समाज

अल्फाबोर्डिङ स्कुलमा लिटरेचर फेस्टिभल

पोखरा( १६,लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलले शुक्रबार आफ्नै विद्यालय प्राङ्गणमा लिटरेचर फेस्टिभल सम्पन्न गरेको छ । कार्यक्रममा नेपाली साहित्य क्षेत्रका विभिन्न सर्जकहरुको उपस्थिति रहेको थियो । साहित्यकार तथा लेखक‘भूपिन’ साहित्य क्षेत्रकै अर्को नक्षत्र गणेश पौडेल, संस्कृतिकर्मी सुनिलउलक, लेखकतिर्थ गुरुङतथा साहित्य अनुरागी त्रिवेणीको अन्तरक्रियात्मक प्रस्तुति रहेको थियो । विद्यार्थीहरुलाई सांस्कृतिकतथा साहित्यिक महत्त्वका विषयमा उत्प्रेरित गर्दै शैक्षिक क्रियाकलापमा अग्रसर तुल्याउन उक्त कार्यक्रमको आयोजना गरिएको कुरा विद्यालयका सह(प्राचार्य कृष्ण लम्सालले जानकारी दिए । कार्यक्रममा विद्यार्थीहरुले साहित्यकर्मीहरुसँग सक्रिय रुपमा अन्तरक्रिया तथा भलाकुसारी गर्ने अवसर… पुरा पढौ

पचभैयाँको शिविरमा तीन सयको सित्तैमा जाँच

नेपाल रेडक्रस सोसाइटी पोखरा ३१ उपशाखा वेगनासको आयोजना र युआरएल शिशुवाको प्राविधिक सहयोगमा पचभैयाँमा शनिबार भएको शिविरमा ३ सय ५ जनाको सित्तैमा जाँच गरिएको छ । शिविरमा सहभागीको युरिक एसिड र रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको हो । कार्यक्रममा वरिष्ठ बाथ तथा प्रतिरक्षा रोग विशेषज्ञ डा रामकृष्ण गिरीले वाथ रोग लाग्नुका कारण, लक्षण, उपचार प्रक्रिया आदिबारे प्रकाश पारे । उनले उनले बाथ रोगलाई बेवास्ता गरेकुँजिने, अपांगता हुने सक्ने र जीवन निकै कष्टकर बन्ने औंल्याए । डा गिरीले… पुरा पढौ

‘अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप’ सुरु

पोखराको हेमजामा शनिबार देखि अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ सुरु भएको छ । “युवा एकता र विकासका लागि खेलकुद” भन्ने मुल नाराका साथ हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरको संरक्षणमा सुरु भएको प्रतियोगिताको वडा न।२५ हेमजाका अध्यक्ष एवं महानगर प्रवक्ता मोतिलाल तिम्सिनाले उद्धघाटन गरे । उद्धघाटन खेलमा आयोजक वडा नं२५ हेमजालाई ०–२ गोलको अन्तरले पछि पार्दै वडा न।१ बगरले विजय सुरुवात गरेको छ । खेलको ३४ औं मिनेटमा वडा नं १ बगरका राजु तामाङले पहिलो गोल गरे ।… पुरा पढौ

पोखरामा सिटि बस पार्क र लामेआहालमा क्षेत्रिय बस पार्क बनाउनु पर्छः मन्त्री थापा

दीननाथ बराल, पोखरा ३२, जेठ, गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले पोखरामा सिटि बस पार्क र पोखरा ३२ मा पर्ने लामेआहालमा क्षेत्रिय बस पार्क बनाउनु पर्ने बताउनु भएको छ । पोखरा ९ मा रहेको सहारा बाल आधारभूत बिद्यालयमा शुक्रबार आयोजित स्वागत तथा बधाई ज्ञापन एवं बिद्यार्थीहरुलाई ट्याकसुट वितरण कार्यक्रममा बोल्दै मन्त्री थापाले पोखरामा व्यबस्थित बसपार्क आवश्यक भएको बताउदै पोखरा पृथ्बीचोकमा सिटि बसपार्क र पोखरा ३२ को लामेआहालमा भने क्षेत्रिय स्तरकै बसपार्क बनाउनु पर्ने आवश्यक भएको बताउनु भएको… पुरा पढौ

गण्डकी प्रदेश सभामा फ्लोर क्रस गर्नु भएको देवकोटाको सांसद पदबाट मुक्त, अदालत जाने देवकोटाको तयारी

दीननाथ बराल, पोखरा ३२, जेठ, गण्डकी प्रदेश सभामा फ्लोर क्रस गर्नु भएको फडिन्द्र देवकोटाको सांसद पदबाट मुक्त हुनु भएको छ । गण्डकी प्रदेश सभामा नेकपा माओवादी केन्द्रका संसदीय दलको ह्विप उल्लंघन गरेको भन्दै देवकोटाको पद मुक्त भएको प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले शुक्रबारको प्रदेश सभा बैठकमा सूचना सूनाउनु भयो । संविधानको धारा १८० मा प्रदेश सभा सदस्यको पद रिक्त हुने सम्बन्धी व्यवस्था छ । सोही व्यवस्था बमोजिम स्थान रिक्त रहेको भनी सभामुखले प्रदेश सभा नियमावली २०८० को नियम २०७ अनुसार… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट कास्कीको बिजयी सुरुवात

गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगिताका कास्कीले बिजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा शुक्रबारबाट सुरु भएको खेलमा बागलुङलाई ३७ रनले पराजित गरी बिजयी सुरुवात गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतीमा १६२ रन बनायो । कास्कीका मुस्कान थापाले चार चौका र एक छक्का प्रहार गर्दै ३७ रनको योगदान दिए भने अर्जुन कुमालले आक्रमक पारी खेल्दै २४ बलमा सात चौकाको सहयोगले ३६ रन बनाए । त्यस्तै अभिषेक थापाले २९ बलमा एक… पुरा पढौ

अमेरीकामा हुने युवा नेतृत्वमा मदरल्याण्ड माविका ४ विद्यार्थी

अमेरीकाको वासिङ्टन डीसी र क्यान्सस शहरमा आयोजना हुने युवा नेतृत्व कार्यक्रममा भाग लिन पोखराको मदरल्याण्ड माविका ४ विद्यार्थी जान लागेका छन् । उनीहरुलाई बिहीबार गण्डकी प्रदेशकी प्रमुख सचिब लक्ष्मी कुमारी बस्नेतले अबिर र माला लगाएर विदाइ गरिन् । मदरल्याण्ड माविमा कक्षा १० मा अध्ययनर कृपा बराल र एल्भिना बराल, कक्षा ११ व्यवस्थापनमा अध्ययरत सुबिज्ञा नेपाल र विज्ञान संकायमा अध्ययरत रबिना पौडेल जान लागेका हुन् । उनीहरु अमेरिकी दुतावास नेपालले सञ्चालन गरेको प्रतिष्पर्धामा उत्कृष्ट भई छनौट भएका थिए । नेपालभरबाट १६… पुरा पढौ

यु–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा ११ स्वर्णसहित बागमती प्रथम, लुम्बिनी दोश्रो गण्डकी तेश्रो

दीननाथ बराल, पोखरा, ३१ जेठ, यु–१५ विद्यालय स्तरीय खेलकुद प्रतियोगिता २०८० मा बागमती प्रदेश प्रथम भएको छ । ३० वटा स्वर्ण पदकको लागि पोखरामा भएको ६ खेलको प्रतिष्प्रर्धामा बागमतीले ११ स्वर्ण, ६ रजत र ७ कास्य सहित २४ पदक जित्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो । त्यसै गरी प्रतियोगितामा लुम्बिनी प्रदेश दोश्रो र घरेलु टिम गण्डकी प्रदेश तेश्रो भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद, गण्डकीको संयुक्त आयोजनामा बुधबार देखि पोखरामा संचालन भएको ‘यू–१५… पुरा पढौ

नीति कार्यक्रममा सञ्चार छुट्नु बलण्डर मिस्टेक, सरकारले माफी माग्नुपर्छ खगराज अधिकारी

पोखरा ३१ जेठ, नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा आमसञ्चारको विषय कतै उल्लेख नभएकोमा गम्भीर आपत्ति जनाउनुभएको छ । बिहीबार प्रदेश सभामा नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिदै उहाँले सरकारले माफी माग्नुपर्ने तहको कमजोरी गरेको बताउनुभयो । मुख्यमन्त्रीसँगै भएको मन्त्रालयको विषय १ सय ९१ बुँदे नीति तथा कार्यक्रममा कतै नहुनुलाई सामान्य भन्न नसकिने उहाँको भनाई छ ।‘मिस्टेक त होइन होला सरकार लोकतन्त्रको पनि अत्यन्त… पुरा पढौ

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्र्तगत बास्केटवलमा बागमतीलाई २ स्वर्ण, गण्डकीलाई २ रजत

दीननाथ बराल,पोखरा ३१, जेठ, पोखरामा जारीे ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्र्तगत बास्केटवल प्रतियोगितामा बागमती प्रदेशले २ वटा स्वर्ण पदक जितेको छ । पोखरा रंगशालाको बास्केटबल कोर्टमा आज भएको छात्र तर्फको फाइनल खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ३१ का बिरुद्ध ३७ स्कोरले पराजित गर्दै उपाधि सहित स्वर्ण पदक जितेको हो । बागमतीको जितमा प्लान्जल बस्नेतले १७ स्कोरको योगदान दिनु भयो भने गण्डकीका सौभाग्य पुनले १२ स्कोर गर्नु भएको थियो । पहिलो क्वाटरमा बागमती प्रदेश गण्डकीसंग ४–७ स्कोरले पछि पर्दा दोश्रो क्वाटरमा… पुरा पढौ

This will close in 20 seconds