समाज

पोखरामा २१ औं खुल्ला नेपाल प्याराग्लाइडिङ प्रतियोगिता विहिबार देखि हुने (भिडियो सहित) ७ देशका १४ महिला सहित ९० प्याराग्लाईडिङ पाइलट पोखराको आकासमा ..

दीननाथ बराल, पोखरा २, चैत, नवौं राष्ट्रिय खेलकुदका क्रममा निसिम थापाको प्याराग्लाईडिङ उडानको क्रममा दोश्रो दिनमा दुर्घटनामा परी ज्यान गएसंगै स्थगित भएको सोलो प्याराग्लानईडिङ सहितको प्रभावित भएको खुल्ला नेपाल प्याराग्लाईडिङ च्याम्पियनसिपको २१ औं संस्करण यही चैत ५ गतेदेखि पोखरामा सुरु हुने भएको छ । पाँच वर्षपछि पोखरामा आयोजना हुन लागेको २१ औं संस्करणको खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको ९० प्रतिशत तयारी पूरा भएको आज (सोमबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=Ynw5cVsMIR4 नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा… पुरा पढौ

पोखरा रात्रि दौडको हस्पिटल पार्टनरमा मेडिप्लस

पोखरा, २ चैत, पोखराको रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले यही चैत २८ गते पोखरामा आयोजना हुने पोखरा रात्रिदौड प्रतियोगिता–२०८३ मा हस्पिटल पार्टनरका रूपमा सहयोग गर्ने भएको छ । मेडिप्लस हस्पिटलका प्रमुख सञ्चालन अधिकृत प्रकाश वि.क. र प्रतियोगिता संयोजक दीननाथ बरालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार प्रतियोगिता सफल बनाउन हस्पिटलले निःशुल्क एम्बुलेन्स सेवासहित आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने र आयोजकले प्रतियोगिता अवधिभर हस्पिटललाई आधिकारिक ‘हस्पिटल पार्टनर’का रूपमा समावेश गर्ने सहमति भएको हो । यसका साथै हस्पिटलले प्रतियोगिताको खुलातर्फको… पुरा पढौ

एसईई परीक्षा व्यवस्थित र पारदर्शी बनाउन कार्यशाला आवश्यक स् मन्त्री थापा

पोखरा, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले माध्यमिक शिक्षा परीक्षा (एसईई) जस्तो महत्वपूर्ण राष्ट्रिय परीक्षालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी ढंगले सञ्चालन गर्न कार्यशालाहरू अत्यन्त महत्वपूर्ण हुने बताएका छन्। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विकास महाशाखाद्वारा आयोजित दुई दिने “माध्यमिक शिक्षा परीक्षा ९एसईई० सञ्चालन तथा व्यवस्थापन सुधार कार्यशाला” कार्यक्रममा उनले यस्तो बताएका हुन् । मन्त्री थापाले परीक्षा व्यवस्थापनमा संलग्न सरोकारवालाबीच अनुभव आदान–प्रदान, समस्या पहिचान तथा समाधानका उपायबारे गहन छलफल हुने विश्वास व्यक्त गरे।… पुरा पढौ

पोखरामा एच टि सि मोबाइलको बिक्री वितरण सुरु

पोखरा, २ चैत, पोखराका तीन जना युवा व्यवसायीले एच टि सि मोबाइलको बिक्री वितरण सुरु गर्नुभएको छ । एमटिएस ट्रेडर्स प्रा.लि.मार्फत आइतबारदेखि पोखरा बजारमा एच टि सि मोबाइल उपलब्ध गराउन थालिएको हो। यसअघि रियलमी, इन्फिनिक्स, जेटटी, यूमिडिगी लगायत विभिन्न ब्रान्डका मोबाइल फोन बिक्री वितरण गर्दै आउनुभएका व्यवसायीहरूले अब संयुक्त रूपमा पनि एच टि सि मोबाइलको पोखरा क्षेत्रका लागि बिक्री वितरण सुरु गर्नुभएको हो।संस्थाका अध्यक्ष युवा व्यवसायी तारानाथ आचार्यले पोखरामा एच टि सि मोबाइलले राम्रो बजार पाउने विश्वास व्यक्त गर्नुभयो ।… पुरा पढौ

पोखरामा गुरुङ कथानक चलचित्र सौंर्बे म्रु प्रिमियर शो र ७ गते श्रीकृष्ण हलमा प्रदर्शन

