देश तथा समाज पत्रिका

स्वतन्त्र प्रेस जगतमा हस्तक्षेपको काम भइरहेको छ ः विष्णुप्रसाद लामिछाने

नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले स्वतन्त्र प्रेस जगतमा हस्तक्षेपको काम भइरहेको बताएका छन् । नेपाल प्रेस युनियनको ३३ औं स्थापनाको सन्दर्भमा नेपाल प्रेस युनियन कास्की शाखाले आईतबार आयोजना गरेको ‘प्रेस माथिका चुनौती’ विषयक परिसंवाद कार्यक्रममा महामन्त्री लामिछानेले प्रेस कसरी गलत सावित गर्न सकिन्छ भनेर केही पक्ष लागिरहेको बताएका हुन् । ‘कहीँ न कहीँबाट हस्तक्षेप भइरहेको छ । कुनै न कुनै माध्यमबाट कुनै न कुनै शक्तिले प्रेस जगतलाई कसरी गलत सावित गर्न सकिन्छ भनेर लागि रहेको छ,’ उनले भने,… पुरा पढौ

पञ्चासेमा प्रदेश प्रमुख, प्रचार प्रसार गर्न सुझाव

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ऐतिहासिक धार्मिक पर्यटकीय स्थल पञ्चासे क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ ।पारिस्थितिकीय रूपमा समेत अत्यन्त महत्वपूर्ण क्षेत्र पञ्चासेको यात्रा उहाँले पञ्चासेद्वार भञ्ज्याङदेखि पैदल नै गर्नुभएको हो । गण्डकीका तीन जिल्लाहरु कास्की, स्याङ्जा र पर्वतको संगमस्थल रहेकाले पनि उहाँले निकै उत्साहपूर्ण तबरले पैदलयात्रा गर्नुभयो । पोखरा महानगरपालिका वडा नंंं. २३ का अध्यक्ष रामकाजी गुरुङ, युवा पर्यटन व्यवसायी गोविन्द लामिछानेले सुनाखरी पदमार्ग यात्राका क्रममा सहजीकरण गर्नुभएको थियो । पोखराबाट शुक्रबार पञ्चासेको लागि निस्केको टोलीले पोखरा महानगरपालिका वडा नंं.… पुरा पढौ

दुःखमा अधिकार खोज्ने सुखमा उल्लङ्घन गर्ने मानवीय चरित्र होइन_ मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दुःखको बेलामा मानव अधिकार खोज्ने सुखको बेलामा त्यसको उल्लङ्घन गर्ने चरित्र मानवीय चरित्र नभएको बताउनुभएको छ । रााष्ट्रिय मानवअधिकार आयोगको २४ औं वार्षिकोत्सवको अवसरमा आयोगको गण्डकी प्रदेश कार्यालय पोखराले आइतबार गरेको कार्यक्रममा बोल्दै उहाँले मानवअधिकार र मौलिक हकबीचमा अन्योन्याश्रित सम्बन्ध रहेको खुलाउनुभयो । ‘मानवअधिकार र मौलिक हक अन्योन्याश्रित रुपमा अन्तरसम्बन्धीत छन् तीनको कार्यान्वयन गर्ने कुरामा हामी उदासिन हुन पाउदैनौ । तीनलाई कसरी व्यस्थित गर्ने गम्भिरता पूृर्वक लागौं’ उहाँको जोड थियो । अधिकार खोजेर मात्र नहुने… पुरा पढौ

सरकारले जनताले अपेक्षाकृत काम गर्न नसकेको पूर्व राष्ट्रपति डा.यादवको भनाई

दीननाथ बराल, पोखरा १२, जेठ, पूर्व राष्ट्रपति डा.रामवरण यादवले सरकारले जनताले अपेक्षाकृत काम गर्न नसकेको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको शनिबार पोखरामा सम्पन्न भएको १७ ओै साधारण सभा एवं १२ ओै अधिवेशनको उद्घाटन गर्दै उहाँले जनताले अपेक्षा गरे अनुसारको अहिलेको सरकारले काम गर्न नसकेकोले बताउनु भएको हो । राज्यको चरित्र पहिलाकै अबस्थामा रहेको उल्लेख गर्दै उहाँले डिजिटल प्रविधिले विश्वलाई धेरै अघि लगेको अबस्थामा नेपाल पनि यस क्षेत्रमा पछि परेको पूर्व राष्ट्रपति यादवले जनाउनु भयो । उहाँले भन्नुभयो“धेरै… पुरा पढौ

गायक विनोद वानियाँ बेलायत जाँदै, सहाराले गर्‍यो बिदाइ

पोखरा १२ जेठ, गायक विनोद वानियाँ सांगीतिक यात्राको सिलसिलामा शनिबार बेलायत प्रस्थान गर्दैछन् । बेलायतमा हुने दुई कार्यक्रममा आफ्नो प्रस्तुती राख्न उनी बेलायत जान लागेका हुन् ।पोखरामा रहेर सांगीतिक फाँटमा स्थापित बनेका गायक वानियाँ पहिलोपटक बेलायत भ्रमणमा निस्कन लागेकोमा उत्साहित छन् । त्यहाँ हुने कार्यक्रममा आफ्ना चर्चित गीतहरू सुनाउदै माहोल रमणीय बनाउने उनको तयारी छ । ुगोर्खा कप आफ्टर पार्टीु उनी सहभागी बन्ने कार्यक्रम हो । मे २६ तारिखमा अल्टरसट लण्डनमा यो कार्यक्रम हुनेछ। जहाँ वानियाँसँगै सुगम पोखरेलको प्रस्तुति समेत… पुरा पढौ

