समाज

लामाचौरमा हुने तिज महोत्सव एवं महिला तथा पुरुष आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिता २०८१ भदौं १९ गते देखि हुने

पोखरा, श्रावणा २१, पोखराको लामाचौरमा हरेक वर्ष हुने तिज महोत्सव एवं महिला तथा पुरुष आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिता २०८१ आउदो भदौं १९ गते देखि हुने भएको छ । नव आदर्श सामुदायिक समाज स्थापनाको २८ औँ वार्षिकोत्सव एवं २६ औ संस्करणको लामाचौर तिज महोत्सव तथा आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता यही आउँदो भाद्र १९ गते देखि २१ गते सम्म हुने भएको समाजले जनाएको छ । महिलाहरूको महान् पर्व हरितालिका तिज पर्वको अवसरमा पोखरा लामाचौर स्थित ईन्द्रराज्य लक्ष्मी माविको परिसरमा… पुरा पढौ

१ सय भन्दा कम बिद्यार्थी भएका १७ हजार बिद्यालय मध्य आधारभूत बिद्यालयलाई मर्जमा लैजानु पर्छः मन्त्री भट्टराई

दीननाथ बराल, पोखरा २०, साउन, नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नेपालको शिक्षाको गुणस्तरको लागि आधारभूत तहबाटै शिक्षामा सुधार गर्नुपर्ने बताउनु भयो । प्रेस चौतारी कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले एसईईको राम्रो नतिजा ल्याउन कक्षा १ देखि ५ सम्म आधारभूत तहमा राम्रो गर्न सके एसईईमा त्यसको परिणाम राम्रो हुने बताउनु भएको हो । सरकारले बिद्यालय शिक्षा ऐन ल्याउने तयारी गरेको बताउदै उहाँले अबको शिक्षा व्यवहारिक र सिपमुलक हुने जनाउनु भयो ।… पुरा पढौ

पोखरामा आफ्नो पसलमा आगो लगायर बिमा रकम माग्न जादा पक्राउ (भिडियो सहित)

दीननाथ बराल,पोखरा २०, साउन, भएको आफ्नो पसल माथि आगो लगायर बिमा रकम भुक्तानीको लागि माग गर्दा पोखरामा दुई जना पक्राउ पर्नु भएको छ । पोखरामा बिमा रकम ठगि गर्ने उद्धेश्यले आफ्नै पसलमा आगलागी गर्ने पोखरा १७ ड्यामसाइडका ३६ बर्षका सुजन गहतराज र पोखरा १७ विरौटा बस्ने ४३ बर्षका पवन नेपाललाई कास्की प्रहरीले पक्राउ गरेको हो । बिमाको रकम ठगि गर्नेे उद्धेश्यले साउन १६ गते गत बुधबार पोखरा ६ नारेश्वरचोकमा रहेको मुक्तिनाथ सपिङ्ग सेन्टर प्रा.लि.मा आफै आगलागी गर्ने पसल संचालक गहतराज… पुरा पढौ

पार्टी भित्र कुनै गुट छैन, गुटको कुरा गर्नेको विरोध गर्नुपर्छ इन्चार्ज किरण गुरुङ

पोखरा २० साउन, नेकपा ९एमाले० स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले आफ्नो पार्टी भित्र कुनै गुट नभएको दावी गर्नुभएको छ । आइतबार पोखरामा राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी कास्की र पोखरा महानगरपालिका कमिटीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले अध्यक्ष केपी शर्मा ओलीको मूलधारमा समाहित भएर सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । ‘अहिले हाम्रो पार्टी भित्र कुनै गुट छैन, केपी ओली हाम्रो अध्यक्ष हुनुहुन्छ, उहाँलाई सहयोग गर्ने, उहाँकै मूलधारमा समाहित भएर हामी अगाडि बढ्ने हो ।… पुरा पढौ

जिल्ला समन्वयलाई प्रभाबकारी बनाउन जरुरी शिक्षा मन्त्री भट्टराई

साउन २० , पोखरा, जिल्ला समन्वय समिति कास्कीले आफ्नो सातौं स्थापना दिवस मनाएको छ। कार्यक्रमको नेपाल सरकारका शिक्षा ,बिज्ञान तथा प्रबिधी मन्त्री बिद्या भट्टराईले उद्घाटन गर्नुभएको थियो। मन्त्री भट्टराईले जिल्ला समन्वय समितिका काम थप प्रभाबकारी बनाउन आफ्नो तवरबाट प्रयत्नशिल रहने भन्दै नितिगत अप्ठ्यारो हटाउन सरकारको ध्यानाकर्षण गराउने उल्लेख गर्नुभयो। बिकास निर्माणलाई उत्कृष्ट बनाउन जिल्ला समन्वय समिति अति आबश्यक भएको भन्दै आबश्यक ऎन ,कानुन , नीति निर्माणमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सरोकारवाला मन्त्रालयलाई जानकारी गराउने उल्लेख गर्नुभयो। उहाँले शिक्षा क्षेत्रका दसकौ… पुरा पढौ

