समाज

घरदैलोमा व्यस्त अर्जुन पोखरेल प्यानल

पोखरा १३, भदौं, पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुवानी मैदानमा होमिएको अर्जुन पोखरेल प्यानल यतिबेला घरदैलोमा व्यस्त छ । भाद्र २८ र २९ गते हुँदै गरेको ३५ औं महाधिवेशनका लागि पोखरेल प्यानल मतदाताको समस्या सुन्दै र मत माग्दै हिंडिरहेको छ । बिन्ध्यवासिनी मन्दिरको दर्शन गरी घरदैलो सुरु गरेको टोलीले लामाचौर देखि छोरेपाटन सम्मका व्यवसायीहरुको पीर मर्कालाई सुनेर सम्बोधन गर्न प्रत्यत्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । व्यवसायीहरुको घरदैलोमा पुग्दा पोखरेल प्यानललाई राम्रो समर्थन मिलेको छ । सम्भावना बोकेको… पुरा पढौ

मानव अधिकारकर्मी टेकनाथ बरालको सम्झनामा स्मृति सभा, हरेक वर्ष टेकनाथ स्मृति सम्मान प्रदान गरिने

पोखरा १३, भदौं, ः मानव अधिकारकर्मी टेकनाथ बरालको प्रथम स्मृति सभामा बरालले मानव अधिकार रक्षा, प्राकृतिक स्रोत संरक्षण, बिभिन्न कालखण्डमा राजनीतिक परिवर्तनमा पु¥याएको योगदानको स्मरण गरिएको छ । सभामा बोल्दै परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले बरालले राजनीतिक परिवर्तनकालागि बामपन्थी नेताको रुपमा पु¥याएको योगदानको सम्झना गरे । राष्ट्रियताको रक्षा, सीमा सुरक्षाको सवालमा पनि बराल सक्रियतापूर्वक लागेको उनले सम्झीए । बरिष्ठ अधिवक्ता तिलक पराजुलीले बरालको बहुआयमीक पक्षको चर्चा गरेका थिए । २०२२ सालमा बनारस गएका बराल पुष्पलालको सम्र्कमा पुगेर बामपन्थी बिचारबाट प्रभावित भएर राजनीतिक… पुरा पढौ

ईन्टर स्कुल व्याण्ड कम्पिटिसन भोलिदेखि, तयारी पूरा

पोखरा, भदौ १३, पोखरामा भोलिदेखि ईन्टर स्कुल व्याण्ड कम्पिटिसन आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा शुक्रबार र शनिबार हुने दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसन पोखरा सभागृह हलमा आयोजना हुन लागेको हो । कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागि हुनसक्ने स्कुल व्याण्ड प्रतिष्पर्धामा १८ विद्यालयका १९ व्याण्डले प्रतिष्पर्धा गर्ने आयोजक पोखरा सांगीतिक कलाकार संघले जनाएको छ । धेरै विद्यालयले प्रतिष्पर्धाका लागि आवेदन दिएपनि डिजिटल अडिसनका आधारमा १९ व्याण्ड अन्तिम प्रतिष्पर्धाका लागि छनौट गरिएको संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी… पुरा पढौ

डागर स्मृति पुरस्कार युवा पाइटल दीक्षान्त जंग बहादुर राणालाई

डागर स्मृति प्रतिष्ठान नेपालले हरेक वर्ष ऋषि पञ्चमीका दिन अर्पण गर्दै आएको डागर स्मृति पुरस्कार यस वर्ष युवा पाइलट दीक्षान्त जंग बहादुर राणालाई अर्पण गर्ने भएको छ ।प्रतिष्ठानको हालै सम्पन्न बैठकले सन् २०१९ देखि अन्तरिक्ष यात्रीकारूपमा ब्रह्माण्ड अन्वेषणको सपना साकार पार्दै आएका दीक्षान्त जंग बहादुर राणालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।Ullens कलेज ललितपुरमा अध्ययन गर्दै विज्ञान र गणितका विलक्षण प्रतिभा दीक्षान्तले १७ वर्षको उमेरमा डेल्टा क्वालिफ्लाइटबाट व्यावसायिक उडान अनुमतिपत्र प्राप्त गरेका थिए । संयुक्त राज्य अमेरिकाबाट पाइलट कोर्ष पूरा… पुरा पढौ

नेलम्बो नेपालको प्राविधिक सहयोगमा सहारामा निःशुल्क दन्त शिविर

पोखरा १३, भदौं, पोखरा ९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा नेलम्बो नेपालको प्राविधिक सहयोगमा चार दिने निःशुल्क दन्त शिविर जारी रहेको छ । “स्वस्थ दाँत स्वस्थ जीवन” भन्‍ने नाराका साथ सञ्‍चालन भएको कार्यक्रमको समन्वय पोखरा महानगरपालिका सहरी स्वास्थ्य केन्द्र वडा नम्बर ९, ले गरेको हो। शुक्रबार सम्म चल्ने कार्यक्रमको उद्‍घाटनका क्रममा विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले दाँतको स्वास्थ्यले मानव स्वास्थ्यका साथै सौन्दर्यता पनि जोडेको हुँदा बालबालिकाहरूलाई यस किसिमको कार्यक्रम विद्यालयमा नेलम्बो नेपाल मार्फत दन्त शिविर सञ्‍चालन गर्न पाउँदा खुसी व्यक्त… पुरा पढौ

