समाज

व्यवसायीक जीवन रक्षा कर्जा मंसिरबाट सकिदै, गण्डकी प्रदेशमा १ अर्ब ८१ करोड कर्जा प्रवाह

दीननाथ बराल, पोखरा १६, भदौं, गण्डकी प्रदेशमा संचालन भएको व्यवसायीक जीवन रक्षा कर्जा कार्यक्रम चालु आर्थिक बर्षको मंसिरबाट सकिने भएको छ । प्रदेश सरकारले प्रदेशमा १ अर्ब ८१ करोड ३० लाख कर्जा प्रवाह भएको छ । गण्डकी प्रदेश सरकारले कोरोनाबाट प्रभावित भएका उद्योगी व्यवसायीहरुको उत्थानको लागि ल्याएको व्यवसायीक जीवन रक्षा कोष (निब्याजी कर्जा प्रवाह) कार्यक्रम २०७७÷०७८ बाट चैत मसान्तरसम्ममा उक्त रकम बराबरको कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले जनाएको छ । प्रदेशका १ हजार ६ सय ३८ वटा… पुरा पढौ

गण्डकी प्रदेशमा एमालेलाई ४ सहित ९ मन्त्रालय हुने

दीननाथ बराल,पोखरा १६, भदौ, गण्डकी प्रदेशमा नेकपा एमालेलाई ४ सहित ९ वटा मन्त्रालय बनाइने भएको छ । गण्डकी प्रदेशको आइतबार (आज) बसेको क्याविनेट बैठकले प्रदेशमा हाल कायम रहेको ७ मन्त्रालयबाट थप २ मन्त्रालय बढाई ९ मन्त्रालय पुर्याउने निर्णय गरेको हो । नेपाली कागेंसको भागमा ५ मन्त्रालय परेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताउनु भयो । मन्त्रालय ७ वटा भए पनि संरचना भने ९ मन्त्रालयमा मन्त्री बाहेक अन्य संरचना भएकोले प्रदेशको खासै धेरै आर्थिक व्यहभार… पुरा पढौ

ज्येष्ठ नागरिकलाई सहज र सरल सेवा आजको आवश्यकता ः मन्त्री थापा

पोखरा १६, भदौं, गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले ज्येष्ठ नागरिकलाई सहज र सरल सेवा उपलब्ध गराउनु आजको आवश्यकता भएको बताएका छन् । जिल्ला प्रशासन कार्यालयले आइतबारबाट स्थापना गरेको ज्येष्ठ नागरिक विश्राम कक्ष एवम् स्वास्थ्य सहायता केन्द्रको स्थापना कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएका हुुन् । जिल्ला प्रशासन कार्यालय कास्कीले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्थापना गरेको स्वास्थ्य सहायत केन्द्र प्रभावकारी हुनेमा उनी विश्वस्त छन् । गण्डकीको स्वास्थ्य मन्त्रालयले स्टाफ नर्स, बेड र निशुल्क औषधि उपलब्ध… पुरा पढौ

मिस मगर नेपालको सकियो ट्यालेन्ट राउण्ड, ग्राण्ड फिनाले २२ गते

पोखरा, १६ भाद्र, सातौं संस्करणको निट डेन्टल केयर प्रिजेन्ट्स मिस मगर नेपाल–२०२४ का अन्तिम ११ प्रतिस्पर्धीले सेल्फ ट्यालेण्ट राउण्डमा आ–आफ्ना विभिन्न प्रस्तुती राखेका छन् । शनिबार होटल पोखरा ग्राण्डमा आयोजित सेल्फ ट्यालेण्ट राउण्ड कार्यक्रममा अधिकांशले नृत्य प्रस्तुत गरे भने केही पियानो बजाउने, अभिनय र विषयगत प्रस्तुती राखे । विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै आएका मिस मगर नेपालका प्रतियोगीले आ–आफ्ना अन्तरनिहित प्रतिभा प्रस्तुत गरेका टिम संयोजक प्रियंका गर्बुजा मगरले जानकारी दिइन् । उनका अनुसार सेल्फ ट्यालेण्ट राउण्डको निर्णायकमा राहुल थापा मगर, जसु… पुरा पढौ

गण्डकी विश्वविद्यालय द्वारा अरुणा शाहीलाई सम्मान

गण्डकी विश्वविद्यालयले नेपाली राष्ट्रिय महिला भलिबलकी टिमकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ ।विश्वविद्यालयमा आयोजित एक कार्यक्रमका बिच उनलाई गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सम्मान गरेका हुन् । कस्तान अरुणा शाहीलाई विश्वविद्यालयले नगद २० हजार सहित सम्मान गरेको हो । हालै काठमाण्डौमा सम्पन्न सेन्ट्रल एसियन जोन काभा उमेन्स भलिबल लिगमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल राष्ट्रिय टिमकी कप्तान अरुणा गण्डकी विश्वविद्यालयकी छात्रा समेत हुन् । नेपालमा नै पहिलो पटक स्नातक तह खेलकुद व्यवस्थापन… पुरा पढौ

