देश तथा समाज पत्रिका

पोखरा महानगरपालिकाद्धारा ९५ हजार ६६९ केजी कृषि उपजको रु।२६ लाख ७९ हजार समर्थन मूल्य प्रदान

पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी बेहोरेका १६ वटा कृषि फार्महरूलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ । बुधवार आयोजित एक कार्यक्रमका बिच महानगरपालिकाका प्रमुख धनराज आचार्यले ती फार्महरूलाई समर्थन मूल्य प्रदान गर्नुभएको हो । ६० हजार ४४१ केजी च्याउ, २५ हजार ४१७ केजी गोलभेँडा, ९ हजार ५२० केजी सिमी र २९१ केजी कोदो गरी ९५ हजार ६६९ केजी कृषि उपजको रु।२६ लाख ७९ हजार ७६१ समर्थन मूल्य प्रदान गरिएको हो । पोखरा महानगरपालिका भित्र उत्पादन भएका तर तोकिएको मूल्य नपाएका… पुरा पढौ

कास्कीको झोवाङमा रहेको शीतल गुफामा महाशिवरात्रि मेला लाग्ने

दीननाथ बरालकास्कीको झोवाङमा रहेको शीतल गुफामा यही फागुन २५ गते अर्थात महाशिवरात्रि पर्वको अवसरमा बिषेश मेला लाग्ने भएको छ । महाशिवरात्रिमा गाईको दूध चढाउने श्रद्धालु भक्तजनहरुको भीड लाग्ने भएकोले उक्त दिनमा सो क्षेत्रमा मेला लाग्ने भएको शीतल गुफा धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष सदाखर पौडेलले बताए । पोखराको मुख्य बजारबाट देखि करिब ४२ किलोमिटरको दूरीमा रहेको सो गुफाभित्र चमेरा सहितका विभिन्न देव देउताका आकृतिहरु तथा गुफा भित्र अचम्मको टल्कने टलक लगायतका निकै आकर्षक रहेको उनले जनाए । सो गुफामा… पुरा पढौ

महिला सशक्तिकरणमा जोड

महिलाका हक अधिकार सुनिश्चितताका लागि महिला सशक्तिकरण अपरिहार्य भएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कास्की र युएसआईडि जल जंगल परियोजनाद्धारा संयुक्तरुपमा आयोजित अन्तरकृया कार्यक्रममा बक्ताहरुले महिला सशक्तिकरणको खाँचो औल्याएका हुन । “महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी” नाराका साथ आयोजित कार्यक्रममा महिला सम्वन्धि संवैधानिक अधिकार अक्षरस कार्यान्वयन गर्न तीनै तहका सरकार जिम्मेवार हुनु पर्नेमा सहभागिको जोड थियो । गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य अञ्जला… पुरा पढौ

ललित गौचन स्मृति समाजसेवा सम्मान माछापुच्छ्रे महिला क्लबलाई

नागरिक समाज पोखराले हरेक वर्ष प्रदान गर्दै आएको ललित गौचन स्मृति समाजसेवा सम्मान यस वर्ष पोखरा ७ स्थित माछापुच्छ्रे महिला क्लबलाई प्रदान गरिएको छ । फोहोर मैला व्यवस्थापन र वातावरण सरसफाइ अभियानमा सकृर्य र उदारणिय कार्य गरे वापत क्लबलाई सम्मान गरिएको हो । सम्मान अर्पण गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सामुहिक प्रयासले मात्र पोखरालाई सफा,सुन्दर र हरियाली बनाउन सकिने बताउदै समाजलाई सुसस्कृत बनाउन अहिले विद्यमान निराशा र अराजक्तालाई सकरात्मक प्रयास मार्फत निर्मुल पार्नु पर्ने बताउनु भयो । पोखरालाई हरित… पुरा पढौ

पुन युनाइटेड बास्केटबल प्रतियोगितामा दोस्रो दिन ७ खेल

पुन एकता क्लब पोखराको आयोजनामा मंगलबारदेखि सुरु भएको खुला बास्केटबल प्रतियोगिता दोस्रो दिन ७ खेल भएका छन् । रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा भेट्रान्सतर्फ १ र पुरुषतर्फ ६ खेल भएको क्लबका सदस्य राजेन्द्र पुनले जानकारी दिए । भेट्रान्सतर्फको खेलमा सात गाउँ पुन मगर समाजले रामबजारलाई पराजित गरेको उनले बताए । पुरुषतर्फको खेलमा खेलमा सात गाउँ पुन मगर समाजलाई गलेश्वर बास्केटबल क्बलले हरायो । दोस्रो खेलमा आयोजक पुन युनाइटेड क्लबलाई रामबजारले पारजित ग¥यो । बुधबारको खेलमा मर्दीखोलाको २ टिम अघि… पुरा पढौ

