देश तथा समाज पत्रिका

मकै लिनेको भिडः

पर्साको बिरगंजमा हरियो मकै लिनेको भिडभाड भएको छ । अफ्सिजनमा भारतबाट आयात गरिएको हरियो मकै साना व्यपारीहरुले खरिद गर्न भिडभाड भएको हो । प्रति घोगा मकैको १० रुपैया पर्ने भए पनि त्यसबाट साना खुद्रा तथा सडक व्यापारीहरुले पोलेर तथा अन्य परिकार बनाउदै तीन गुणा बढीमा बिक्रि गर्दै आएका छन्। तष्विर दीननाथ बराल÷बिरगंज पुरा पढौ

बन्दै गरेको लिफ्टबाट खसेर एक ईन्जिनीयरको पोखरामा मृत्यु

दीननाथ बराल पोखरा १६, माघ पोखरामा बन्दै गरेको लिफ्टबाट खसेर एक ईन्जिनीयरको मृत्यु भएको छ । पोखरा ६ खहरे चोक स्थित चिनिमाया भण्डारीको बन्दै गरेको घरको ५ औँ तलाको लिफ्टमा पर्न गई अचानक खस्दा पोखरा रत्नचोक बस्ने ३७ बर्षका ई.प्रबिण भट्टराईको मुत्यु भएको प्रहरीले जनाएको छ । तातो पानीको सर्बे गर्ने क्रममा उक्त भवनमा अध्ययन तथा अवलोकन गर्न पुगेका ई.भट्टराई दिउँसो १ः०० बजे अचानक बन्दै गरेको लिफ्टबाट खस्न पुगेको स्थानियले जनाए । पोखराको न्युरोड स्थित मुक्ति ईनर्जी प्रा.लि.का ईन्जिनियर भट्टराई… पुरा पढौ

नेता र सरकारी कर्मचारीका छोरा छोरी सरकारी बिद्यालयमा पढाउदा शिक्षामा सुधार हुुन्छःअध्यक्ष तिमिल्सिना

दीननाथ बरालपोखरा १६, माघ राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राजनीतिक दलका नेता र सरकारी कर्मचारीका छोराछोरालाई सरकारी बिद्यालयमा अध्ययन गर्ने गराउने निती अबलम्बन गर्न सके नेपालको शिक्षामा थप विकास हुने बताउनु भयो । पोखरा २२ (पुम्दी भुम्दी) मा रहेको शुक्रराज माविको मंगलबार सम्पन्न भएको ५५ औं बार्षिकोत्सव एवं पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले नेपालको शिक्षा क्षेत्रको विकास गर्न नेता र सरकारी कर्मचारीका छोराछारीलाई अनिवार्य रुपमा सरकारी बिद्यालयमा अध्ययन गर्ने गराउने निती मात्र अबलम्बन गर्दा शिक्षाको गुणस्तरमा विकास… पुरा पढौ

चर्च व्वाईज तगारो बन्दा पुलिस यसपाली पनि आहा रारा पोखरा गोल्ड कपबाट बाहिरियो, चर्च व्वाईज सेमिफाइनलमा

दीननाथ बरालपोखरा १६,माघ दुई बर्ष देखि चर्च ब्वाइज युनाइटेड क्लव तगारो बन्दा नेपाल पुलिस क्लव आहा रारा पोखरा गोल्ड कपको यात्रामा अघि बढ्न सकेको छैन्। आहा रारामा गत बर्ष देखि उदय भएको नयाँ क्लव चर्च व्वाईजले यसपाली पनि पुलिसलाई पराजित गर्दै २३ ओैं संस्करणको आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रबेश गरेको छ । शहीद स्मारक ए डिभिजन लिग फुटबलको च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लव सामु यस बर्ष बदला लिने लक्ष्यका साथ मैदानमा उत्र्रिएको नेपाल पुलिस क्लव पाएका केही अवसरलाई… पुरा पढौ

पोखरा म्याराथनमा कोटा (संख्या) निर्धारण

पोखरा १६, माघ १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागि हुने धावकहरुको कोटा ९संख्या० निर्धारण संगै माघ २८ गते सम्म खेलाडीहरुको अन्तिम दर्ता हुने आयोजकले जनाएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्च नेपालले सञ्चालन गर्ने देशकै जेठो र पहिलो म्याराथन पोखरा म्याराथनमा सहभागिता जनाउन कोटा निर्धारण गरिएको हो । नेपाली सिटी म्याराथनको इतिहासमा नै यसरी कोटा निर्धारण गरिएको हो । संसारभरका अन्य ठूला म्याराथनलाई समेत आत्मसाथ गर्दै पहिलो पटक यसरी कोटा निर्धारण गरिएको मञ्चका अध्यक्ष… पुरा पढौ