तीजको खर्चबाट विद्यालयमा अक्षयकोष

गण्डकी, १३ भदौ, नेपाली महिलाहरुको महत्वपूर्ण पर्व हरितालीका तिजमा दर खाने खर्च कटाएर यहाँको एक आमा समुहले सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । तीज पर्व होटल र पाटी प्यालेसमा भोज खाएर नभई शिक्षा क्षेत्रमा लगानी गरि मनाउने लक्षयका साथ पोखरा महानगरपालिका वडा नं. १७ स्थित ढुङ्गेसाँघु सितापाईला आमा समुहले स्थानीय जानकी माविमा ५१ हजार १०५ रुपैयाको अध्यक्ष कोष स्थापना गरेको हो । विद्यालयमा आयोजित एक कार्यक्रमका बिच उक्त रकम बरावरको चेक विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको थियो । सामुहिक… पुरा पढौ

खेलकुद मन्त्रीलाई ओलम्पिक कमिटीको सम्मान

काठमाडौँ, भदौ १२, नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बुधबार नेपाली खेलकुदको विकासका लागि खेल संघहरुले राम्रो काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल ओलम्पिक कमिटी ९एनओसी० ले बुधबार खेलकुदमन्त्री चौधरी र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीको सम्मानमा स्वागत कार्यक्रमको आयोजना गरेको थियो । एनओसीको सातदोबाटोस्थित भवनमा आयोजित कार्यव्रmममा सामाजिक सुरक्षमन्त्री भण्डारी भने कार्यव्यवस्तताका कारण उपस्थित हुन सक्नुभएन । मन्त्री भण्डारी एनओसीका सल्लाहकारसमेत रहनुभएको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले नवनियुक्त खेलकुद मन्त्री चौधरीलाई सम्मानपत्र प्रदान गर्नुभयो । सो… पुरा पढौ

कृस कञ्चन ज्वेलरीमा डायमण्ड सोरुम उद्घाटन

पोखरा, १२ भदौ, पोखरामा डायमण्ड (हिरा) का गहना सोरुम थपिएको छ । कञ्चन क्यापिटल प्रालि अन्तर्गतको कृस कञ्चन ज्वेलरी मोहोरिया टोलमा डायमण्ड सोरुम सञ्चालनमा ल्याइएको हो । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले बुधबार सोरुमको उद्घाटन गरेका हुन् । पोखरामा हिराका ग्राहकलाई मध्यनजर गर्दै सोरुम सञ्चालन गरिएको कञ्चन क्यापिटलका अध्यक्ष विमलमान गुभाजूले बताए । योभन्दा अघि कम्पनीकै अर्को शाखा पञ्चरत्न आभूषण प्रालि डायमण्डको सोरुम सञ्चालन आईसकेको उनले सुनाए । सोरुम उद्घाटनका अवसरमा भदौ १२ देखि १९ गतेसम्म… पुरा पढौ

लुम्बिनी बौद्ध विश्वविद्यालय र सिद्धार्थ हस्पिटालिटीको सहकार्य, विद्यार्थीलाई पढ्दै, सिक्दै कमाउने मौका

काठमाडौँ १२, भदौं, लुम्बिनी बौद्ध विश्वविद्यालय र सिद्धार्थ बिजिनेस ग्रुप अफ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटीबीच ब्याचलर इन् हस्पिटालिटी एण्ड् टुरिजम म्यानेजमेन्ट ९बिएचटिएम० अध्ययन गर्ने विद्यार्थीलाई बौद्ध दर्शनसमेतको सैद्धान्तिक र व्यवहारिक ज्ञानका साथ पढ्दै कमाउँदै गर्ने अवसर प्रदान गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा। डा। सुवर्णलाल बज्राचार्यले बौद्ध दर्शनका विविध आयामहरुमा अध्ययन, अनुसन्धान र सहकार्य गर्ने उद्देश्यका लागि प्रतिष्ठित सिद्धार्थ बिजिनेस ग्रुपसँग सहकार्य सम्झौता सम्पन्न भएकोमा खुशी व्यक्त गरे । यसप्रकारको… पुरा पढौ

शिक्षा क्षेत्रको सुधारको निम्ति मन्त्री भट्टराईद्वारा संचारकर्मीसंग सुझाव ग्रहण

काठमाडौ , भदौ १२, शिक्षा क्षेत्रको सुधारको निम्ति शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रालयले बुधबार संचारकर्मीसंग अन्तरक्रीया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले शिक्षा क्षेत्रमा बिद्यमान समस्यासंग शिक्षा क्षेत्र हेर्ने संचारकर्मीहरू परिचित र जानकार हुने भएको कारण विशेष अन्तरक्रीया कार्यक्रम मार्फत सुझाव ग्रहण गरेको जानकारी दिनुभयो। मन्त्री भट्टराईले प्राप्त उपयुक्त र संभावना हुने सुझावलाई लिपिबद्द गरि मन्त्रालयको कार्ययोजनामा समाबेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीहरूले शिक्षा क्षेत्रको सुदृढीकरणका लागि सुझाव… पुरा पढौ

This will close in 20 seconds