गण्डकी बक्सिङको अध्यक्षमा मर्सानी

पोखरा २०, साउन गण्डकी प्रदेश बक्सिङ संघको प्रथम अधिवेशनले अध्यक्षमा विद्या प्रसाद मर्सानी चयन गरेको छ । पोखरामा आइतबार सम्पन्न प्रथम अधिवेशनले उनी संगै १५ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । आगामी चार वर्षका लागि निर्वाचित अन्य पदाधिकारी प्रथम उपाध्यक्षमा नरेश भट्टराई ९कास्की०, द्वितिय उपाध्यक्षमा सनी केसी ९बाग्लुङ०, महासचिवमा खगेन्द्र क्षेत्री ९पर्वत०, सचिबमा भरत पराजुली ९कास्की० र कोषाध्यक्षमा सुमन श्रेष्ठ ९कास्की० रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यमा सविन गुरुङ ९लम्जुङ०, पहल शाही ९तनहुँ०, दल बहादुर राना ९नवलपुर०, राजेन्द्र रोका… पुरा पढौ

कास्की काँग्रेसले भेट्यो राष्ट्रपति सहित नौ मन्त्री

पोखरा, २० साउन नेपाली काँग्रेस कास्कीले राष्ट्रपति सहित संघीय सरकारका नौ जना मन्त्रीसँग भेटघाट तथा छलफल गरेको छ ।कास्की काँग्रेसले राष्ट्रपति सहित मन्त्रीहरुसँग भेटघाट र छलफल गरी कास्कीको आवश्यकता बारेमा जानकारी गराएको सहसचिव नवीन सिग्देलले जानकारी दिनुभयो । कास्की काँग्रेसका सभापति किशोरदत्त बरालको नेत्तृत्वमा राजधानी गएको टोलीले कास्कीको सन्दर्भमा अन्तर्राष्ष्ट्रिय विमानस्थल सहित पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि, विकास र बढ्दो मंहगी बारेमा मन्त्रीहरुको ध्यानार्षण गराएको थियो । ‘मन्त्रीहरुसँगको भेटघाट र छलफल निकै प्रभावकारी रह्यो, कास्कीको आवश्यकता बारे सरकारको ध्यानाकर्षण पनि गरायौं,… पुरा पढौ

पोखराको हिल प्वाइन्टमा अध्ययन गरेका ललित कला (फाइन आर्ट) का सबै बिद्यार्थीको रोजगारको ग्यारेन्टि

दीननाथ बराल,पोखरा २०, साउन, नेपालमा सिपमुलक र व्यवसायिक शिक्षा नहुँदा स्नातकोत्तर अध्ययन गरेर पनि बेरोजगार हुने समस्या बढेका वेला पोखराको हिल प्वाइन्ट स्कुलमा भने ललित कला(फाइन आर्ट) कोर्ष अध्ययन गरेका बिद्यार्थीले रोजगारको कुनै चिन्त्ता लिनु पदैन् । प्लस टु मा उक्त कोर्ष पूरा गर्ने बिद्यार्थीहरुले रोजगारको अवसर प्राप्त गरेको बिद्यालयका प्रिन्सिपल दीवाकर जैलीले बताउनु भयो । २०७३ साल देखि पोखरामा धेरै सम्भावना देखेर उक्त कोर्ष सुरु गरेसंगै बिद्यालयमा अध्ययन गरेका अधिकांश बिद्यार्थीहरु स्वरोजगार देखि रोजगारको अवसर प्राप्त गरेको उहाँले दाबी… पुरा पढौ

जोर्ज जोन शिक्षा प्रतिष्ठानको २८ औं वार्षिकोत्सवः६ जना शिक्षासेवी सम्मानित, २ उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति

पोखरा, १९ साउन , गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक विकासमा जोर्ज जोन दम्पतीको योगदान अनुकरणीय रहेको बताउनुभएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा अवस्थित मुलुककै अग्रणी पृथ्वीनारायण कलेजको स्थापना तथा विकासमा अग्रस्थानमा बसेर गरेको काम अतुलनीय रहेको भन्दै भट्टले डा। जोर्ज जोन र डा। एलियाम्मा जोनको खुलेर प्रशंसा गर्नुभयो । जोर्ज जोन शिक्षा प्रतिष्ठानको २८ औं वार्षिकोत्सव समारोहका प्रमुख अतिथि भट्टले शिक्षा क्षेत्रमा लागेका व्यक्तित्वहरुको सम्मान र असहाय, जेहेन्दार, गरीब विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएकोमा प्रतिष्ठानको कामको लागि… पुरा पढौ

श्रीमदवीतक चर्चामा भक्तजनको भीड

श्रीकृष्ण प्रणामी मन्दिरमा जारी श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा भक्तजनहरुको भीड दिन प्रतिदिन बढ्दै गएको छ । गत श्रावण १० गते देखि पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रजचनको १० औ दिन शनिवार सम्म आइपुुग्दा भक्तजनहरुको भीड दिन प्रतिदिन बढ्दै गइरहेको श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए । अध्यक्ष ढकालका अनुसार प्रवचनमा भक्तजनहरुको भीड वढेसंगै सहयोग रकम र प्रसादका लागि समेत सहयोग आउने क्रम जारी रहेको… पुरा पढौ

This will close in 20 seconds