समाज

यू–१५ विद्यालय स्तरीय खेलकुद प्रतियोगिता ः टेबल टेनिसमा बागमतीलाई ३ स्वर्ण, ३ रजत

पोखरा, ३० जेठ पोखरा रंगशालामा बुधबारदेखि सुरु भएको यू–१५ विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा टेबल टेनिस अन्तर्गत बागमती प्रदेशले ३ स्वर्ण र ३ रजत पदक प्राप्त गरेको छ । पोखरा रंगशालास्थित टेबल टेनिस कोर्ट भएको खेलमा बागमतीको छात्र÷छात्रा मिक्स, छात्र डबल्स र छात्रा डबल्स विधाका टिम फाइनल पुगेको थियो । मिक्स डबल्समा बागमतीका जयश्नु महर्जन र सुरम्या शाक्यको जोडीले नर्मदा खैटु र रीजन शाक्यको जोडीलाई ३–२ सेटमा हराउँदै स्वर्ण पदक जितेको हो । ८–११, ११–५, ९–११, ११–८ र ११–७ को सेटमा… पुरा पढौ

यूू–१५ विद्यालय खेलकुद प्रतियोगिताः रग्बीका १० खेल सकिए

गण्डकी प्रदेशको पोखरामा जारी यूू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बी १० खेल सकिएका छन् । बुधबार बिहानबाट पोखरा रंगशालामा सुरु भएको प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ४ खेल सकिएका हुन् । पुरुषतर्फ भएको पहिलो खेलमा गण्डकी प्रदेश र कोशी प्रदेशले बराबरी खेलेका थिए । निर्धारित समयमा दुवैतर्फबाट स्कोर हुन नसकिएपछि बराबरीमा रोकिएको हो । पुरुषतर्फ दोस्रो खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २–० स्कोरले पराजित ग¥यो । मधेशले लुम्बिनी प्रदेशलाई ४–०, बागमतीले लुम्बिनीलाई २–१, मधेशले सुदूरपश्चिमलाई ४–० स्कोरले पराजित गरे ।… पुरा पढौ

कोत्रे–भत्केको चौकी खण्डमा शाखा बाटो बनाउन माग

पृथ्वी राजमार्ग अन्तर्गत निर्माणाधिन पोखरा–मुग्लिन(पश्चिम खण्ड)को कोत्रेदेखि भत्केको चौकीसम्मको राजमार्गको दायाँ बायाँ शाखा बाटो निर्माणका लागि स्थानीयले माग गरेका छन् । पोखरा महानगरपालिका वडा नं ३२ खण्डमा पर्ने यस क्षेत्रमा राजमार्ग निर्माणको काम भैरहँदा शाखा बाटोहरू बन्नेतर्फ कुनै चासो नदेखिएको भन्दै स्थानीयले यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । तल्लो गगनगौंडा बजार व्यवस्थापन समितिको संयोजनमा आज स्थानीयवासी एवम् सरोकारवाला निकायको प्रतिनिधि सहितको भेलामा यस खण्डमा शाखा बाटो, ढल निकाश, लिंक रोड लगायतका विषयमा स्थानीयले ध्यानाकर्षण गराएका हुन् ।कोत्रे–भत्केको चौकी खण्डमा… पुरा पढौ

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्र्तगत बास्केटवल खेल सुरुगण्डकीको विजयी सुरुवात

पोखरा ३०, जेठ पोखरा रङ्गशालामा आजबाट सुरु भएको ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्र्तगत बास्केटवल खेल समेत सुरु भएको छ । आज भएको छात्रा तर्फको पहिलो खेलमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । आजको खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ६ को बिरुद्ध फराकिलो २३ स्कोरको अन्तरले पराजित गरेको हो । गण्डकीको जितमा जेनियम श्रेष्ठले ६ स्कोर गर्नु भएको थियो । दोश्रो खेलमा कर्णाली प्रदेशले मधेष प्रदेशलाई १९–४ को स्कोरले जित निकाल्यो । कर्णालीको जितमा सृजना बढुवालले १५ स्कोरको योगदान दिनु भयो… पुरा पढौ

यू– १५ विद्यालय खेलकुद ः बुद्धिचाल प्रतियोगिता शुरु

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता २०८० अन्र्तगत बुद्धिचाल पोखराको लेकसाइडमा शुरु भएको छ ।राष्ट्रिय खेलकुद परिषद् ९राखेप० र प्रदेश खेलकुद परिषद् गण्डकीको संयूक्त आयोजनामा प्रतियोगिता अन्र्तगत बुद्धिचाल बुधबारबाट शुरु भएको हो । प्रतियोगितामा सात प्रदेशका छात्र÷छात्रा गरि दुई टोलीका चार चार जना गरि ५६ जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताका चिफ आर्विटर बालराम पुनले जानकारी दिए । राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा हुने छ ।भोलिसम्म सञ्चालन हुने प्रतियोगितामा आज पहिलो दिन ३ चरणका… पुरा पढौ

