफ्नो परिवारका तर्फबाट नगद २ लाख र हङकङस्थित नेपाली दाजुभाई बाट संकलित नगद ३ लाख गरी कुल ५ लाख नगद सहयोग हस्तान्तरण गरेका हुन् । गुरुङले हस्तान्तरण गरेको उक्त रकम १८ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत प्रथम… पुरा पढौ

प्रदेश सरकारको स्थापना दिवसको अवसरमा संयोगले सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार

दीननाथ बराल, गण्डकी प्रदेश सरकारले आफनो स्थापना दिवस मनाइरहदा संयोगले एक सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरेको छ । म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका वडा नम्बर ४ वगरकी ३८ वर्षिय तुलसा घर्ती बुढा थोकी हिजो देखि सुत्केरी व्यथाले च्याप्दा सुत्केरी हुन नसकेपनि आज (शुक्रबार) विहान हेलिकप्टर (हेयरलिफ्टीङ) बाट उद्धार गरिएको प्रदेश सरकारले जनाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान( पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) पोखरामा उहाँको भ्याकुम प्रविधिको प्रयोग गरी शिशुको जन्म भएको अस्पताल श्रोतले जनाएको छ । हाल आमा र शिशुको अवस्था सामान्य… पुरा पढौ

अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता जारी, शनिबार सेमिफाइनलका खेलहरु हुने

पोखरा ४, फागुन पोखराको ड्याम साइड क्लवको आयोजनामा पोखरामा जारी अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८० अन्र्तगत भोलि (शनिबार) देखि सेमिफाइनलका खेलहरु हुने भएका छन् । शुक्रबार पोखरा ड्याम साइड स्थित गण्डकी प्रदेश प्रहरी गणको खेल मैदानमा ४ वटा क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसंगै शनिबार सेमिफाइनलका खेलहरु हुने भएको क्लवले जनाएको छ । शनिबार फिस्टेल एकेडेमी बिरुद्ध शान्ति निकुञ्ज स्कुल बिच पहिलो खेल हुने भएको छ भने अर्को खेलमा गत बर्षको विजेता छोरेपाटन मावि र बालोदय बोर्डिङ स्कुल बिच खेल… पुरा पढौ

गौरिका र एलेक्सद्वारा नयाँ राष्ट्रिय रेकर्ड कायम

पोखरा ३, माघ मित्र राष्ट्र कतारको दोहामा जारी वल्र्ड एक्वाटिक्स च्याम्पियनसिपमा दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण जित हात पार्दै रेकर्ड कायम गरेकी जलपरी गौरिका सिंहले आफ्नो पुरानो स्थापित रेकर्डलाई पुनस्थापित गरेकी छिन् । Swimmer Gaurika Singh pose for photo with medals in Sillong, Inda on Wednesday, February 10, 2016. Photo: Mahesh Acharya गौरिकाले ५० मिटर ब्याकस्ट्रोकमा आफुले जापाको फुकुवाकामा भएको वल्र्ड एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा कायम गरको ३१।४४ सेकेन्ड समयको समयमा ०।६४ सेकेन्डले सुधार गर्दै ३०।८० सेकेन्ड समयको नयाँ रेकर्ड… पुरा पढौ

विरेन स्मृति बिटी कपमा पहिलो चरणकै खेल जारी

पोखरा ३ फागुन बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा आज (बिहीबार) ८ खेल सम्पन्न भएका छन् ।पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा लामागाउँ टिम ‘बि’ र नयाँगल्लीबीच आज भएको पहिलो खेल गोलरहित निर्धारित समय सकिएपछि टाइब्रेकरमा लामागाउँ ‘बि’ले ३–२ गोलको अन्तरले पराजित गर्याे ।यस्तै दोसो खेलमा लामागाउँ टिम ‘ए’ ले हाम्रो एफसीलाई ३–१ गोल अन्तरले लामागाउँ विजयी बन्यो । तेस्रो खेलमा मण्डलाले प्रदेश सभा टिमलाई ५–० फराकिलो गोल अन्तरले हराउँदै मडला… पुरा पढौ

शनिबार हुने पोखरा म्याराथनमा अमेरीका सहित १४ देशका धावक पोखरामा दौडने

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा शनिबार पोखरामा हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा अमेरीका सहित १४ देशका धावकहरु सहभागि हुने भएका छन्। पोखरा म्याराथनको विभिन्न विधामा गरी नेपाल बाहेक १३ राष्ट्रका धावकले सहभागिता जनाउने भएको बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । शनिबार हुने म्याराथनका लागि सम्पूर्ण तयारी पुरा भएको र सहभागि धावकहरुका लागि नाम दर्ता समेत माघ २८ गते सकिएको आयोजकले जनाएको छ । प्रतियोगिताको म्याराथनतर्फ १ सय ८ जनाको सहभागिता… पुरा पढौ

