देश तथा समाज पत्रिका

पुन युनाइटेड बास्केटबल प्रतियोगितामा मर्दीखोला र बनौ फाइनल प्रवेश

पुन एकता क्लब पोखराको आयोजनामा मंगलबारदेखि सुरु भएको खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ मर्दीखोला र बनौ बास्केटबल टिम फाइनल प्रवेश गरेको छ । रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा मर्दीखोलाले पर्वत बास्केटबल टिमलाई ५३–४५ स्कोरले हराउँदै फाइनल प्रवेश गरेको हो । दोस्रो सेमीमा बनौले स्वाँतलाई ६४–५१ स्कोरले पराजित गर्दै फाइनलमा मर्दीखोलासँगको भेट पक्का गरेको क्लब सदस्य राजेन्द्र पुनले जानकारी दिए । महिलातर्फ अन्नपूर्ण गाउँपालिका र अमिचि क्याफे फाइनल पुगेको छ । अन्नपूर्णले पृथ्वीनारायण क्याम्पसलाई १२–४ को… पुरा पढौ

पत्रकार कृष्ण थापालाई मातृशोक

पत्रकार एवं सामाजिक व्यक्तित्व कृष्ण थापालाई मातृशोक परेको छ । उनकी ममतामयी माता कृष्णकुमारी थापा (स्यानी) को ७९ वर्षको उमेरमा बुधबार राति आफ्नै निवास सिमलचौरमा निधन भएको हो । उनी लामो समयदेखि पार्किन्सन, उच्च रक्तचाप, दम लगायत रोगबाट पीडित थिइन् । केही समयअघि काठमाडौं समेत उपचारार्थ लगिएको थियो । महिला संघमा सक्रिय उनको नेपाली कांग्रेसका शीर्षस्थ नेताहरुसँग राम्रो चिनाजानी थियो । गिरिजाप्रसाद कोइराला, सुशील कोइराला लगायत नेताहरु ‘भाउजू’ उपनामले सम्बोधन गर्थे । पोखरा आउँदा उनीकहाँ खाना खान्थे । सबैलाई सहयोग… पुरा पढौ

अपाङ्गताका मुद्दालाई प्रदेश सभामा उठाउने सांसद गुरुङ्गको प्रतिवद्धता

कास्की नेत्रहिन संघको आयोजनामा अपाङ्गता भएका महिलाहरूलाई कानुनि सचेतना, लैङ्गिक समानता, प्रजनन स्वास्थ, प्रविधिमा पहुँच र उनिहरूको सशक्तिकरण सम्बन्धिएक गोष्ठि शुक्रवार सम्पन्न न भएको छ । सो अवसरमा बोल्दै गण्डकी प्रदेश सभासदस्य सरस्वती गुरुङ्गले आफूले प्रदेश सभामा अपाङ्गताका मुद्दाहरूलाई विशेषरूपमा उठाइरहेको बताइन् । उनले आगामी दिनमा आफ्नो तर्फबाट अपाङ्गताको क्षेत्रमा सहयोग गर्ने र प्रदेश सरकारसंग जोड्ने माध्यम भन्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ अनुशासन आयोगका पूर्व केन्द्रिय सदस्य तथा साहारा आधारभूत् विध्यालयका प्रधानाध्यापक लोचना अधिकारी र अधिबक्ता… पुरा पढौ

शिवरात्रीमा पथिल होलिडेज र ट्रीप टू टेम्पल्सुद्वारा १५० भारतीयलाई कैलाश(मानसरोवर दर्शन

महाशिवरात्रीको अवसरमा नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ुट्रीप टू टेम्पल्सुसँगको समन्वयमा नेपालगन्जबाट १५० जना भारतीय तिर्थयात्रीको कैलाश मानसरोवरको दर्शन गराएको छ । ट्राभल कम्पनीद्वारा श्री एअरलाइन्सको जहाज चार्टर्ड गरि चीनको तिब्बतमा रहेको हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको दर्शन आकाशबाटै गराइएको हो । माउन्टेन फ्लाइटबाट कैलाश पर्वत र मानसरोवरको दर्शनसँगै रावणले तपस्या गरेको राक्षस ताल, अपि र सैपाल हिमाल लगायतको आकर्षक दृश्यावलोकन गर्न पाइन्छ । कोभिड अघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगन्ज रुटबाट मानसरोवर पुग्ने गरेका… पुरा पढौ

महाशिवरात्रीको अवसरमा पोखराका शिवालय मन्दिरमा पूजा आज गरिदै

आज महाशिवरात्री पर्वको अवसरमा पोखराका शिलावय मन्दिरहरुमा बिहानै देखि शिवका भक्तहरुको भिड् लागेको छ । पोखरा २२ मा रहेको बिशाल महादेवको मुर्ति, गुप्तेश्वर गुफा, केदारेश्वर महादेवमणि, पुशपतिनाथ मन्दिर (सृजनाचोक) लगायतका शिव मन्दिरमा भगवान शिवको उपासना गरी यो पर्व हर्स र उल्लाहासका साथ मनाइदै छ । नेपालको पवित्र एवं धार्मिक तिर्थ स्थलपशुपतिनाथ मन्दिरमा आज विहानैदेखि भक्तजनको भीड लागेको छ । यसैचिब कास्कीको अन्नपूर्ण गाउँपालिका ५ मा रहेको शीतल गुफामा पनि दर्शनार्थीको आज बिहानै देखि भिड लागेको छ । पुरा पढौ