महाशिवरात्रि पर्वको अवसरमा पोखरामा उखु भित्रियो

दीननाथ बराल महाशिवरात्रि पर्वको अवसरमा पोखरामा उखु भित्रिएको छ । यस बर्ष पोखरामा गण्डकी प्रदेशका २ जिल्लाबाट उखु भित्रिएको हो । प्रदेशको गोर्खा र तनहुँबाट मात्र उखु महाशिवरात्रि पर्वलाई लक्षित गरी उखु भित्रिएको व्यवसायीहरु बताउछन् । यही फागुन २५ गते (शुक्रबार) महाशिव रात्रि पर्वलाई लक्षित गरी गोर्खाको च्याङलीङबाट धेरै मात्रामा र तनहुँको दामौलीबाट केही मात्रामा पोखरामा केही दिन देखि उखु भित्रिएको पोखरा शान्तिवन वाटिकामा रहेको कृषि उपज बजार व्याबस्थापन समितिका योजना सहायक रुपा दाहालले बताइन् । कालोजातको उखु खानको लागि… पुरा पढौ

गण्डकी प्रदेशका ओलम्पियन ९ जना खेलाडीहरुलाई प्रदेश सरकारबाट मासिक ५ हजार सहित सम्मान

दीननाथ बराल, गण्डकी प्रदेश सरकारले ओलम्पिक खेलमा सहभागी प्रदेशका ९ जना ओलम्पियनहरुलाई मासिक भक्ता ५ हजार सहित सम्मान गरेको छ । आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मासिक ५ हजारका दरले (वार्षिक ६० हजार) सहित कार्यालयमै प्रदेशका ओलम्पियन ९ जना खेलाडीहरुलाई सम्मान गर्नु भएको हो । सम्मानीत हुनेहरुमा बाग्लुङका भगवती खत्री, गोरखाका टिकाबहादुर बोगटी, ऋषिराम प्रधान, ज्ञानबहादुर बोहोरा, तनहुँका सिताराम शाही, राजेन्द्रबहादुर भण्डारी, कास्कीका मनिषा अधिकारी, नारायणबहादुर गुरुङ र नवलपुरका तिलकराम थारु रहनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज… पुरा पढौ

धादिङ गजुरीको गलौदीमा बस दुर्घटना हुँदा ६ को मृत्यु

धादिङ गजुरीको गलौदीमा आज बिहान बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । लुम्बिनीबाट काठमाडौं जादैं गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी जवान जनप्रकाश सिंहले पोखराक्लिकलाई बताउनु भयो । आज बिहान करिब ४ः३ बजेको समयमा लु २ ख २१२१ नम्बरको बस बिहान सडकबाट करिब ९० मिटर तल त्रिशूलीमा खसेको उहाँले जनाउनु भयो । उक्त बसमा करिब ५१ जना सवार भएको प्रारम्भिक अध्ययनबाट खुलेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी उद्धार गरिएकाहरूलाई… पुरा पढौ

केन्द्रमा नयाँ गठबन्धन भएसंगै गण्डकी प्रदेशमा पनि त्यसको असर पर्यो, प्रदेशका दुई मन्त्री बर्खास्त

दीननाथ बराल केन्द्रमा नयाँ गठबन्धन भएसंगै गण्डकी प्रदेश सरकारमा पनि त्यसको असर परेको छ । नेपाली कागेंस नेतृत्वमा रहेको प्रदेश सरकारमा रहेका माओबादी केन्द्रका दुई जना मन्त्रीलाई सरकारले बर्खास्त गरेको हो । प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रबाट मन्त्री हुनु भएको भौतिक पूर्वाधार तथा यातायात व्यबस्था मन्त्री रेशमबहादुर जुग्जाली र सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशील सिंखडालाई बर्खास्त गर्नु भएको हो । दुई मन्त्रीलाई बर्खास्त गरेसंगै उहाँले उक्त मन्त्रालयको कार्यभार हाल आफुले नै सम्हाल्ने गरी आफ्नो माताहातमा राख्नु भएको… पुरा पढौ

गण्डकी प्रदेश सरकारले प्रदेशका ओलम्यिनलाई बुधबार मासिक भत्ता दिने

दीननाथ बराल गण्डकी प्रदेश सरकारले प्रदेशका ओलम्यिनहरुलाई भोलि (बुधबार) मासिक भत्ता वितरण गर्न सुरु गर्ने भएको छ । प्रदेश सरकारले घोषणा गरेको उक्त रकम बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमै प्रदेशका ओलम्पियनहरु मसिक भक्ता वापतको रकम हस्तान्तरण गर्ने भएको हो । ओलम्पिकमा सहभागी भएका प्रदेश भित्रका खेलाडीहरुलाई सरकारले मासिक ५ हजार रूपैयाँ प्रोत्साहन भत्ता दिने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले घोषणा सहित बजेटमा समेत उल्लेख गर्नु भएको थियो । गण्डकीबाट स्विमिङ, जुडो, एथलेटिक्स र सुटिङमा गरी ७ जना खेलाडी ओलम्पिकमा सहभागी हुनु भएको… पुरा पढौ