यु १५ विधालय स्तरीय खेलकुद प्रतियोगिता ःएथलेटिक्स तर्फ तीन विधाका ६ खेल सम्पन्न

राष्ट्रिय खेलकुद परिषद ९राखेप० र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरामा यु १५ विधालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता अन्तरगत एथलेटिक्स तर्फ पहिलो दिन १०० मिटर, ४०० मिटर र लङजम्प सम्पन्न भएको छ । १०० मिटर छात्रा तर्फ गण्डकीकी ऐन्जल अधिकारीले स्वर्ण पदक हासिल गरिन् । उनले १३ ः ५६ सेकेन्डमा दुरी पुरा गरिन् । लम्बिनीकी आरुशि भट्टराईले १३ः७२ सेकेन्डमा दुरी पुरा गर्दै रजत पदक हासिल गरिन् । बागमतीकी मुस्कान चौधरीले १४ः२७ सेकेन्डले दुरी पुरा गर्दै कास्य… पुरा पढौ

बास्केटवलका खेल संयोजक नै रंगशालामा मापसे गरेर आए पछि उनी रंगशालाबाट बाहिरिए

दीननाथ बराल,पोखरा ३०, जेठ, पोखरा रङ्गशालामा आजबाट सुरु भएको ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्र्तगत बास्केटवल खेलका संयोजक नै बास्केटवल कोर्टमा मापसे (मादक पदार्थ सेवन) गरेर आए पछि उनी रंशालाबाट बाहिरिएका छन् । बास्केटवल संघका कार्यालय सचिव तथा उक्त बास्केटवल खेल संयोजकको रुपमा रहेका रमेश खड्का (केसी) ले रंगशालाको बास्केटवल कोर्टमा मापसे गरेर आएसंगै उनको मापसे परिक्षण गर्दा प्रमाणित भएसंगै उनी रंगशालाबाट बाहिरिएका हुन् । जिल्ला ट्राफिक कार्यालय कास्कीका ट्राफिक प्रहरीले उहाँको परिक्षण गर्दा मापसे भएको पुष्टि भएसंगै उनी बास्केटवल कोर्ट… पुरा पढौ

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्र्तगत बास्केटवल खेल अन्यौलमा, खेलाडी अलपत्र

दीननाथ बराल,पोखरा ३०, जेठ, पोखरा रङ्गशालामा आजबाट सुरु भएको ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्र्तगत बास्केटवल खेल हाल अन्यौलमा भएको छ । आज बिहान ७ः०० बजे देखि सुरु हुने गरी आन्तरिक तयारी गरे पनि यो सामाचार तयार पार्दा (बिहान ९ः३० बजे) सम्म बास्केटवल खेल कहाँ र लिग वा नकाउट कसरी खेलाउने हालसम्म अन्यौलमा परेको छ । बिहान ७ः०० खेलाडीहरुलाई रंगशालामा वोलाए पनि साँढे २ घण्टासम्म खेलाडी त्यसै अलपत्र अबस्थामा रहेका छन भने बास्केटवल खेल कति बजे र कहाँ हुन्छ भन्ने अझै… पुरा पढौ

‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता पोखरामा सुरु, आज उद्घाटन हुने

पोखरा रङ्गशालामा हुने ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ को तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद, गण्डकीको संयुक्त आयोजनामा आज र भोलि(विहिबार) हुने प्रतियोगिताको तयारी पुरा भएको मंगलबार पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । प्रतियोगितामा एथलेटिक्स, बास्केटबल, रग्बी, टेबलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल गरी ६ खेल समावेश गरिएको छ । सबै खेलमा छात्रछात्रातर्फको खेल हुनेछ । उनीहरुले ३८ स्वर्ण, ३८ रजत र ४६ कास्य पदकका लागि प्रतिष्पर्धा गर्ने भएको प्रदेश खेलकुद परिषद, गण्डकीका सदस्य सचिव… पुरा पढौ

यू–१५विद्यालय खेलकुद प्रतियोगिता व्याडमिन्टनका पहिलो चरणका खेलहरु सम्पन्न

पोखरा २९ जेठ, यू–१५विद्यालय खेलकुदप्रतियोगिता २०८० मंगलबारदेखि पोखरामा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषदगण्डकीको आयोजनमा ३१ गतेसम्म संचालनहुने प्रतियोगितको औपचारिक उद्घाटनभने बुधबार हुनेछ । प्रतियोगिताअन्तर्गत बास्केटबल, रग्बी, व्याडमिन्टन, एथलेटिक्स, टेबुल टेनिस र बुद्धिचालगरि ६ खेलमा सातप्रदेशका७६÷७६ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुद परिषदगण्डकीका सदस्य सचिवश्रीधर शर्माले जानकारी दिए । प्रतियोगिताअन्र्तगतसामवेश गरिएका ६ खेलमध्ये व्याडमिन्टनका खेलहरु पोखरा रंगशाला स्थितव्याडमिन्टनहलमा सुरु भएको हो ।व्याडमिन्टनमाछात्र÷छात्रा सिंगल्स, डबल्स, मिक्स डबल्समाप्रतिस्पर्धा हुने कास्कीजिल्लाव्याडमिन्टन संघकाअध्यक्षशुसिलश्रेष्ठले जानकारी दिए । प्रत्येक प्रदेशबाटछात्रचार र… पुरा पढौ

This will close in 20 seconds