महिला दिवसको अवसरमा पोखरा महानगरद्धारा २० जना महिला उद्यमीलाई सम्मान

पोखरा, फागुन २४ ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पोखरा महानगरपालिकाभित्र सञ्चालित विभिन्न ब्यवसायीक फर्मका २० जना सफल महिला उद्यमीलाई सम्मान गरिएको छ । महिला दिवसको अवसर पारेर पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाले सफल उद्यमी महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरेको हो । पोखरा महानगरले सञ्चालन गरेको उपप्रमुखसंग महिला कार्यक्रम मार्फत ऋण लगेर ब्यवसाय गरेका मध्यबाट दश जना र महानगरभित्रका अन्य दश जना सफल उद्यमी महिला गरी २० जनालाई नगद ५ हजार सहित सम्मानपत्रले सम्मान गरिएको हो । महिला दिवस… पुरा पढौ

पुन युनाइटेड बास्केटबल प्रतियोगितामा पर्वत र बनौ सेमीफाइनल प्रवेश

पुन एकता क्लब पोखराको आयोजनामा मंगलबारदेखि सुरु भएको खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ पर्वत र बनौ बास्केटबल टिम सेमिफाइनल प्रवेश गरेको छ । रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा भएको पहिलो क्वार्टरफाइनल खेलमा पर्वतले क्याङ बास्केटबल टिमलाई ४७–३७ स्कोरले हराउँदै सेमीफाइनल प्रवेश गरेको हो । दोस्रो सेमीमा बनौले ताङतिङलाई ६७–३८ स्कोरले पराजित गरेको क्लबका सदस्य राजेन्द्र पुनले जानकारी दिए । बिहीबार नै भएको क्वार्टरफाइनल खेलमा पर्वत, ताङतिङ, बनौ र नदीपुर विजयी भएका थिए । तेस्रो दिनको पहिलो खेलमा पर्वत बास्केटबल टिमले… पुरा पढौ

शान्ति निकेतनका कक्षा १० का विद्यार्थीलाई बिदाई

पोखरा ५, पर्स्याङ स्थित शान्ति निकेतन माविका कक्षा १० का विद्यार्थीलाई बिदाई गरिएको छ । आगामी चैत १५ गतेदेखि सुरु हुने एसईईमा सहभागी हुने विद्यालयका १४ औं ब्याचका विद्यार्थीलाई कक्षा ९ का विद्यार्थीले विहीबार बिदाई कार्यक्रम आयोजना गरी शुभकामना दिएका हुन् । बिदाई कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य डा। महेश्वर पराजुलीले यस वर्षको एसईईमा सहभागी हुने सबै ४० जना विद्यार्थीलाई सफलताको शुभकामना प्रकट गरे । ‘सबै विद्यार्थीहरुले राम्रो तयारी गर्नुहुनेछ । परीक्षामा उत्कृष्ट अंक ल्याउनुहुनेछ र शान्ति निकेतनको नाम चम्काउनुहुनेछ ।… पुरा पढौ

सरस्वती, अम्बिका मन्दिर तथा आत्मज्ञान केन्द्रको पुनः निर्माण

पोखराको बाटुलेचौरमा रहेको प्राचिन धार्मिक सम्पदा सरस्वती, अम्बिका मन्दिर तथा आत्मज्ञान केन्द्रको पुनः निर्माण कार्य सम्पन्न भएको छ । संरक्षण र वजेटको अभावमा लामो समय देखि जीर्ण रहेका उक्त सम्पदाको गण्डकी प्रदेश सरकार र स्थानियको सहयोगवाट पुर्ननिर्माण गरिएको पुर्ननिर्माण समितिका अध्यक्ष दीपेन्द्र बस्नेतले जानकारी दिए । परापुर्व काल देखि नै अमाली बिसौनीमा रहेको उक्त सम्पदा संरक्षणमा स्थानियले चासो देखाए पनि आर्थिक अभावले काम हुन नसकेकोमा प्रदेश सरकारको सहयोगमा सो कार्य भएको अध्यक्ष बस्नेतले वताए ।तत्कालिन भौतिक योजना तथा पुर्वाधार विकास… पुरा पढौ

राष्ट्रपतिद्वारा पत्रकार पौडेल परिवारप्रति समवेदना प्रकट

राष्ट्रपति रामचन्द्र पौडेलले पोखराका अग्रज पत्रकार रमेश पौडेल परिवारप्रति समवेदना प्रकट गरेका छन् । रेडियो बाराहीका प्रबन्ध निर्देशक रमेश पौडेलका ममतामयी आमा इन्द्रकला पौडेलको गत फागुन १४ गते कुस्मा ९, कटुवाचौपारी ज्ञादीस्थित आफ्नै निवासमा निधन भएको थियो । राष्ट्रपति पौडेलले बिहीबार टेलिफोनमार्फत आमा इन्द्रकलाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै पत्रकार पौडेल परिवारप्रति गहिरो समवेदना प्रकट गरेका हुन् । त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेश तिमिल्सिना, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्र थापा, कृषिमन्त्री महेन्द्रध्वज… पुरा पढौ