समाज

पोखरामा शनिबार सांगीतिक कार्यक्रम सहित हब शैक्षिक मेला हुने

पोखरा २५, साउन, पर्यटकीय नगरी पोखरामा भोलि (शनिबार) सांगीतिक माहोलका माझ हब शैक्षिक मेला हुने भएको छ । हब इन्टरनेशनल एजुकेशन पोखराको आयोजनामा न्यूरोडस्थित पूर्णिमा कम्प्लेक्समा उक्त कार्यक्रम ह्ुने भएको शुक्रबार पोखरा ट्रेड मल स्थित क्लासिक चुलोमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । मेलामा सहभागी भएर विद्यार्थी तथा अभिभावकले अन्तर्राष्ट्रिय शिक्षा, त्यहाँको शैक्षिक प्रणाली र अध्ययन पछिको अवसरको बारेमा निःशुल्क जानकारी लिन सक्ने भएको एजुकेशनका सञ्चालक उद्धब खड्काले जानकारी दिए । मेलामा सांगीतिक कार्यक्रम, स्वास्थ्य शिविर, फुट स्टल,… पुरा पढौ

भरतपुर महानगरपालिकाको वार्षिक समिक्षा सकियो

चितवन, साउन २५, भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०÷०८१ को वार्षिक समिक्षा गरेको छ । बिहीबार र शुक्रबार गरी २ दिनसम्म चलेको समिक्षा बैठकमा २९ वटा वडा तथा महाशाखा गरी ३९ वटा प्रस्तुतीकरण गरिएको थियो । समिक्षामा गत आर्थिक वर्षमा महानगरपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, समस्या र चुनौतीहरूको समिक्षा गरी चालु आर्थिक वर्षमा थप प्रभावकारी ढङ्गबाट बढ्ने नीति पनि लिइएको छ । समिक्षा कार्यक्रममा २९ वडाका सचिवहरूले गत आर्थिक वर्षमा भएका कामहरूको प्रगति, चुनौती र सम्भावनाका विषयमा प्रस्तुती राखेका थिए। समिक्षामा… पुरा पढौ

हल्लनचोकमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता हुँदैं

पोखरा, २५ साउन पोखरा महानगरपालिका–६ हल्लनचोकमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । हल्लनचोक स्पोर्टस् क्लबले यही भदौ १ देखि ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागको क्लबका सचिव अशोक थापाले जानकारी दिए । उनका अनुसार ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने सो प्र्रतियोगिताको विजेताले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको उपविजेतालाई नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने सचिव थापाले बताए । प्रतियोगितामा… पुरा पढौ

मादी गाउँपालिका २ मा सार्वजनिक सुनुवाई सम्पन्न

पोखरा, २४ साउन, कास्कीको मादी गाउँपालिका २ नम्बर वडा कार्यालयले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । सुशासन प्रवद्र्धन अन्तरगत वडा कार्यालयले प्रवाह गरेका सेवाबारे जनतालाई जानकारी दिने तथा जनताका गुनासा सुन्ने उद्देश्यले विहीवार सार्वजनिक सुनुवाई सम्पन्न गरिएको वडा अध्यक्ष भोजबहादुर गुरुङ्ले बताए । कार्यक्रममा वडा समिति, टोल विकास संस्था, वडाका सामुदायिक संघसंस्थाका प्रतिनिधिका साथै वडाबासीको उपस्थिति रहेको छ । कार्यक्रममा वडाध्यक्ष गुरुङ्ले वडाले प्रवाह गरेका सेवा सुविधाका बारेमा उपस्थित प्रतिनिधि तथा जनतालाई जानकारी गराएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख… पुरा पढौ

फोनिज रजत वर्षमा भलिबल र छेलो प्रतियोगिता

पोखरा, साउन २४ , नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रजत वर्षका अवसरमा पोखरामा पत्रकारहरु बिच मैत्रीपूर्ण भलिबल र छेलो (महिला÷पुरुष) प्रतियोगिता भएको छ । फोनिज गण्डकीको आयोजना र फोनिज कास्कीको सह–आयोजनामा भएको प्रतियोगितामा भलिबलतर्फ पुरुष टिममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रथम भएको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा मञ्चले आयोजक फोनिज गण्डकीको टिमलाई ३–२ सेटमा हराएको हो । पहिलो र दोस्रो सेट लगातार २५–२१ र २५–१९ ले जितेको फोनिजले त्यसपछिको २५–१४, २५–२१ र १५–१३ ले… पुरा पढौ

