समाज

सराङकोट महायज्ञ भोली सकिदै, आज एकैदिन ५५ लाख बढी दान संकलन

पोखरा, २० फागुन, सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव भोली बुधबार सकिदैछ। भोली महायज्ञको नियमित कार्यक्रमका अतिरिक्त समापन समारोह हुने प्रसारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिनुभयो ।भोली नै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले त्यहाँ निर्मित बुहुउद्देश्यीय सामुदायिक भवनको उद्घाटन गर्ने तथा समापन समारोहलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।सोही अवसरमा सहयोगकर्ता विभिन्न संघसंस्था एवम् व्यक्तिलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ। मंगलबार आज मात्रै महायज्ञमा ५५ लाख बढी दान संकलन भयो ।योसँगै आजसम्म यज्ञमा कुल २ करोड ८… पुरा पढौ

पश्चिमाञ्चल माविमा ‘फूड फेस्टिबल’

पोखरा, फागुन २०, पुस्तकको बाहेक व्यवहारिक सीप उजागर गराउनका लागि पोखरा–४, गैह्रापाटनस्थित पश्चिमाञ्चल माविमा सोमबार एकदिने फूड फेस्टिबल आयोजना गरिएको छ । होटल व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीको संयोजनमा विद्यालयले फेस्टिबल आयोजना गरेको हो । फेस्टिबलको होटल संघ गण्डकीका अध्यक्ष हरि शर्मा गैह्रेले उद्घाटन गरेका थिए । विद्यालयले पछिल्लो तीनवर्षदेखि निरन्तर फूड फेस्टिबल आयोजना गर्दै आएको छ । प्रमुख अतिथि गैह्रेले विद्यार्थीमा रहेको सीप पस्कने अवसर यस्ता फेस्टिबलले दिने बताए । ‘विद्यार्थीले पुस्तकको ज्ञान मात्र पढेर हुँदैन । उनीहरुलाई व्यवहारिक सीप… पुरा पढौ

हिमालय एअरलाइन्सले पोखरा ल्हासा उडान गर्ने, १० लाख चिनिया पर्यटक भित्राउने लक्ष्य

दीननाथ बराल, पोखरा १९, फागुन, १० लाख चिनिया पर्यटक पोखरा सहित नेपाल भित्राउने लक्ष्य सहित हमालय एअरलाइन्सले पोखरा देखि ल्हासा सिधा हवाई उडान गर्ने भएको छ । नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हिमालय एअरलाइन्स्ले पर्यटनको राजधानी पोखरा र काठमाण्डौंबाट विश्वप्रसिद्ध ‘रुफ अफ द वल्र्ड’ ल्हासा बीच मार्च ३१ तारिख देखि हवाई उडान सुरु गर्ने भएको हो । यही मार्च ३१ तरिख देखि हप्ताको एक दिन उक्त रुटमा हवाई उडान गर्ने तयारी गरेको हिमालय एअरलाइन्सका उपाध्यक्ष… पुरा पढौ

गण्डकी प्रदेशका सामाजिक मन्त्री र भारतको पुदुचेरी सरकारका पदाधिकारी बीच भेटवार्ता

पोखरा, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापा र भारतको पुदुचेरी सरकारका उच्च पदाधिकारीहरू बीच भेटवार्ता भएको छ । सोमबार मन्त्रालयमा नै पुदुचेरी सरकारका सार्वजनिक निर्माण, पर्यटन तथा नागरिक उड्डयन, माछापालन तथा माछा व्यवसाय कल्याण, कानून, सूचना प्रविधि तथा मुद्रण विभागका मन्त्री माननीय के। लक्ष्मीनारायणन, उपसभामुख पी।राजवेलु र पुदुचेरी विधानसभाका सचिव जे।दयालन लगायतको टोलीसँग भेटवार्ता भएको हो ।भेटवार्ताका क्रममा पर्यटन प्रवद्र्धन, खेलकुदको विकास, सामाजिक क्षेत्र सुधार तथा सूचना प्रविधिमा सहकार्यका सम्भावनाहरूबारे छलफल भएको छ ।… पुरा पढौ

उच्च अदालत पोखराको फैसला कोटी होमकै पक्षमा

पोखरा, उच्च अदालत पोखराले पुनः कोटीहोम आयोजक मानव सेवा फाउण्डेशनकै पक्षमा फैसला गरेको छ । कोटीहोम सम्बन्धमा उच्च अदालतका न्यायाधीश द्वय दीपेन्द्र अधिकारी र रमेश कोइरालाको संयुक्त इजलासले यसअघि उच्च अदालतका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले गरेको फैसलालाई नै सदर गरेको हो । इजलासले यस मुद्दालाई अग्राधिकार दिएर छिटो पेशीतोकी कानून सम्मत निर्णय गर्न समेत आदेश गरेको छ । यही फागुन १ गते उच्च अदालतले कोटीहोम सञ्चालनमा कुनै बाधा अवरोध नगर्न अन्तरिम आदेश दिएको थियो । यो आदेश एक… पुरा पढौ

