देश तथा समाज पत्रिका

सशस्त्र प्रहरीद्धारा साङ्ग्रिला बिजुली सप्लायर्स् तथा लाकुरीडाडाको आगलागी नियन्त्रण

पोखरा महानगरपालिका वडा नं। १० अमरसिंहचोक शान्तिपथमा रहेको ध्रुव मरासिनीको सांग्रिला सप्लायर्स बिजुली सामानको गोदाममा राति २२ः३० बजे आगिलागी भएको छ। आगलागीको खबर स्थानीयहरुबाट प्राप्त हुनसाथ सशस्त्र प्रहरी बल कालिका गणको बिशेष उद्धार टोली लगायत पोखरामहानगरको २ वटा दमकलका साथै नेपाल प्रहरी तथा स्थानीयहरुको सहभागीतामा करिव ४५ मिनटको फायर फाईटिङ अप्रेशन पश्चात् उक्त आगलागी पूर्णरूपमा नियन्त्रणमा आएको कालिका गणका गणपति एसपी अरुण पौडेल शर्माले बताए । पोखरा १४ कदममार्ग निवासी ध्रुव मरासिनीले संचालन गरेको उक्त बिजुली सप्लायर्समा कति क्षति भयो… पुरा पढौ

सिद्ध र कालिका उपाधीका लागि भिड्ने

सिद्ध र कालिका मावि पोखरा रंगशालामा जारी कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको उपाधीका लागि आमने सामने हुने भएका छन् । बिहीबार भएको सेमिफाइनल खेलमा सिद्धले अम्मरसिंह माविमाथि २ विकेटको रोमाञ्चक जित निकाल्दै उपाधीका लागि कालिकासंगको भेट पक्का गरेको हो । कालिका भने यसअघिनै ४ अंकका साथ नेट रनरेटका आधारमा फाइनल पुगिसकेको थियो । पहिला व्याटिङ गरेको अम्मरसिंहले पुरा २० ओभर खेल्दै २ विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो । अम्मरसिंहको व्याटिङमा सिपको साथी कफी क्लास प्लेयर… पुरा पढौ

पोखराका संरक्षणकर्मी आचार्यलाई लाई विश्व प्रसिद्ध ह्विट्ली पुरस्कार

पोखराका राजु आचार्य हरित क्षेत्रको ओस्कार मानिने ह्विट्ली पुरस्कारबाट सम्मानित भएका छन् । बेलायती राजकुमारी एनले लन्डनमा बुधबार आयोजित एक कार्यक्रमका बिच हरित क्षेत्रको ओस्कार मानिने ह्विट्ली पुरस्कारबाट संरक्षणकर्मी आचार्यलाई सम्मान गरेकी हुन् । पुरस्कारको राशी ५० हजार पाउण्ड छ । विश्वभरका ६ जनालाई प्रदान गरिएको सो पुरस्कार आचार्यलाई लाटोकोसेरो संरक्षणमा पु¥याएको योगदानको कदर स्वरुप प्रदान गरिएको हो । ३० बर्षमा ८० भन्दा बढी मुलुकका २०० जना संरक्षणकर्मीहरुले सो पुरस्कार प्राप्त गरेका छन्। यो बर्ष आचार्य सहित ब्राजिल, भुटान, पपुवा… पुरा पढौ

श्रमको सम्मान नगर्नेहरू असभ्य नागरिक हुन् ः मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले हरेक मानिसले श्रममा विश्वास गर्नुपर्ने बताउनुभएको छ । १३५ औं श्रमिक दिवसको अवसरमा पोखरामा आयोजना भएको श्रमिक सभामा बोल्दै मुख्यमन्त्री अधिकारीले यस्तो बताउनुभएको हो । श्रमको सम्मान नगर्नेहरू असभ्य नागरिक भएको उहाँको भनाई छ । ‘श्रम हामीहरूको लागि अत्यन्त मूल्यवान् विषय हो, श्रमबाटनै राष्ट्रिय पुँजी निर्माण हुन्छ, रगत र पसिनाको गन्ध जुन माटोमा बग्छ, त्यो माटो सुगन्धित हुन्छ, त्यहीं माटोको सम्मान गर्न मे दिवसले प्रेरणा दिनेछ’ उहाँले भन्नुभयो । उहाँले नेपालमा अधिकार प्राप्तिको आन्दोलन सकिएर… पुरा पढौ

रन रेटको आधारमा कालिका फाइनलमा ः सिद्ध र अम्मरसिंह सेमिमा भिड्ने

कालिका मावि पोखरा रंगशालामा जारी कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा भएको प्रतियोगिता अन्तर्गत समुह बि मा रहेको कालिकाले ४ अंकका साथ फाइनलमा स्थान बनाएको हो । समान ४ अंक बनाएर पनि रन रेटमा पछि परेपछि सिद्ध मावि र अम्मरसिंह माविले सेमिफाइनल खेल्ने भएका छन् । लिग चरण अन्तर्गतम अन्तिम दिनको प्रतियोगितामा कालिका र बाराही माविले जित हाँसिल गरे । पहिलो खेलमा… पुरा पढौ