जोन्टा क्लव अफ पोखराको अध्यक्षमा बिजुक्छे

जेठ १२ पोखरा, जोन्टा क्लव अफ पोखराको अध्यक्षमा रोजिना रञ्जित विजुक्छे चयन भएकी छन् । क्लवको शुक्रबार भएको पाँचौं अधिवेशनले बिजुक्छेलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा निर्वाचित बिजुक्छे क्लवकी निवर्तमान उपाध्यक्ष हुन् । क्लवको उपाध्यक्षमा नेलिसा ठकुरी केसी, सचिवमा सृजना कार्की भट्टराई र कोषाध्यक्षमा अनिता खड्का भट्टराई चयन भएकी छन् । समितिको निवर्तमान अध्यक्षमा मोनिका थापा छिन् । क्लवको कानूनी डाइरेक्टरमा बन्दना कार्की, अवार्ड एण्ड स्कलरसीप डाईरेक्टरमा साम्राज्ञी क्षेत्री, सेलेब्रेसन एण्ड फेलोसीप डाइरेक्टरमा सविता श्रेष्ठ, लिडरसीप र स्कील डेभलपमेन्ट… पुरा पढौ

पोखरा कलेज अफ म्यानेजमेन्टमा पहिलो पटक ‘पिसीएम फेस्टवल’

पोखरा नदीपुरस्थित पोखरा कलेज अफ म्यानेजमेन्ट ९पिसीएम० मा पिसीएम फेस्टिवल सम्पन्न भएको छ । पढाई सँगसँगै विभिन्न किसिमका उत्प्रेरणात्मक कार्यक्रमबाट विद्यार्थीहरूको मनोबल बढाउने उद्देश्यले कलेजले यो कार्यक्रम आयोजना गरेको आयोजक पिसीएम स्टुडेन्ट क्लबले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथि कलेजकी प्राचार्य लिना नेगी श्रेष्ठले कलेका सबै विद्यार्थीहरुको मिलनसँगसँगै उनीहरुको प्रतिभा पहिचान र प्रदर्शनीका लागि यो कार्यक्रम फलदायी रहेको बताइन् । ‘कार्यक्रमको मुख्य उद्देश्य भनेको विद्यार्थीहरुमा भएको प्रतिभा प्रस्फूटन र सबै सेमेस्टरमा भएका विद्यार्थीको मिलन पनि हो ।’ – प्राचार्य श्रेष्ठले… पुरा पढौ

विरही र सिग्देल पुरस्कृत

पोखरा, १२ जेठ नेपाल पत्रकार महासंघ कास्कीले महासंघका पूर्व केन्द्रीय अध्यक्ष हरिहर विरहीलाई १ लाख ११ हजार राशिको ‘कृति स्मृति पत्रकारिता वृत्ति सम्मान’ प्रदान गरेको छ । महासंघ कास्कीको शनिबार १७ औं साधारणसभा तथा १२ औं अधिवेशनमा उनलाई प्रथम राष्ट्रपति डा। रामवरण यादवले सम्मान गरेका हुन् । विरही ४४ वर्षदेखि पत्रकारितामा छन् । पूर्व सांसद समेत रहेका पोखराका वरिष्ठ उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसी परिवारबाट सूर्यप्रेम ट्रस्ट स्थापना गरी कृति स्मृति पत्रकारिता वृत्तिका लागि अक्षयकोष स्थापना गरिएमा महासंघ कास्कीले पुरस्कार… पुरा पढौ

अमेरिकी गायक मेल्कमको १,२,३,४ सार्वजनिक

अमेरिकी गायक मेल्कमको १,२,३,४ बोल को भिडियो आज सार्वजनिक गरिएको छ। उनकै शब्द ,लय र स्वर रहेको उक्त गीतको भिडियोको मुख्य विषयवस्तु जीवन , प्रकृति, प्रेम र सदभाबसंग सम्बन्धित छ। उक्तभिडियोमार्फ़त पूर्वीय र पश्चिमी संस्कृतिलाई जोड्ने प्रयास उनले गरेका छन् ।गितका अर्का सर्जक सजना गोदार हुन् भने यसको निर्देशन तथा सम्पादन अमनतामाङले गरेका छन् ।बि ।टि। डीको प्रस्तुति रहेको यस गीतको भिडियोमाबिबेक थापा ,साजन खड्का , सुमन परियार ,सुनिल किसन ,अर्जुन शेरचन ,राजकुमार नेपालीको अभिनय रहेको छ ्रभिडियोको छायाँकन सौरब… पुरा पढौ

राष्ट्रिय सम्पदाको अध्यक्षमा ठाकुर, टेकनाथ सम्मानित

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले २६ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशनमा संस्थापक अध्यक्ष टेकनाथ बराललाई राष्ट्रिय सम्पदा मानवअधिकार सम्मान प्रदान गरेको छ । गत वर्ष निधन भएका बराललाई मरणोपरान्त सम्मान गरिएको हो । टेकनाथकी श्रीमती हरिकला र छोरा विद्याविमलले सम्मानपत्र ग्रहण गरे । उनीहरुलाई संस्थाका अध्यक्ष सुनिल पाण्डे, राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रमुख मायादेवी शर्मा लगायतले सम्मान गरेका हुन् । कार्यक्रममा आयोग गण्डकी प्रमुख शर्माले अधिकारकर्मी बराललाई मानवअधिकार आयोग केन्द्रले नै सम्मान गरिसकेको स्मरण गरिन् ।… पुरा पढौ