समाज

गण्डकी प्रदेशको राजधानि पोखरा सहित प्रदेशमा आज बिहानै देखि सार्वजनिक यातायात सेवा बन्द

दीननाथ बराल, पोखरा १६, जेठ, गण्डकी प्रदेश सरकारले निजी सवारी साधनलाई सार्वजनिक सवारी सरह यात्रु ओसारपसार गर्न दिने निर्णय फिर्ता नगरेको भन्दै प्रदेशको राजधानि पोखरा सहित गण्डकी प्रदेशमा आज बिहानै देखि सार्वजनिक यातायात सेवा ठप्प भएको छ । आफुहरुले चरणबद्ध ढंगबाट माग राख्दै आए पनि सरकारले आफ्नो माग कुनै सुनुवाई नगरेको भन्दै आज देखि प्रदेशमा सार्वजनिक यातायात सेवा ठप्प पारिएको सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले जनाएको छ । प्रदेश सरकारले राइड सेयरिङ सम्बन्धी नियमावली ल्याएकोले त्यसको बिरोधमा आफुहरु… पुरा पढौ

पोखरा २२ का ५० परिवारलाई रोटरी क्लबद्धारा विद्युतिय चुल्हो सहयोग

पोखरा, रोटरी क्लब अफ पोखरा न्यूरोडको आयोजना र पोखरा महानगरपालिका वडा नं. २२ को कार्यालयको सहकार्यमा उल्लेरी गाउँका ५० घरपरिवारलाई विद्युतिय चुल्हो सहित आवश्यक भाडाहरु विहिबार वितरण गरेको छ । कार्यक्रमको प्रमुख अतिथि रोटरी इन्टरनेश्नल ३२९२ का गभर्नर इलेक्ट विनोद कोइरालाले सहभागिलाई २००० वाटको विद्युतिय चुल्हो, ३ लिटरको प्रेसर कुकर, दिउरी र कराई सहितको सेट सहभागि मध्ये जेष्ठ नागरिकलाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । साथै उनले विद्युतबाट चल्ने भएकोले प्रयोगमा ल्याउन सुरु सुरुमा अप्ठ्यारो हुने भएकाले इलेक्ट्रिसियनको सहयोग… पुरा पढौ

प्याब्सन कास्कीद्वारा प्रभावकारी शिक्षण तथा मूल्याङ्कन विषयक शिक्षक तालिम

पोखरा÷जेठ–१६, प्याब्सन कास्कीको आयोजनामा पाँओटा मुख्य विषयहरू नेपाली, अङ्ग्रेजी,गणित, विज्ञान र सामाजिक विषयको आधारभूत तह कक्षा ४ देखि कक्षा ८ सम्म अध्यापन गराउने प्याब्सन आवद्ध सस्थागत बिधालयका करिब ७ सय शिक्षकहरूका लागि पोखराका तीन ओटा पार्टी प्यालेसमा तालिम संचालन गरिएको छ । उक्त तालिम अन्तर्गत अङ्ग्रेजी विषयको शितलादेवी पार्टी प्यालेस चापापानीमा,एस।आर।के।सी। क्याटरिङ माटेपानीमा गणित र विज्ञान, साइमन पार्टी प्यालेस सृजनाचोकमा नेपाली र सामाजिक विषयका दुईदिने तालिम दशओटा हलहरूमा जेठ १५ गतेबाट सुरुवात भएका छन्। उक्त कार्यक्रममा पाठ्यक्रम विकास केन्द्र, काठमाडौँ… पुरा पढौ

पोखरामा पनि गणतन्त्र दिवस मनाईयो

दीननाथ बराल,पोखरा, १५ जेष्ठ, गण्डकी प्रदेश सरकारले गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । प्रदेश सरकारले प्रभात फेरि सहित विभिन्न कार्यक्रम गरि गणतन्त्र दिवस मनाएको हो । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उक्त कार्यक्रममा सम्बोधन गर्दै प्रदेशमा धेरै अधिकार दिएकोले त्यसको कार्वान्वयन गर्न आग्रह गर्नुभयो । गणतन्त्र स्थापना पछि जनताले शिक्षा, स्वास्थ्य, खेलकुद, खानेपानी , पूर्वाधार विकासमा केही कामहरूको सुरूवात भएको यहाँले बताउनुभयो । सिमित श्रोत साधनका बाबजुत सबै एक भई संघिय लोकतान्त्रीक गणतन्त्रको संस्थागत बिकासमा लाग्न प्रदेश प्रमुख… पुरा पढौ

पिएम कप एनभिएमा हेल्प नेपाल र पुलिसलाई उपाधि

पोखरा १५, जेठ, पोखरामा विहिबार सम्पन्न भएको पिएम कप एनभिए भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन हेल्प नेपाल स्पोर्टस क्लब र नेपाल पुलिस क्लवले उपाधि रक्षा गरेका छन् । गत बर्षकै विजेता टोलीले यस बर्ष पनि पोखरामा भएको फाइनल खेलमा समेत जित हासिल गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएका हुन् । पोखरा रंगशालाको कभर्ड हलमा विहिबार भएको नवौ पिएम कप एनभिए भलिबल लिगमा घरेलु टोली पुरुष तर्फ गण्डकीलाई ३–२ को सेटमा पराजित गर्दै नेपाल स्पोर्टस क्लबले उपाधि जितेको हो । फाइनलमा… पुरा पढौ