भु संरक्षण दिवसमा बास रोपण

पोखरा साउन २४, ५०औं भु ( संरक्षण दिवस २०८१ को अबशरमा बास रोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले शुभारम्भ गरे। पौडेलले जलवायु उत्थानशिलताका लागि ब्यबस्थित जलाधार भएको बताउदै जल जमिन र जंगलको संरक्षण नै समृद्धिको मुख्य आधार भएको उल्लेख गरे। पौडेलले ब्यबस्थित जलाधारबाट नै जलवायु परिबर्तनका असर न्यूनीकरण हुने उल्लेख गर्दै बिकास निर्माण पर्यावरणमैत्री बनाउने तर्फ ध्यान दिन आग्रह गरे । बाताबरण मैत्री बिकास बिना दिगो बिकासका लक्ष्य प्राप्ति असम्भव रहेको भन्दै प्रमुख… पुरा पढौ

कास्कीमा डेंगू संक्रमण बढ्दो, कुन पालिकामा कति डेंगूका बिरामी ..

दीननाथ बराल, पोखरा २३, साउन, कास्कीमा डेंगू शंक्रमण बढ्दो रुपमा रहेको छ । कास्कीमा ३ सय १९ जनामा डेंगू संक्रमण देखिएको छ । सन् २०२४ को जनवरी देखि हालसम्म (अगष्ट ५ तारिक) सम्म कास्कीमा उक्त सङख्यामा डेंगू संक्रमण देखा परेको स्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोल अधिकृत यामनाथ बरालले पोखराक्लिकलाई बताउनु भयो । उहाँका अनुसार जनवरी महिनामा २६, फेब्ररीमा ६, मार्चमा २, अप्रिलमा ८, मेमा १७, जुनमा ३५ , जुलाईमा १ सय ५० र अगष्टको ५ तारिकसम्ममा ७५ जनामा डेंगू संक्रमण… पुरा पढौ

काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतलाई

काठमाण्डौं २३, साउन, काठमाण्डौंमा बुधबार सम्पन्न भएको काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतले जितेको छ । बुधबार भएको फाइनल खेलमा भारतले नेपाललाई ३—२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । पहिलो सेटमा जित निकालेको नेपालले अन्य सेटमा सम्हालिन नसक्दा आफ्नै भूमिमा भारतसंग पराजित हुनु पर्यो । अरुणा शाहीको कप्तानीमा मैदानमा उत्र्रिएको नेपालले पहिलो सेटमा भारतलाई २५—२३ मा पराजिनत गरेको थियो । दोश्रो सेटमा भारतले २५—१४ मा जित निकालयो । तेश्रो सेटमा नेपालले २५—२२ मा जित निकाले पनि चोथो… पुरा पढौ

तेक्वान्दो प्रशिक्षक एवं रेफ्रि जगन अधिकारी कोरियामा सम्मानित

विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता २०२४ का दौरान दक्षिण कोरियामा गएका तेक्वान्दो प्रशिक्षक एबम राष्ट्रिय रेफ्री जगन अधिकारीलाई योगदानको कदर गर्दै नुवाकोट समाज दक्षिण कोरियाले सम्मान गरेको छ । बिगत लामो समय देखी जीविकोपार्जनका लागि युएईमा रहेका युएईको पहिलो नेपाली तेक्वान्दो राष्ट्रिय रेफ्री एबम तेक्वान्दो प्रशिक्षक अधिकारीलाई नुवाकोट समाज दक्षिण कोरियाको बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको बृहत बनभोज तथा भेटघाट कार्यक्रमको अवसर पारेर सम्मान गरिएको हो । नुवाकोट समाज दक्षिण कोरियाका अध्यक्ष बुद्धि बहादुर तामाङ र एनआरएनए एनसिसीका निवर्तमान सदस्य सोम… पुरा पढौ

गण्डकीमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न सफ्टवेयर निर्माण

पोखरा २३, साउन, गण्डकी प्रदेशमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न हेमोडायलसिस रेकर्ड मनीटोरिङ सिष्टमको विकास गरिएकोे छ । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा उक्त सफ्टवेयर निर्माण गरिएको हो । जसको बुधबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापाले उद्घाटन गरे । मन्त्री थापाले सफ्टवेयरका माध्यम प्रदेशमा भएका डायलसिस गर्ने विरामीको सही तथ्याङ्कका विषयमा जानकारी लिन मदत पुुग्ने बताए । उनले रिफर गरेर एउटा अस्पतालबाट उपचारका लागि अर्को अस्पताल जाँदा पनि डुप्लीकेसन नहुने तवरले उपचार गर्न सहायक… पुरा पढौ

This will close in 20 seconds