पुन हिल कप भलिवल प्रतियागिता पोखरामा जारी

पाखरा १६, माघ पुन हिल कप भलिबलः प्रौढतर्फ सेमिफाइनल समिकरण पूरा पोखरा प्रथम पुन हिल कप भलिबल प्रतियोगितामा प्रौढतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ । मंगलबार क्वार्टरफाइनलका खेल सकिएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । ४० वर्षमाथिको प्रौढ भलिबलमा आयोजक पुन समाज नेपाल, पोखरा भेट्रान्स, रामबजार भेट्रान्स र सिद्धिकाली गाछेपानी भेट्रान्स सेमिफाइनल प्रवेश गरेका हुन् । बाइ पाएर सिधैं क्वार्टरफाइनल खेलेको पुन समाज नेपालले सोमबार नै ढुंगेपाटन पुन समाजलाई २–१ को सेटमा पराजित गर्दै सेमिफाइन स्थान सुरक्षित गरेको थियो ।… पुरा पढौ

प्रेस चौतारी पुरस्कारबाट बराल, मिना र हुम सम्मानित हुने

पोखरा १६, माघ प्रेस चौतारी, कास्कीले स्थापना एवं सञ्चालन गरेको ुप्रेस चौतारी पत्रकारिता पुरस्कारु बाट यस वर्ष माधव बराल पुरस्कृत हुने भएका छन् । प्रेस चौतारी पत्रकारिता सम्मान २०८० मीना गुरुङ र हुम गुरुङलाई अर्पण गर्ने पनि प्रेस चौतारीले जनाएको छ । प्रेस चौतारीको २६ औं स्थापना दिवसको अवसरमा कास्की शाखाले पुरस्कार एवं सम्मान अर्पण गर्न लागेको हो । पूर्व अध्यक्ष हरि बास्तोला संयोजक, पूर्व अध्यक्ष श्याम कुँवर र पूर्व पुरस्कृत व्यक्तित्व शान्ति गुरुङ सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी… पुरा पढौ

माघ १८ देखि २ पोखरा थिएटरमा धनिरामको गोरू मंचन

पोखरा १६, माघ पद्मा प्रेम थिएटरको प्रस्तुतिमा माघ १८ देखि २७ सम्म धनिरामको गोरू मंचन हुने भएको छ । पोखरा थिएटरमा १० दिनमा १२ सो मंचन हुने तयारी गरिएको पत्रकार सम्मेलन मार्फत सोमबार जानकारी गराइएको छ। प्रत्येक दिन बेलुका ५ बजे नाटक मंचन हुने अध्यक्ष साबित्रा पाठक (सबु) ले जानकारी गराइन । उनका अनुसार शनिबार १ बजे पनि नाटक मंचन गरिनेछ। धनिरामको गोरू हाम्रै समाजकै कथा भएकाले मंचनका लागि रोजाइमा परेको सबुले बताइन । पोखरामा नाटक मंचनलाई बढ्वा दिने उद्देश्य… पुरा पढौ

पोखरा म्याराथन सफल बनाउन ‘मिडिया पार्टनर’हरु संग छलफल

पोखरा १६, माघ १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सञ्चार माध्यमबाट अझै उचाईमा पुर्‍याउन ‘मिडिया पार्टनर’हरु संग छलफल सम्पन्न भएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा सोमबार एक छलफल कार्यक्रम सम्पन्न भएको हो । सो अबसरमा मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले पोखरा म्याराथनलाई जन–जनमा पुर्‍याउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकोले त्यसतर्फ सबैको सहयोगका लागि आग्रह गरे । पोखरा म्याराथन सुरु हुनका लागि अझै १८ दिन बाँकी हुँदा १२ देशका २९ विदेशी धावकहरुले… पुरा पढौ

प्रेस सेन्टरको बिरगंजमा २० औं स्थापना दिवस सम्पन्न, एक स्थानीय तह एक पत्रकार उत्पादनमा जोड

वीरगञ्ज, १६, माघ प्रेस सेन्टर नेपालको २० ओै स्थापना दिवस पर्साको बिरगंजमा सम्पन्न भएको छ । सेन्टरले विभिन्न कार्यक्रम सहित आफ्नो राष्ट्रिय परिषद बैठक सहित स्थापना दिवस मनाएको प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले बताउनु भयो । बैठकमा पत्रकार सुद्धिकरण, पत्रकारको क्षमता विकास, सङ्गठनको साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदनसँगै विधान संशोधन मस्यौदा र नेपाल पत्रकार महासङ्घको आगामी निर्वाचन लगायत विषयमा छलफल भएको उहाँले जनाउनु भयो । बैठकले एक स्थानीय तह एक पत्रकार, एआईको शहि ढंगले उच्चतम प्रयोग गर्ने, एक मिडिया एक… पुरा पढौ