पोखरामा अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता जारी, शुक्रबार देखि क्वाटरफाइनलका खेलहरु हुने

पोखरा स्थित ड्याम साइड क्लवको आयोजनामा पोखरामा जारी अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८० अन्र्तगत भोलि (शुक्रबार) देखि क्वाटरफाइनलका खेलहरु हुने भएका छन्। विहिबार पोखरा ड्याम साइड स्थित गण्डकी प्रदेश प्रहरी गणको खेल मैदानमा समुह बीको ४ वटा प्रि क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसंगै शुक्रबार देखि क्वाटरफाइनलका खेलहरु हुने भएको क्लवले जनाएको छ । विहिबारकोे खेलमा गत बर्षको विजेता छोेरेपाटन मावि, एल.पी.देवकोटा मेमोरियल, पार्दी मावि र बालोदय बोर्डिङ स्कुलले जित हासिल गर्दै क्वाटरफाइनलमा यात्रा बनाएको क्लवका अध्यक्ष प्रताप गुरुङले बताउनु… पुरा पढौ

सरस्वतीको पूजा आरधाना गर्दै पोखरा क्षेत्रमा पनि मनाइयो बसन्त पञ्चमी पर्व

पोखरा २, माघ वसन्त पञ्चमी९श्रीपञ्चमी० पर्वको अवसरमा बिद्या खानी सरस्वती माताको पूजा आरधाना गर्दै पोखरा क्षेत्रमा पनि बसन्त पञ्चमी पर्व मनाइएको छ । सरस्वती मन्दिरहरुमा पुजा आज गनृको लागि बुधबार बिहानै देखि बिद्यार्थीहरुको भिडभाड भएको थियो । पोखरा क्षेत्रका सरस्वती मन्दिरहरुमा पूजा गर्न प्राय गरी बिद्यार्थीहरुको बढी भिडभाड भएको थियो ।यसैबिच विभिन्न बिद्यालयहरुले यस पर्वलाई बिद्यालयमै मनाएका छन्। यसैबिच, माउन्ट अन्नपूर्ण मा।वि। भि सि मार्ग नदीपुरमा सरस्वतीको विधिवत पूजा अर्चना गरी बाल बालिकाहरुलाई अक्षरारम्भ गराइएको छ। उक्त कार्यक्रममा आजको शिक्षा… पुरा पढौ

पोखरा कप विद्यालयस्तरीय क्रिकेट हुँदै, १२ विद्यालयको सहभागिता

पोखरा २, फागुन पोखरामा पहिलो पटक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । बि–बग इभेन्टले पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेको हो । फागुन ९ देखि १६ गतेसम्म पोखरा रंगशालाको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । पोखराका १२ विद्यालय सहभागी हुने प्रतियोगिता संयोजक उदीपराज ढुंगानाले जानकारी दिए । बुधबार प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विद्यालयस्तरमा क्रिकेटका गतिविधि शून्य भएकाले प्रतियोगिता आयोजना गरेको ढुंगानाको भनाइ थियो । ‘अहिले नेपालको राष्ट्रिय टिमले विभिन्न प्रतियोगिताहरु लगातार खेलिरहेको भएपनि विद्यालयस्तरमा क्रिकेट गतिविधिहरु… पुरा पढौ

पोखरा म्याराथनलाई च्यारिटी रकम हस्तान्तरण तथा प्रायोजन सम्झौता

पोखरा २, फागुन, नेपाल भुतपुर्व खेलाडी मञ्चलाई च्यारिटी रकम हस्तान्तरण गरिएको छ । मञ्चको कार्यालय पोखरामा बुधबार पोखरा म्याराथनका लागि रकम हस्तान्तरण तथा छुट्टाछुट्टै प्रायोजन सम्झौता सम्पन्न भएको छ । तमु धि युके, डायमण्ड बुद्धिष्ट सेन्टर युकेले च्यारिटी रकम हस्तान्तरण गरेका हुन भने ब्रिटिश ग्रामर स्कुल पोखरा र टुडेज मिनरल वाटरबिच प्रायोजनको सम्झौता भएको हो । सहयोग अन्तरर्गत च्यारिटी रनबाट तमु धि युकेले तीन लाख रुपैयाँ प्रदान गरेको छ । यस्तै बुद्धिष्ट सेन्टरले भने एक लाख ३५ हजार दुई सय… पुरा पढौ