कोटीहोममा हिन्दूराष्ट्रको शंखघोष, १४ लाख भक्तजन सहभागी भएको दाबी

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा हिन्दूराष्ट्रको शंखघोष गरिएको छ । पोखराका कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंख बजाएर कोटीहोम सहित हिन्दूराष्ट्रको शंखघोष गरेका हुन् । योसँगै कोटीहोममा एक सय एक कुण्डमा एक करोड ५० लाख हवन भएको बताइएको छ । शंखघोषसँगै कोटीहोम सफलतापूर्वक सम्पन्न भएको दावी गरिएको छ । अधिकारीले यसअघि १६ मिनेट १३ सेकेण्ड लामो शंख बजाएको बताएका छन् । कोटीहोममा उद्घोष गरिएअनुसार अधिकारी लामो शंख बजाउनेमा विश्वकै तेस्रो व्यक्ति भएका… पुरा पढौ

पोखरामा एक्सपर्ट एजुकेसन ईन्टर स्कुल ब्वाईज टि–२० क्रिकेट प्रतियोगिता जेठ १७ गतेदेखि हुने

पोखरा, जेठ १५, पोखरामा जेठ १७ गतेदेखि एक्सपर्ट एजुकेसन ईन्टर स्कुल ब्वाईज टि–२० क्रिकेट च्याम्पीयनसीप हुने भएको छ । पोखरा महानगर क्रिकेट संघको आयोजना तथा एक्सपर्ट एजुकेसन कन्सल्टेन्सीको प्रायोजनमा हुने च्याम्पीयनसीप जेठ १७ गतेदेखि २४ गतेसम्म हुने विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । च्याम्पीयनसीपमा १२ स्कुलले सहभागिता जनाउने आयोजक पोखरा महानगर क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । च्याम्पीयनसीपमा त्रिवेणी पव्लिक स्कुल, मदरल्याण्ड सेकेण्डेरी स्कुल, वराही मावि, एसओएस, रत्नज्योति सेकेण्डरी स्कुल, डायमण्ड सेकेण्डरी स्कुल, प्रतिभा मावि,… पुरा पढौ

स्वर्गद्वारी र पोखराले पर्यट प्रर्वद्धन गर्न मिलेर काम गर्ने प्रतिवद्धता

प्युठान, स्वर्गद्वारी नगरपालिकाका प्रमुख टेकप्रसाद भण्डारीलेस्वर्गद्वारीबाट पर्यटकलाई पोखरा लैजान र पोखराबाट स्वर्गद्वारी पर्यटक ल्याउन सहकार्य गर्ने बताएका छन् । पृथ्वी होटल व्यवसायी समितिको भ्रमण टोलीलाई बिहीबार स्वर्गद्वारीनगरपालिकामा स्वागत गर्दै उनले यस्तो बताएका हुन् । उनले पोखरा भ्रमण वर्ष २०२५ को अबसरमा आफूले र नगरपालिकाका बासिन्दा पोखरा भ्रमण गर्ने समेत बताए । देशकै पर्यटकीय राजधानी पोखरा र पोखरा महानगरले पोखरा भ्रमणका लागि अभिप्रेरित गर्न पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरेको प्रति आफूहरु प्रभावित भएको बताएका उनले पोखरा भ्रमण वर्ष सफल पार्दा… पुरा पढौ

पोखरामा भेट्रान्स टेनिस प्रतियोगिता शुरु

जेष्ठ १५,पोखरा, कास्की जिल्ला टेनिस संघको आयोजना तथा प्याराडिसो स्पोर्ट बारको सहयोगमा पोखरामा आजदेखि कास्की भेट्रान्स सिंगल तथा डबल्स टेनिस प्रतियोगिता शुरु भएको छ । संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङ र प्याराडिसोका सञ्चालक गोपीबहादुर भट्टराईले अफिसियल सन्दिप विकलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको शुरुवात गरे । खेलको नतिजाबाट कास्कीका भेट्रान्स खेलाडीहरुको रेंकिङ समेत गरिने भएकाले यो प्रतियोगिताको विशेष महत्व रहेको आयोजक संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङले बताउनुभयो । टेनिसतर्फ भेट्रान्स खेलाडीहरु आकर्षण बढ्दै गएको अवस्थामा उनीहरुको खेल कौशल बढाउन यस्ता… पुरा पढौ

पोखरामा ४५ दिने चिनिया भाषा तालिम

पोखरा, १५ जेठ, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजना एवम् नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको सह आयोजनामा बुधबारदेखि पोखरामा ४५ दिने चिनिया भाषा तालिम सुरु भएको छ ।नेपालमा आउने चिनिया पर्यटकलाई लक्षित गरी उनीहरूलाई प्रदान गरिने आतिथ्यतामा भाषाको विशेष महत्व हुने अवस्थालाई दृष्टिगत गर्दै आयोजित तालिममा ८४ जनाको सहभागिता छ । पोखरामा चिनिया पर्यटकको आगमन बढीरहेका सन्दर्भमा भाषिक सञ्चारको विशेष महत्व हुने भएकोले तालिम आयोजना गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले जानकारी दिनुुभयो ।तालिममा पर्यटन… पुरा पढौ