पहिलो पटक खुल्ला सिडिओ कप व्याडमिन्टन प्रतियोगिता पोखरामै हुने

दीननाथ बराल,पोखरा १९, वैशाख, पहिलो पटक खुल्ला सिडिओ कप व्याडमिन्टन प्रतियोगिता पोखरामै हुने भएको छ । कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा यही वैशाख २१ र २२ गते पोखरामा सिडिओ कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । जुनियर देखि भेट्रान्स सम्मका ६ वटा विधामा हुने प्रतियोगितामा कर्मचारी, जनप्रतिनिधि र खुल्ला पुरुष तर्फको प्रतियोगिता हुने भएको संघ कास्कीका अध्यक्ष शुसिल कुमार श्रेष्ठले बताउनु भयो । निजामती उपसचिव वा सो भन्दा माथिल्लो तहका कर्मचारी (सरकारी… पुरा पढौ

लिगकम नकाउट फुटवलमा ड्यामसाइड, हेमजा र सहाराको जित

दीननाथ बराल,पोखरा १९, वैशाख, आज (बुधबार) देखि पोखरा रंगशालामा बलराम केसी स्मृति जिल्ला लिगकम नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । बुधबार भएको खेलमा ड्यामसाइड क्लव, गत बर्षको विजेता हेमजा यूनाइटेड र सहारा क्लवले जित हासिल गरेका छन्।बुधबारकोे पहिलो खेलमा ड्यामसाईडले भदौरे क्लव माथि ४–० को गोल अन्तरले पराजित गर्यो । ड्यामसाइडको जितमा विवेक गुरुङले १, मिलन कुमालले २ र मिलन गिरीले एक गोलको योगदान दिदा भदौंरेले गोल गर्न सकेन । त्यसैगरी उदघाटन खेलमा गत बर्षको विजेता हेमजा युनाईटेडले फुलबारी… पुरा पढौ

समाजवादी निकट एकीकृत ट्रेड युनियनले मनायो मजदुर दिवस

एकीकृत ट्रेड युनियन महासङ्घ गण्डकी प्रदेश कमिटीले १३५ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा र्‍याली सहितको कार्यक्रम गरेको छ । मजदुरहरूका हक हित र नारा अङ्कित प्ले कार्ड र ब्यानर सहितको र्‍याली सृजनाचोकबाट सुरु भई पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा नेकपा ९एकीकृत समाजवादी० का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज तुलबहादुर गुरुङले व्यवस्था परिवर्तन भए पनि गरिब मजदुर तथा शोषित पीडित जनताको अवस्थामा उल्लेख्य परिवर्तन हुन नसक्नु चिन्ताको विषय भएको बताए । अब पनि राजनीतिक दलहरू र… पुरा पढौ

त्रिभुवन पौडेल स्मृति अक्षयकोषको लागि मञ्च गण्डकीको सहयोग

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले त्रिभुवन पौडेलको स्मृतिमा स्थापना हुने अक्षयकोषको लागि सहयोग हस्तान्तरण गरेको छ । बुधबार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको चौंथो साधारण सभा तथा तेस्रो अधिवेशनको अवसर पारेर १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । सो चेक मञ्चका अध्यक्ष दीननाथ बरालले महासंघ गण्डकीका अध्यक्ष नारायण शर्मालाई हस्तान्तरण गरेका हुन् । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टको उपस्थितिमा भएको कार्यक्रममा चेक हस्तान्तरण गर्न उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशीकुमार पौडेल, कोषाध्यक्ष कविता घर्तीमगर र सदस्य एमबी आस्था… पुरा पढौ

कुमारी गोल्ड प्रिमियम शुद्ध चक्की आटा गण्डकी प्रदेश पछि अब चितवन र काठमाण्डौंमा पनि

कुमारी गोल्ड प्रिमियम शुद्ध चक्की आटा गण्डकी प्रदेश पछि अब चितवन र काठमाण्डौंमा पनि बिक्रि वितरण गर्न सुरु भएको छ । पोखराको प्रतिष्ठित औद्योगिक घरना ’कर्माचार्य ग्रुप अन्तर्गत विगत एक वर्ष देखि आफ्नो नयाँ ब्राण्डमा “कुमारी गोल्ड“ प्रिमियम शुद्ध चक्की आटा बजारमा ल्याएसंगै गण्डकी प्रदेशका ११ जिल्लामै पुगेसंगै अब देखि चितवन र काठमाण्डौंसम्म बिक्रि वितरण गर्न सुरु गरेको कम्पनीले जनाएको छ । आफ्ना ग्राहक वर्गको सन्तुष्टि र गुणस्तरलाई संधै पहिलो प्राथमिकतामा राखी आफ्नो उद्योग, व्यवसायलाई अगाडी बढाउदै आईरहेको कर्माचार्य ग्रुपले… पुरा पढौ