ठूलाडिही–पोखरा सम्पर्क मञ्चको भेटघाट कार्यक्रम

स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–७, ठूलाडिहीबाट पोखरामा आई बसोबास गर्ने सम्पूर्ण बन्धुको भेटघाट तथा पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख व्यक्तित्व प्रदेश सभा सदस्य सीता सुन्दासले ठूलाडिहीको माटोबाट आर्जन गरेको सभ्यता र संस्कारको अनुशरण गर्दै अगाडि बढ्नु वर्तमानको आवश्यकता भएको बताइन् । महिलाहरूको पर्व हरितालिका तीजका सन्दर्भमा प्रकाश पार्दै सुन्दासले वर्तमानमा तीज पर्वले बोकेको सन्देश र महिला मुक्तिको आन्दोलनलाई नजर अन्दाज गरेर विकृत तुल्याउन लागेकोमा चिन्तासमेत व्यक्ति गरिन् । उनले थपिन्– ‘मञ्चको कार्यक्रमले स्कुले जीवनका गुरुदेखि साथीहरू, घाँसदाउरा–मेलापातमा हिँडेका… पुरा पढौ

टेवानले पोखरामा तीज सांस्कृतिक महोत्सव गर्ने

पोखरा, १६ भदौ, पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) आयोजनामा पोखरामा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ हुने भएको छ । ‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महिलाहरुको महान् पर्व हरितालिका तीज अवसरमा टेवानले दोस्रो संस्करणको रुपमा उक्त महोत्सव आयोजना गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलनमा टेवान अध्यक्ष कमला गिरीले नेपालको संस्कार, संस्कृति, कला, धर्म कसरी पर्यटनमा जोड्न सकिन्छ भन्ने उद्देश्यले गत वर्षदेखि तीज सांस्कृतिक महोत्सव आयोजना गरेकोमा यसपालि पनि निरन्तरता दिइएको बताइन् । उनका अनुसार यही भदौ २१ र २२… पुरा पढौ

पोखरा क्रिकेटको अन्तराष्ट्रिय भेनु बनाउन सकिन्छः अध्यक्ष चन्द (भिडियो सहित )

पोखरा १६, भदौं, पोखरालाई अन्तर्राष्ट्रिय क्रिकेटको भेनु बनाउन सकिने नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले बताएका छन् । क्रिकेट अम्पायरस् एण्ड स्कोरर्स एशोसियसन (कुसान)को आयोजना र प्रादेशिक क्रिकेट संघ गण्डकीको व्यवस्थापनमा पोखरामा आयोजित दुई दिने रिफ्रेशर प्रशिक्षणको अवसरमा पोखराका केही पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन् । यसै सम्बन्धि भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=dcFD5YWjV5c सन २०२७ मा हुने यू—१९ महिला विश्व क्रिकेट प्रतियोगिता काठमाण्डौं सहित पोखरामा समेत गर्न सकिने अध्यक्ष चन्दले बताए । पूर्वाधारको कारण पोखरा… पुरा पढौ

हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीमा गौतम र गण्डकीमा थापा चयन

पोखरा,१६ भदौ, नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीको अध्यक्षमा किशोरप्रसाद गौतम सर्वस्म्मत चयन हुनुभएको छ । संघको शनिबार सम्पन्न सातौँ साधारणसभा तथा चौथो अधिवेशनले गौतमको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो । संघको उपाध्यक्षमा श्याम सुवेदी, सचिव कृष्ण पौडेल, सहसचिव अर्जुन अधिकारी र कोषाध्यक्षमा अनन्तराज पौडेल चयन हुनुभयो । यसैगरी सदस्यहरुमा सुवास पौडेल, विशाल पौडेल, नवराज अिधकारी र रोहन गौतम निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक भीमसेन क्षेत्रीले जानकारी दिनुभयो । यसैगरी गण्डकी प्रदेशस्तरीय हेभी इक्युपमेन्ट अपरेटर… पुरा पढौ

पोखरा–४ ले आयोजना गरेको तीज गीत प्रतियोगितामा आदर्श महिला समूह प्रथम

पोखरा १६, भदौं पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजनामा वडा स्तरीय तीज गीत प्रतियोगिता सम्पनन भएको छ । शनिबार सम्पनन प्रतियगितामा नेपाल आदर्श महिला समूह प्रथम भएको छ । उक्त समूहले प्रथम हुँदै २० हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियगितामा महिला समाजसेवा समिति दोस्रो र शुभकामना महिला विकास केन्द्र तेस्रो भए । परोपकार सर्वेश्वर नारी समूह सान्त्वना भएको छ । दोस्रो, तेस्रो र सान्त्वना हुन सफल समूहले क्रमस १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र… पुरा पढौ

This will close in 20 seconds