पोखरा, ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा भिआइपी ९प्रिमियर शो० प्रदर्शन गरिएको छ । सोम गुरुङको निर्देशनमा तयार भएको चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ पोखराको मिडटाउन फिल्म हलमा भिआइपी ९प्रिमियर० शो गरिएको हो । प्रिमियर शोमा बोल्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले चलचित्र प्रदर्शनपछि घान्द्रुकको पर्यटन प्रवद्र्धनमा थप मद्धत पुग्ने विश्वास रहेको बताए । ‘घान्द्रुकको आसपास क्षेत्रमा निर्माण गरिएको चलचित्र मनको राजा सबैको राजा… पुरा पढौ

पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि, पेट्रोलमा १५ र डिजेल तथा मट्टितेलमा १० रुपैयाँ बढ्यो

पोखरा, मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि भएको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गर्दै नयाँ दर लागू गरेको जनाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ का दरले मूल्य बढाइएको हो। यसअघि गत फागुन १७ गते प्रतिलिटर पेट्रोलको मूल्य १५४.५ रुपैयाँ, डिजेलको १३९.५ रुपैयाँ र मट्टितेलको १३९.५ रुपैयाँ कायम गरिएको थियो। सोमबार बिहान १ः०० बजे देखि उक्त मुल्य लागु… पुरा पढौ

बन्दीपुरमा पहिलो पटक प्रदेशस्तरीय होमस्टे मार्ट हुने, सहभागिताका लागि आवेदन खुला

दीननाथ बराल,पोखरा, चैत १, तनहुँको पर्यटकीय गाउँ बन्दीपुरमा ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित पहिलो पटक प्रदेशस्तरीय होमस्टे मार्ट आयोजना हुने भएको छ । आगामी वैशाख १८ र १९ गते हुने उक्त कार्यक्रममा सहभागी हुन चाहने गण्डकी प्रदेशका होमस्टे, फार्मस्टे तथा पर्यटनसँग सम्बन्धित संस्थाहरूलाई आवेदन दिन हाल आह्वान गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजनामा तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको सह–आयोजनामा उक्त कार्यक्रम हुने तयारी गरिएको हो । मार्टमा सहभागी हुन… पुरा पढौ

टेम्पल ट्री रिसोर्ट १६ औं वर्षमा प्रवेश, वार्षिकोत्सवका अवसरमा सामाजिक कार्य तथा उत्कृष्ट कर्मचारी सम्मान

पोखरा, पोखरा–६ बैदामस्थित टेम्पल ट्री रिसोर्ट प्रा.लि. स्थापनाको १५ वर्ष पूरा गरी १६ औँ वर्षमा प्रवेश गरेको छ । रिसोर्जले यस अवसरमा विभिन्न सामाजिक कार्य गर्दै वार्षिक उत्सव मनायो । आइतबार बिहान लेकसाइडको स्ट्रिट नम्बर ६ वरपर सरसफाई तथा डष्टविन वितरण गरेको थियो । त्यसैगरी मानव सेवा आश्रम, हेम्जामा खाद्य सामग्री वितरण गरेको थियो । दिवसका अवसरमा आइतबार टेम्पल ट्री प्रा।लि। परिसरमै एक समारोहको आयोजना गरियो । समारोहमा रिसोर्टमा कार्यरत उत्कृष्ट कर्मचारी सम्मान तथा आपसमा शुभकामना आदान–प्रदान गरियो । रिसोर्टमा… पुरा पढौ

नयाँ बर्षको अवसरमा पोखरामा रात्रि दौड प्रतियोगिता हुने

१ चैत, पोखरा, पर्यटनको राजधानि पोखरामा यही चैत २८ गते रात्रि दौड प्रतियोगिता–२०८३ को आयोजना हुने भएको छ । नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरामा पहिलो पटक उक्त रात्रि दौड प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा खुलातर्फ प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई पाँच हजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै महिला, विद्यार्थी (यू–१६) र विदेशी सहभागीका लागि छुट्टाछुट्टै विधाका विजेतालाईसमेत… पुरा पढौ

खेलकुद पत्रकारिता तालिम सम्पन्न

पोखरा, पोखरामा खेलकुद पत्रकारको क्षमता अभिबृद्धिका लागि दुईदिने खेलकुद पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा तालिमको आयोजना भएको हो । पोखरामा रहेर काम गरिरहेका पत्रकारहरूलाई विभिन्न विधाका खेलका रिपोर्टिङ कसरी गर्ने र कस्ता नियम छन् भन्ने बारेमा प्रशिक्षण दिइएको थियो । विशेष गरि खेलकुदको क्षेत्रमा कलम चलाउन मद्दत पुग्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको हो ।दुईदिने तालिममा राष्ट्रिय खेल भलिबलका प्रशिक्षक राजन पौडेल, क्रिकेटका अन्तर्राष्ट्रिय अम्पायर दुर्गानाथ… पुरा पढौ

This will close in 20 seconds