महायज्ञमा भक्तजनको घुइचो, एकै दिन ४० लाख संकलन

पोखरा, १९ फागुन, सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव अन्त्यतिर आइरहदाँ भक्तजनको सहभागिता एवम् दान रकम हवातै बढेको छ। महायज्ञको छैटौं दिन आज सोमबार करिव २० हजार भक्तजनले यज्ञ अवलोकन गर्नुभएको छ ।त्यहाँ आजमात्रै ४० लाख बढी दान संकलन भएको महायज्ञका कोषाध्यक्ष शिव कोइरालाले जानकारी दिनुभयो ।योसँगै हालसम्म यज्ञमा रु.१ करोड ५३ लाख बढी दान संकलन भएको छ । आज त्यहाँ सय बढी आमा समूह, टोल विकास संस्था तथा अन्य संघसंस्थाले सहयोग गर्नुभएको छ । पोखराका विभिन्न वडा,… पुरा पढौ

यस वर्षको जाउँ है पोखरा अभियान आरम्भ

पोखरा, १८ फागुन होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान यस वर्ष पनि आइतबारबाट आरम्भ भएको छ ।नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश पोखराका प्रमुख मणिराज लामिछाने र होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले प्रबर्द्धन अभियानका सहभागीलाई पोखरामा विदाई गरेका थिए । टोलीमा होटलकर्मी, संचारकर्मी र अन्य पर्यटन ब्यावसायी गरी २० जनाको सहभागिता छ । नेपाल पर्यटन बोर्ड गण्डकीको मुख्य प्रबद्र्धनमा यही फागुन १८ गते देखि फागुन २२ गते सम्म पूर्वी नेपालका जनकपुर, विर्तामोड,… पुरा पढौ

सराङकोट महायज्ञमा आजसम्म १ करोड १३ लाख संकलन

पोखरा, १८ फागुन, सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव अन्र्तगत पाँचौं दिन आज आइतबारसम्म कुल १ करोड १३ लाख बढी दान संकलन भएको छ । आज मात्रै २० लाख बढी दान संकलन भएको महायज्ञका कोषाध्यक्ष शिव कोइरालाले जानकारी दिनुभयो । आज सराङकोट जैसीथोक निवासी उमनाथ चपाई परिवारबाट रु.३ लाख २२ हजार २ सय २२, पोखरा १८ निवासी पूर्णप्रसाद तिमिल्सीनाको परिवारबाट पनि समान रु.३ लाख २२ हजार २ सय २२, पालिखेचोक निवासी विरेन्द्रमान् पालिखे परिवारबाट २ लाख ३३ हजार… पुरा पढौ

‘पोखरामा एक वर्षभित्र जलन उपचार अस्पताल बनाउँछौं’ मेयर आचार्य

पोखरा, १८ फागुन, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा एक वर्षभित्रै सुविधासम्पन्न जलन युनिट वा अस्पताल बनाउने प्रतिबद्धता जनाएका छन् । एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘अग्नि जलनमा मलम’ सत्रमा पत्रकार टीकाराम यात्रीसँगको संवादमा मेयर आचार्यले अन्तर्राष्ट्रिय विमानस्थल भएको सहर भएकाले त्यो बनाउनैपर्ने बताए । ‘पोखरामा अब एक वर्षभित्र सुविधासम्पन्न जलनको यूनिट बन्छ भनेर पीडककै अवस्थामा मैले डाक्टर सा’बलाई भनेको छु,’ उनले भने, ‘क्यान, नेपाल सरकारले पनि साथ दिनुपर्छ । कम्तीमा तीन वटा विमानस्थल भएको ठाउँमा यो अन्तर्राष्ट्रिय प्रोटोकलमा पनि… पुरा पढौ

हिमालय आँखा अस्पतालको ३२ औं बार्षिकोत्सव, पूर्वाधारको विकास विना विकास हुदैन मन्त्री गुरुङ (भिडियो सहित)

दीननाथ बराल, पोखरा १७, फागुन, ५० बर्ष निरन्तरत र धैयताले गर्दा संघिय मन्त्री हुदै गण्डकी प्रदेशको मुख्यमन्त्री हुदै हाल नेपाल सरकारका संचार तथा सूचना प्रविधि मन्त्री एवं प्रवक्ता हुने अवसर प्राप्त भएको मन्त्रीे पृथ्वीसुब्बा गुरूङले बताए । नेपाल नेत्र ज्योति संघ हिमालय आँखा अस्पतालको शनिबारमा पोखरामा आयोजना भएको ३२ औं बार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री गुरुङले आफ्नो लामो समय राजनीतिमा लागेका कारण हाल पुनः संघिय मन्त्रीको अवसरमा प्राप्त भएको बताएका हुन । कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न निरन्तरता र धैर्यता… पुरा पढौ

This will close in 20 seconds